प्रहरीले राज्यविरुद्धको सजायसम्बन्धी ऐन दफा ३ को उपदफा ३ अनुसार दस वर्ष जन्मकैदको माग दाबी गर्न दिएको सुझाव संसोधन गर्दै न्यायाधिवक्ताको कार्यलयले दफा ३ को उफदफा १ अनुसारको सजाय माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
३ को उपदफा १ अनुसारको अभियोग पुष्टि भएमा जन्मकैद हुनसक्छ। 'कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुनेछ,' ३ को दफा १ मा उल्लेख छ।
नेपालको प्रतिनिधित्व गर्दै विदेशी राष्ट्रसंघ खेलेको खेल मिलेमतो गरी खेलाडीले राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको अभियोग पत्रमा दाबी गरिएको छ। गत असोज २७ गते ५ जना खेलाडी पक्राउ परेका थिए। पक्राउ पर्नेमा राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी छन्। फिजियोथेरापिस्ट डेजिव थापा फरार छन्।

No comments:
Post a Comment