Friday, October 16, 2015
पत्यौनुहुन्छ ?? ३ लाखमा खेल हरेको ? हो नेपाली खेलाडीले हरेर ...तीन लाखका लागि देशको स्वाभिमान बिक्री
२९ असोज, काठमाडौं । तीन लाख रुपैयाँका लागि नेपाली राष्ट्रिय फुटबल टिम नै बिकेको तथ्य खुलेको छ । ‘म्याच फिक्सिङ’ गराउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपाली फुटबलरहरूले साफ च्याम्पियनसिपमा तीन हजार ६१ डलर लिएर विपक्षी टिमलाई खेल जिताएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा पूरै टिमले तीन हजार ६१ अमेरिकन डलर लिएर मिलेमतोमा खेल हारेका थिए । उक्त पैसा दामासाहीका आधारमा खेलाडीहरूले बाँडेर लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले ‘म्याच फिक्सिङ’मा फुटबलका राष्ट्रिय कप्तान सागर थापासहित पाँचजनालाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानमा उनीहरूले बुकीहरूबाट लिएको रकम खुलेको प्रहरीले जनाएको छ । राष्ट्रिय टिमका गोलरक्षक रितेश थापा, राष्ट्रिय खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसी पक्राउ परेका हुन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । तर, अदालत बन्द भएकाले थुनामा राख्ने आदेश भने प्रहरीले लिन नपाएको नयाँ पत्रिकामा खबर छ ।
पक्राउ परेकाहरूले ‘म्याच फिक्सिङ’ गराएबापत पैसा लिएको स्विकारेका छन्, तर को–को संलग्न छन् भन्ने विषयमा नबोलेको प्रहरी स्रोत बताउँछ । ‘उनीहरूले झन्डा लिई राष्ट्रको नाममा शपथ खाएर अन्तर्राष्ट्रिय एजेन्टहरूसँग मिली खेलेका खेलहरू देशको स्वाभिमान र जनताको आत्मसम्मानमा चोट पुर्याएकाले पक्राउ गरी राज्यविरुद्धको अपराधअन्तर्गत कारबाही अघि बढाएका छौँ,’ एसएसपी खनालले भने, ‘म्याच फिक्सिङमा संलग्न अन्यको खोजी भइरहेको छ ।’ सिंगापुरमा मोस्ट वान्टेड बुकी विल्सनराज उडल्यान्डसँग मिलेर उनीहरूले ‘म्याच फिक्सिङ’को धन्दा गरेका थिए ।
विल्सनराजले लेखेको किताबमा कसरी उनले नेपाली खेलाडीलाई किने भन्ने कुरा उल्लेख छ । टिटानी पेरियासामी, तामम पेरमाटा, केसाभान पाटानजस्ता एजेन्टहरूसँग मिलेर ‘म्याच फिक्सिङ’ गरिएको थियो । मनी ट्रान्सफरमार्फत उनीहरूले नेपालमा पैसा पठाउँदै आएका थिए । विल्सनराजले त केही वर्षअघि काठमाडौं आएर खेलाडीसँग दरबारमार्गको होटेलमा भेटेकोसमेत प्रहरीले पत्ता लगाएको छ ।
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुनेछ’ भन्ने प्रावधान छ । खेल राष्ट्रिय एकताको खेल भएको र उनीहरूले राष्ट्रका लागि खेलेर पैसामा बिकी अरूलाई जिताएर राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको भन्दै राज्यविरुद्धको मुद्दामा कारबाही अघि बढाएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment