१५ कात्तिक, काठमाडौं ।
मन पराए पनि नपराएपनि नेपालमा हरेक कुरामा भारतबीचमा आइ हाल्छ । हरेक कुरामा भारतको चर्चा गर्नै पर्छ र भारतमाथिको नेपाली निर्भरता हरेक कुरामा झल्किन्छ ।
संविधान बन्ने पूर्व सन्ध्यामा भारतीय प्रधानमन्त्रीका विशेष दुत आएको कुरा होस् वा नेपालबाट पूर्व प्रधानमन्त्रीहरु भारत भ्रमणमा गएका विषय होस् संविधान जारी हुनु अघि सम्म भारतको चर्चा ब्यापक थियो नै त्यसमाथि नाकाबन्दी शुरु भएपछि त हरेक कुरा भारतसँग जोडिएर हेडलाइन बनेका छन् ।
भारतबाट कतिवटा इन्धनका ट्याङ्कर नेपाल भित्रिए भन्ने हेडलाइन बनाउन नेपाली मिडिया अभिसप्त छ । तर केही दिन यताका हेडलाइन इन्धन ट्याङ्कर गन्नमै सीमित भएपनि देश भने फेरिएको छ । भारतबाट हेडलाइनहरु चीनतर्फ सोझिएका छन् । चीनले नेपाललाई ठूलो परिमाणमा अनुदानको इन्धन दिने र ब्यापारिक आपुर्ति समेत गर्ने सम्झौतामा हस्ताक्षर भएपछि केही दिन यता नेपाली मिडियामा सबैभन्दा बढि चर्चा भएका ब्यक्ति हुन् चीनका लागि नेपाली राजदुत डा महेशमान मास्के । साँच्चिकै भन्दा राजदुत मास्के यतिबेला लाइमलाइटमा छन् । उनले बोलेका हरेक कुरा हेडलाइन बनेका छन् ।
ओलीलाई चीनको समर्थन, भारतलाई खतरा – भारतीय मिडिया
भारतीय नाकाबन्दीले हिरो बनाएका उनै मास्के यतिबेला नेपाललाई सबैभन्दा संकट परेको इन्धन लिएर चीनबाट नेपाली सीमानाका सम्म आइपुगेका छन् । चीनबाट अनुदानमा आएको सबै इन्धन काठमाडौं पठाएपछि उनी काठमाडौं आउने छन् ।
ब्रेक थ्रु गर्ने राजदुत
राजदुत मास्केकै सक्रियतामा नेपालबाट चीन पुगेको टोलीले बेइजिङमा पुगेर इन्धन आपुर्ति सम्झौतामा हस्ताक्षर गरेर फर्किसकेको छ । सरकारको निर्देशनमा मास्केले अनुरोध गरेपछि चीन सरकारले १३ लाख लिटर पेट्रोल इन्धन अनुदान दिन तयार भएको थियो ।
चीनबाट तेल आउन लाग्दा भारतीय विदेशमन्त्रालयको रुखो प्रतिक्रिया (भिडियो सहित)
भारतको महिना लामो नाकाबन्दीले इन्धन संकट गहिरिँदै गएपछि वैकल्पिक उपाय खोज्ने क्रममा राजदूत महेस मास्केको नेतृत्वमा परराष्ट्र, वाणिज्य, अर्थ र कानुन मन्त्रालयका सहसचिव तथा नेपाल आयल निगम र गुणस्तर निर्धारण तथा नापतौल विभागका उच्च अधिकारी सम्मिलित आठ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पठाएको थियो । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूसमेत संलग्न १३ सदस्यीय टोलीले चीनको विदेश मन्त्रालयका उपमन्त्री, वाणिज्य मन्त्रालयका विदेश मामिला हेर्ने अधिकारी तथा पेट्रो–चाइनाका अधिकारीसँग वार्ता गरेपछि दुइ पक्षबीच बुधबा सम्झौता भएको थियो ।
नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)
सारांसमा भन्नु पर्दा इन्धनका लागि चीनसंगको छलफलमा ठुलो सक्रियता र नेतृत्व गरेका गरेका कारण मास्केको प्रोफाइल निकै ठुलो बनेको छ । मास्केले अव ग्यासका लागि अर्को मित्र राष्ट्रि काजकस्तानसँग सम्झौता गर्नु पर्ने अवधारणा समेत अघि सारेका छन् । उनको यो पहल सराहनीय मात्र छैन भारतमाथिको एकल निर्भरताका कारण राजनीतिक हस्तक्षेपको चक्रब्यहूमा परेको नेपाललाई बाहिर निकाल्नका लागि कोशे ढुंगा हुन सक्ने समेत कतिपय विश्लेषकको बुझाइ छ ।
ABout nepali pron star photos click below :) >>>>>>>>
salam x maskelai
ReplyDelete