Contact us

18+(adult) only click here

Sunday, October 18, 2015

महोत्तरीको सीमा क्षेत्रमा एसएसबी र भारतीय मुस्लिमबीच झडप, ४६ राउन्ड गोली प्रहार

कार्तिक १, २०७२- महोत्तरी स्थित नेपाल–भारत सीमा क्षेत्र समसीको पारी कन्हमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाँको मुस्लिम समुदायबीच झडप भइरहेको छ । एसएसबीले भारतको बिहार राज्यमा प्रतिबन्धित गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेका एक भारतीय मुस्लिमलाई नियन्त्रणमा लिई मासु नष्ट गरेकोले झडप सुरु भएको समसी सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले जानकारी दिएकाे छ । झडपका कारण एसएसबीले प्रदर्शनकारी माथि ४६ राउन्डभन्दा बढी गोली प्रहार गरेको सशस्त्र प्रहरीले एसएसबी स्राेतलाई उदृत गर्दै बताएकाे छ । उक्त भारतीय क्षेत्रमा मुस्लिम समुदायको बाक्लो जनसंख्या छ । यस्तै नेपाल तर्फ पनि समसी क्षेत्रमा मुस्लिमहरुको बाक्लो उपस्थिति रहेका कारण अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा आवतजावत बन्द गरी सिल गरेको छ । भारतीय एसएसबी अहिले नेपाल तर्फको दश गजा क्षेत्रमा रहेर प्रदर्शनकारी माथि गोली प्रहार गरिरहेको सशस्त्र प्रहरी स्राेतले बताएकाे छ । उनको अनुसार नेपाली मुस्लिमले पनि सीमा क्षेत्रमा होहल्ला गरी एसएसबीविरुद्ध नाराबाजी गरेकाले सीमा क्षेत्रमा नेपालको तर्फबाट पनि व्यापक सुरक्षाकर्मी परिचालन भएको छ । भारत तर्फका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार एसएसबीले गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेको भनेर आरोप मात्र लगाएका हुन् । ‘एक मुस्लिम युवाले आफ्नै घरको जेनेरेटरमा प्रयोग गर्न १० लिटर डिजेल बोकेर हिँडिरहेको थियो,’ उनले भने, ‘नेपाल तर्फ तस्करी गर्न लागेको आरोप लगाउँदै एसएसबीले डिजल नष्ट गरेपछि झडप सुरु भएको हो ।’ नेपाल प्रहरी महोत्तरीका एसपी जनक भट्टराईले पनि उक्त घटनाको पुष्टि गरेका छन् । उनको अनुसार के कारणले भारतीय क्षेत्र तर्फ दांगा सुरु भएको यकिन नभएपनि नेपाल तर्फ पनि सतर्कता भने अप्नाइएको छ

No comments:

Post a Comment