Contact us

18+(adult) only click here

Thursday, January 28, 2016

बिश्वो युद्धमा नेपालको भूमिका (nepal contribution in world war )

गोरखा वा गोरखाली नेपालका मानिस हुन् । जसको नाम आठ औँ शताब्दिमा हिन्दू योद्धा श्री गुरु गोरखनाथबाट रहन गएको विश्वास गरिन्छ । पछि उनका शिष्यले राजकुमारलाई जन्म दिए र उनीहरु नेपालमा बस्न आए । पछि उनीहरुले नै नेपाल अधिराज्यको स्थापना गरेको बताइन्छ । उनीहरु नेपालको गोरखा जिल्लामा बस्थे । यसरी गोरखामा बस्ने मानिसहरु हिम्मतिला र साहसी थिए । गोरखालीहरु प्राकृतिक रुपमा नै योद्धा हुने बताइन्छ । उनीहरुमा आक्रमक, वफादार र साहसको गुण हुन्छ । गोरखाली सैनिक लामो समयसम्म लड्न सक्ने क्षमता भएका हुन्छन् । ब्रिटिसहरुसँगको लडाईमा पनि गोरखालीहरुले ब्रिटिसहरुलाई नेपाली भूमि कब्जा गर्नबाट बचाएको यथार्थ तथ्य हामीसँग छ ।
गोरखा उच्च पहाडी जिल्ला हो । जहाँ कुनै एक जातिमात्र नभएर मगर, गरुङ, राई, लिम्बु, सुनुवार लगाएतका मानिसहरुको बाहुल्यता रहेको हुन्छ । उनीहरुलाई बलिया पाखुरा भएका, सहस भएका, हिम्मतीला जातिका रुपमा लिइन्छ । जो गोरखा सैनिकको एक महत्वपूर्ण हिस्सा हुन् । गोरखालीको मुख्य हतियार खुकुरी हो । अर्थात गोरखालीहरु खुकुरी नचाउनका निकै माहिर मानिन्छन् । गोरखालीले आफ्नो खुकुरी निकाल्यो भने रगत बनाएबिना दापमा राख्दैनन् भन्ने गरिन्छ । भारतका एक सेनाध्यक्षले गारखाली सेनाका बारेमा यदी कसैले मलाई मर्न डर लाग्दैन भन्यो भने त्यो कि त झुटो हुन्छ कि चने गोरखाली हुन्छ ।
gorkha sena
ब्रिटिस समराज्यका तर्फबाट पहिलो विश्व युद्धमा नेपालका दुई लाख गोरखा सैनिकले भाग लिएका थिए । दक्षिण एसियाभन्दा बाहिर यो उनीहरुको पहिलो लडाई थियो । तर, उनीहरुले देखाएको बहादुरीताले आजसम्म पनि विश्वमा प्रशंसा पाइरहेको छ । उनीहरु आज नेपाली आर्मी, भारतीय आर्मी, गोरखा रेमेजेन्ट, ब्रिटिस आर्मी, गोरखा ब्रिगेजका लागि निकै प्रख्यात छन् । भारत ब्रिटिसहरुबाट आजाद भएको समयमा गरिएको एक सम्झौताका आधारमा भारत र ब्रिटिश सेनामा गोरखा सैनिक काम गर्छन् । हाल भारतीय सेनामा एक लाख २० हजार जति र ब्रिटिश सेनामा करिब चार हजार जति गोरखा सैनिक कार्यरत छन् ।
nepali sena gorkhali
सन् १८१४–१६ मा ईस्ट इंडिया कंपनीले नेपाल कब्जा गर्ने रणनीति बनाएपछि गोरखा सैनिकसँग पश्चिम देशसँग सम्पर्क बढेको थियो । यसको अन्त्य ब्रिटिसलेझुक्याएर सम्झौता गरी आफ्नो पक्षमा निर्णय गराएपछि भएको इतिहासकारहरु बताउँछन् । त्यस समय गोरखालीले उनीहरुको ठूलो नोक्सानी गराएका थिए । ब्रिटिस सैनिकका एक जवानलेगोरखा सैनिकको तारिफ गर्दै आफूले आफ्नो जीवनमा यस्तो बहादुरी र साहस कहिल्यै नखेखेको बताएका छन् । उनले आफ्नो आत्मकथामा भनेका छन्, उनीहरलाई मृत्युदेखि कुनै डर थिएन । उनीहरु भाग्दैनथिए बरु ज्यानको बाजी लगाएर लड्थे ।’ यसरी उनीहरुको बहादुरीताबाट प्रभावित भएर ब्रिटीसहरुले गोरखालीको भर्ती ब्रिटिस सेनामा गर्न सकने सम्झौतामा सम्झौतामा उल्लेख गरे । त्यही सम्बन्धका आधारमा पछि गोरखा सैनिकले पहिलो विश्व युद्धमा आफ्नो सहभागिता जनायो । १९१४–१८ सम्म चलेको विश्व युद्धमा गोरखा सैनकको ३३ राइफल बटालिएन थिए । उनीहरुले त्यतिबेला फ्रान्सदेखि लिएर फरससम्म युद्ध लडेका थिए ।
गालीपोलीमा भएको युद्धमा केवल दुई मेसिनगन थिए तर, गोरखाली सेनाले आफ्नो बहादुरी देखाए । हिम्मतका साथ लडे र युद्धमा सफलता प्राप्त भयो । त्यस्तै १९१५ मा टर्कीको प्रायद्धीपमा धेरै कम नोक्सानीमा त्यहाँको चौकिमा कब्जा भयो । फ्रान्समा भएको लडाइमा एक गोरखा बटालिन अन्तिम समयसम्म लडेको विषयले पनि निकै चर्चा पायो । प्रथक विश्व युद्धमा करीब दुई हजार गोरखाली सैनिक मारिएका थिए ।
gorkha sainik
यसरी प्रथम विश्व युद्धपछि गोरखाली सेनाको नाम विश्वभर फैलियो । त्यसपछि, गोरखाली सेनाले ब्रिटेन र संयुक्त राष्ट्रका तर्फबाट लडाई लड्यो । यसका बाबजुत पनि त्यतिबेला गोरखा सैनिकलाई सैनिक सेवा सकिएपछि ब्रिटेनमा बस्ने अधिकार हुँदैन्थ्यो । उनीहरुले ब्रिटिश सेनालाई जति पेन्सन पनि दिइदैनथ्यो । यसरी सन् १९९७ मा गोरखा सैनिकलाई पनि समान पेन्सन दिने व्यवस्था मिलाइयो । भने २००९ पछि उनीहरुलाई ब्रिटेनमा बस्ने अधिकार पनि दिइयो । यसरी नेपालको नाम उचो राख्न गोरखा सैनिकले आफ्नो रगतको योगदान दिएको छ । उनीहले सधै इमानदारीताका साथ बहादुरीपूर्ण लडे र आफ्नो साहस र हिम्मत देखाए । जसका कारण आज विश्वले गोरखा सैनिक भनेर उनीहरुलाई चिन्दछ, नेपाली गोरखालीलाई चिन्दछ । हामी सबैले उनीहरुको इमानदारीता, साहस, हिम्मत र बलिदाननीलाई कदर गर्नुपर्छ । विश्वकस गरौँ गोरखा सैनिक सदैव यही नाम र यही कामले चिनिनेछ ।
- See more at: http://kathmandutoday.com/2015/07/122115.html#sthash.4ImtaTcr.dpuf for xxx (pron) video click below :) only adult

No comments:

Post a Comment