Contact us

18+(adult) only click here

Sunday, October 18, 2015

नेपाली भूमी मिच्दै बस्ती बसायाे भारतले.........

१ कार्तिक, काठमाडाैं । भारतले सुनसरीको सीमावर्ती गाविसको नेपाली भूमी र दसगजा क्षेत्रमा व्यापक अतिक्रमण गरी बस्ती बसाएको छ । नेपाली भूमि अतिक्रमण गरी भारतले बस्ती बसाउँदासमेत नेपाल सरकार भने बेखबर बनेर बसेको छ । सीमा सुक्षको जिम्ममा पाएको सशस्त्र प्रहरील भरतले नेपाली भूमि र दसगजना क्षेत्र अतिक्रमण गरी बस्ती बनाउँदासमते रमिते बनेको छ । सुनसरीका एक दर्जन गाविसको हजारौं विघा जमिन भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरी बस्ती बसाउँदासमेत नेपाल सरकारले उक्त बस्ती हटाउन कुनै चासो नदेखाएको सथनीय बासिन्दाको गुनासे छ । भारतको विहार राज्यअन्तर्गत रहेको हररिया, सुपौल जिल्ला र नेपालतर्फको सुनसरी जिल्लको सीमावर्ती गासिमा भारतले नेपाली भूमि अतिक्रमण गरी बस्ती बसाएको हो । दसगजा क्षेत्रमा कसैले पनि जग्गा अतिक्रमण गर्न नपाइने भए पनि भारत पक्षले एकलौटी दसगजा अतिक्रमण गरी बस्ती बसाएको छ । भारतसंग सीमाना जोडिएको सुनसरीका हरिपुर, श्रीपुर, लौकही, नरसिंह, वसन्तथपुर, घुस्की, देवानगन्ज, कप्तानगन्ज, साहेबगन्ज र अमडुवा गाविसको हजारौं विघा जमिन भारतले अतिक्रमण गरी बस्ती बसाएको छ । यस क्षेत्रको दसगजामा पनि भारतले अतिक्रमण गरी बस्ती बसाएर खेतीपातीसमेत गर्ने गरेको छ । सुनसरी क्षत्र नम्बर ४ का सांसद सीताराम मेहताले सुनसरीको दक्षिणी क्षेत्रको नेपाली भूमि र दसगजा क्षत्रमा व्यापक अतिक्रमण भएको भन्दै अतिक्रमित भूमि खाली गराउन सरकारसंग माग गरेको छन् । उनले भारतले जबरजस्ती नेपाली भूमि अतिक्रमण गरेको घटनाको विरोध गर्दै वार्ताद्वारा समस्या समाधन गर्न पनि सरकालाई सुझाव दिएका छन् । नेपालको सीमा सुरक्षको जिम्मा पाएको सशस्त्र प्रहरीसमेत नेपाली भूमि र दसगजा क्षेत्र अतिक्रमण हुँदासमेत चुप लागेर बसेको छ । सशस्त्र प्रहरीले हराएको सीमास्तम्भको अद्यावधिक गर्ने कामभन्दा सीमा सुरक्षमा सिन्कोसमेत नभचाँचेको स्थानीय बास्निदाको आरोप छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

No comments:

Post a Comment