वाग्मती सफाइ अभियानले बल्खुको कुमारी क्लब तथा त्यस वरपर क्षेत्रमा पाइएका फोहर सङ्कलन गरी वायुपङ्खे चुल्होमार्फत आगो निकालेको छ।
सोही उर्जाबाट सहभागीले चिया समेत पकाएर खाएका थिए । मुलुकमा अहिले इन्धन अभाव भइरहेका बेलामा त्यस किसिमका चुल्होको विकास गरी ग्यासको प्रयोग घटाउनका लागि सन्देश दिन खोजिएको हो।
पूर्वमुख्यसचिव लीलामणि पौड्याल भने आगो बाल्न तथा चिया पकाउनमा व्यस्त देखिन्थे। उनलाई त्यस कार्यमा केही सहभागीले सहयोग गरेका थिए। वाग्मतीको उद्गमस्थलका रुपमा रहेको वागद्वारमा अभियानले पूर्व मुख्यसचिव पौड्यालको नेतृत्वमा त्यहाँका विभिन्न फोहर पनि व्यवस्थापन गरेको छ।
सो अवसरमा उनले आफूले उत्पादन गरेका फोहरलाई आफैले नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। सो अवसरमा स्थानीयवासी, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थालगायतको सहभागिता
थियो । रासस
only 18+click here >>>>>>>>>>>>>>
only 18+click here >>>>>>>>>>>>>>
No comments:
Post a Comment