Monday, November 2, 2015
वीरगञ्ज नाका खुल्यो,दसगजाबाट प्रहरीले धर्नाकारीलाई यसरि हटायो !!
वीरगञ्जमा अड्किएका दुई सयभन्दा बढी गाडीहरु भारत प्रवेश काठमाडौं : डेढ महिनादेखि वीरगञ्ज नक्शौल नाकाको दसगजामा धर्ना दिएर आपूर्ति ठप्प पार्दै आएका मधेसी मोर्चाका आन्दोलनकारीहरुलाई प्रहरीले हटाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले सोमबार बिहान चार बजेदेखि पाँच बजेको समयमा धर्नाकारीहरुलाई दसगजाबाट हटाएको हो। धर्नाकारीलाई हटाएपछि दसगजामा अहिले प्रहरी तैनाथ छन् । धर्नाकारीहरु हटेपछि वीरगञ्ज नाका खुलेको छ ।
वीरगञ्जमा अड्किएका दुई सयभन्दा बढी गाडीहरु भारत प्रवेश गरेका छन् । भारततिर अड्किएका गाडीहरु नेपाल प्रवेश गराउने तयारी भइरहेको छ । त्यसका लागि दुवै पक्षाका अधिकारीहरुबीच छलफल भइरहेको छ। धर्नाकारीलाई हटाउने क्रममा केही तनाव भएको थियो। प्रहरीले लाठीचार्ज गरेको थियो। केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। डेढ महिनासम्म नाकामा आन्दोलन गरेर वीरगञ्ज नाका मधेसी मोर्चाका कार्यकर्ताले ठप्प पारेका थिए। झन्डै सत्तरी प्रतिशत आपूर्तिको हुने मुख्य नाका ठप्प हुँदा इन्धनलगायतका वस्तुको आपूर्ति ठप्प भएको थियो । १८ वर्ष भन्दा माथिले मात्र तलको चित्रमा Click गर्नुहोस >>>>>>>>>>>>
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment