Friday, October 16, 2015
नेपालद्वारा U -१९ छनोट बिश्वोकप छनोटमा दोस्रो खेलमा पनि बिजय उगन्दा पराजित ....हेर्नुहोस खेलतालिका र पोइन्ट्स टेबल !!
काठमाडौँ, २९ असोज - १९ बर्षमुनिको विश्वकप छनोट क्रिकेटमा नेपालद्धारा युगाण्डा फराकिलो रनले पराजित भएको छ।
कप्तान राजु रिजालको शतकसँगै १९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डालाई २४३ रनको चुनौति दिएको थियो।
मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन जोड्यो। रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए।
आरिफ शेखल ५४ र योगेन्द्र सिंह कार्कीले ३० रन जोडे। राजविर सिंहले अविजित १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंक पुर्याएनन।
जवाफी ब्याटीङ गरेको युगान्डा ३६.२ ओभरको खेलमा ७१ रन बनाउँदै अलआउट भयो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment