Monday, October 19, 2015
विपी को चर्चित उपन्यासमाथि फिल्म.....
निकै चर्चित उपन्यास तीन घुम्ती माथि खिचिएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । बाबुराम ढकाल निर्देशित उक्त फिल्ममा चालिस बर्ष पूरानो काठमाण्डूलाई निकै चलाखी पूर्ण तरिकाले उतारिएको ट्रेलरमा देख्न सकिन्छ ।
रिलिज मिति फाईनल नभएको यस फिल्मको विशेष च्यारिटी सो भने आउँदो शनिबार नेपाल सहित लण्डनमा एक साथ हुँदैछ र सोही च्यारिटी सो लक्षित गर्दै तीन घुम्ती यूनिटले ट्रेलर सार्वजनिक गरेको जनाएको छ ।
झण्डै पाँच मिनेट लामो ट्रेलरमा हिरोइन गरिमा पन्तका पावरफूल डाईलग समावेश गरिएको छ भने प्रोडक्सन भ्यालुलाई पनि उस्तै राम्रो तरिकाले देखाउँने प्रयाश निर्देशकले गरेको पाईन्छ । हेरौं एक पटक वि.पी को चर्चित उपन्यास माथि बनेको फिल्म ‘तीन घुम्ती’ ट्रेलर ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment