Contact us

18+(adult) only click here

Friday, October 30, 2015

कसरि मंगल ग्रहमा पानी फेला ? को थिए पत्ता लगाउने नेपाली बैज्ञानिक ? पढ्नुहोस .. साथै SHARE गरेर प्रतेक नेपालीलाई यो गर्वको कुरा थाह दिनुहोस

काठमाडौं, १२ असोज । मंगल ग्रहको सतहमा पानी फेला परेको नासाका वैज्ञानिकहरुले दावी गरेका छन् । मंगल ग्रहको सतहमा पानी खोज्ने क्रममा नेपाली वैज्ञानिकको पनि संलग्नता रहेको नासाले उल्लेख गरेको छ । पानीको सतह फेला परेसँगै मंगल ग्रहमा जीवनको सम्भावना बढेको नासाले उल्लेख गरेको छ ।
mangal graha 1नेपाली वैज्ञानिक लुजेन्द्र ओझा सहितका नासाका वैज्ञानिक टोलीले मंगल ग्रहको सतहमा बगिरहेको पानी विद्यमान रहेको तथ्य फेला पारेको हो । लुजेन्द्रसहितको वैज्ञानिक टोलीले अमेरिकी अन्तरीक्ष संस्था नासाको भुउपग्रहका तस्वीर विश्लेषणका आधारमा मंगल ग्रहको सतहमा बगिरहेको पानी रहेको निष्कर्ष निकालेका हुन् ।
वैज्ञानिक लुजेन्द्रसहितको शोधकर्ता समूहले गरेको अनुसन्धान अनुसार मंगल ग्रहको सतहमा देखिने गाढा धर्साहरु पानीको बहावसँग सम्बन्धित छन् । नासाको स्याटेलाइटबाट प्राप्त तस्वीरहरुका अनुसार भिरालोमा पाइने यस्ता संरचनाहरु नुनको थुप्रो हुन् । यस्तो नुनले मंगलको न्यून वायुमा पानीको जम्ने तथा बाफ हुने तापक्रममा फरक पारिदिने र सोही कारण मंगल ग्रहमा पानी तरल अवस्थामा बग्ने स्वरुपमा रहन सक्ने शोधकर्ताहरुको ठहर बिबिसिले उल्लेख गरेको छ ।mangal graha 2
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधीका विद्यार्थी लुजेन्द्र ओझाले मंगल ग्रहमा पानीको सम्भावना रहेको प्रारम्भिक तथ्य यसअघि पनि पत्ता लगाएका थिए । यो पटक उनले नासाको मार्स रिकनेसेन्स अर्बिटर नामक स्याटेलाइटबाट प्राप्त मंगल ग्रहका तस्वीरको विश्लेषणका आधारमा नयाँ शोध तयार पारेका हुन् । यो स्याटेलाइटमा क्रिस्म नामक एउटा यस्तो उपकरण छ जसले सतहमा रहेका पदार्थहरुको रसायन पत्ता लगाउन सक्छ ।
other images ( scientiest,lab) >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>cilick below

No comments:

Post a Comment