Contact us

18+(adult) only click here

Saturday, February 6, 2016

नेपाली क्रिकेटको बिश्वो किर्तिमान पढ्नुहोस >>>>>>>>>





विश्व क्रिकेटमा पाइला चालेको थोरै भएपनि विश्व माझ नेपाली क्रिकेटको छुट्टै खालको पहिचान बनेको छ । अझ बंगलादेशमा सम्पन्न भएको टी ट्वेन्टी विश्व कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्व माझ नेपालीको चर्चा चुलिँदो छ भने नेपालले नयाँ पहिचान पनि पाएको छ, क्रिकेट खेल्ने देशको रुपमा ।  पहिलो सगरमाथा र गौतम बुद्धको देशले चिनिने नेपाल अब क्रिकेट खेल्ने मुलुकको रुपमा पनि चिनिएको छ ।   नेपालले विश्व क्रिकेटमा केहि अनौठा रेकर्ड हरु पनि कायम गरेको छ । सबैभन्दा चर्चित विश्व रेकर्ड बनाउने खेलाडी हुन् किर्तिमानी अलराउण्डर मेहवुव आलम । उनले सन् २००८ मा जर्सीमा भएको आईसीसी डिभिजन फाइभको मोजाम्बिक विरुद्ध एकै खेलमा सबै १० विकेट लिएका थिए । एक दिवसिय क्रिकेटमा यस्तो सफलता हात  पार्ने आलम पहिलो र एकमात्र खेलाडी हुन् ।   यस्तै नेपालले सबैभन्दा कम ओभरमा जित हासिल गर्ने रेकर्ड पनि राखेको छ । सन् २००६ को एसीसी ट्रफी अन्तर्गत भएको खेलमा नेपालले म्यानमारलाई १०.१ ओभरमा १० रनमै सिमित गर्दै मात्र २ बलमा जित हासिल गरेको थियो । यस खेलमा नेपाल दुईवटा रेकर्ड कायम गरेको थियो । पहिलो विपक्षी टिमलाई सबैभन्दा कम रनमा समेट्ने र कम बलमा जित हासिल गर्ने ।   यस्तै सन् २०१२ मा मलेसियामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोर अन्तर्गत मलेसिया विरुद्ध भएको खेलमा नेपालका शक्ति गौचन किफायती बलिङ गर्दै वेष्ट इकोनोमी रेट कायम गरेका थिए । १० ओभर बलिङ गरेका शक्तिले ८ ओभर मेडन राख्दै मात्र २ रन दिएर ३ विकेट लिएका थिए । उनलको इकोनोमी रेट ०.२० रहेको थियो ।   गत महिना बंगलादेशमा सम्पन्न भएको टी ट्वेन्टी वल्र्ड कप क्रिकेटमा नेपालले प्रतियोगिता अवधिभर कुनै पनि वाइड बल र नो बल नदिएर अनोठो रेकर्ड कायम गरेको छ ।   नेपाल सन् २०१३मा युएईमा भएको आईसीसी टी ट्वेन्टी छनोट खेलको क्वाटरफाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक वल्र्ड कपमा पुगेको हो ।  only 18 ++ >>>>>> click here >>>

No comments:

Post a Comment