Tuesday, November 3, 2015
चीनसंग सिमा जोडिएका विभिन्न नाका खुलाउने सरकारको पहल ,कुन कुन नाका खुल्ने छ पढ्नुहोस
कार्तिक १७, काठमाडौं । नेपाल र चीनको भन्सार प्रशासनवीच काठमाडौंमा आज द्धिपक्षीय बैठक हुँदैछ । बैठकमा नेपालले विनाशकारी भूकम्पपछि अवरुद्ध तातोपानी नाका सुचारु गर्ने तथा चीनसँग जोडिएका अन्य साना नाकालाई प्रभावकारी बनाउन आग्रह गर्ने तयारी गरेको छ ।
चीनको तर्फबाट ल्हासाका भन्सार प्रशासनका प्रमुख तथा नेपालबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी नेतृत्वको ६ सदस्यीय टोलीवीच बैठक भएपछि आगामी शुक्रवार द्धिपक्षीय बिषयमा हस्ताक्षर गर्ने गृहकार्य भएको छ ।
विभागका निर्देशक तथा वार्ता टोलीका सदस्य सुर्य सेढाईले उत्तरसँग जोडिएका नाका सुचारु गर्ने, पूर्वाधार निर्माण अघि बढाउने र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र सेज निर्माण लगायत एजेण्डामा छलफल हुने जानकारी दिनुभयो । मुस्ताङ, मुगु, गोरखाको लार्के, संखुवासभाको किमाथान्का, दोलखाको लामाबगर, हुम्लाको यारा, ताप्लेजुङको ओलाङचुङगोलाका नाकालाई प्रभावकारी बनाउने एजेण्डालाई नेपालले प्राथमिकतामा राख्ने भएको छ । बार्षिक रुपमा हुँदै आएको बैठक आज २८ औं पटक बस्न लागेको हो ।
only for adult click below >>>>>>>>>>>>>>>>>>
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment