Contact us

18+(adult) only click here

Friday, October 16, 2015

खुलेको २४ घण्टा नबित्दै रसुवागढी नाका फेरि बन्द......

नुवाकोट: बहुप्रतिक्षित रसुवागढी नाका खुलेको २४ घण्टा नबित्दै फेरि बन्द भएको छ। साढे पाँच महिनादेखि बन्द रहेको नेपाल चीन जोड्ने नाका बिहीबार मात्र खुलाइएको थियो। रसुवाढी–केरुङ सडकमार्गमा पहिरो खसेका कारण सडक भासिएको छ। रसुवाढी–केरुङ सडकमार्गको वीचमा रहेको केरुङतर्फको ढोङ्सा भन्ने स्थानमा पहिरो खसेर सडक बन्द भएको जानकारी रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वताए । उनका अनुसार चीनले पहिरो पन्छाएर सडक पुनः सुचारु गर्न एक साताको समय लाग्ने छ। दसैंमा चीनको रसुवागढी नाकावाट दैनिक उपभोग्य सामग्रीका साथै इन्धन आउने आसा अब निरासामा परिणत भएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजनलाल श्रेष्ठले बताए । चीनले नेपालमा ठुलो पर्व बडादशैं रहेको र यस समयमा रसुवाढी–केरुङ सडकमार्गमा रहेका अवरोधहरु पन्छाउनका लागी एक साताको समय मागेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । रसुवाको सदरमुकाम धुन्चेदेखि ३१ किलोमिटर उत्तरमा भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा विहीबार विहान मात्रै नेपाली समय अनुसार नौ वजे नेपाल र चीनका अधिकारीले सो नाका पुनः औपचारिक रुपमा सञ्चालन गरेकोमा सडकमार्गमा रहेका अवरोध पन्छाउन चीनले समय लाग्ने वताएकाले एक सताका लागि पुनः वन्द भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुले वताए । गत वैशाख १२ गते भुकम्पदेखि वन्द नाका पाँच महिना १६ दिनमा पुनः सञ्चालनमा आएकोमा फेरी पहिरोका कारण बन्द भएको हो ।

No comments:

Post a Comment