Contact us

18+(adult) only click here

Sunday, October 18, 2015

रुट बदलेर इन्धन ल्याइने ...... पढ्नुहोस

पछिल्लो २४ दिनदेखि रोकिएका इन्धनका ट्यांकरहरू अन्य नाकाबाट नेपाल भित्राउन नेपाल आयल निगमसँग इन्डियन आयल निगम ९आईओसी० ले सहमति जनाएको छ । इन्धन आपूर्तिमा आएको समस्याबारे माथिल्लो स्तरमा आवश्यक पहल गर्न पुगेका निगमका कार्यकारी निर्देशक गोपाल खड्का र आईओसीबीच यस्तो सहमति भएको हो । पारवहन सम्झौताअनुसार पछिल्लो समयमा नेपालमा भारतबाट इन्धन आपूर्तिमा आएको व्यवधानबारे आवश्यक पहल गर्न निगमका कार्यकारी निर्देशक खड्का शनिबार र निमित्त निर्देशक मुकुन्दप्रसाद घिमिरे दुई दिनअघि नयाँदिल्ली गएका हुन् । कार्यकारी निर्देशक खड्काले शनिबार टेलिफोनमार्फत अन्नपूर्णसँग भने, ‘इन्धनको आपूर्ति, लोडिङको अवस्था र परिमाण बढाउने विषयमा आवश्यक छलफल गर्न शनिबार नयाँदिल्ली आइपुगेको छु । आईओसीले रक्सौल नाकामा लोड भएर बसेका सम्पूर्ण ट्यांकर र ग्यासका बुलेट अन्य सुरक्षित नाकाबाट नेपाल पठाउने विषयमा सहमति दिएको छ ।’ उनका अनुसार कुनकुन नाकाबाट बढी परिमाणमा इन्धन लोडिङ गरेर सुरक्षित रूपमा नेपाल पठाउन सकिन्छ भन्ने विषयमा आईओसीसँग छलफल भएको छ । खड्काका अनुसार भारतमा आइतबार सार्वजनिक बिदा भएकाले सोमबार आईओसीका अन्य उच्च अधिकारीसँग पनि भेटवार्ता गरेर समस्याको समाधान निकालिनेछ । यसअघि पुगेका निगमका निमित्त निर्देशक घिमिरेले वार्ताको सकारात्मक पहल गरेपछि खड्का दिल्ली पुगेका हुन् । खड्का र घिमिरेको आईओसीको कोलकाता क्षेत्र हेर्ने कमर्सियल तथा मार्केटिङ महाप्रबन्धक एसएस बोससँग नियमित वार्ता भइरहेको निगमले जनाएको छ । खड्काले भने, ‘आईओसीको अपरेसन म्यानेजर स्तरमा दुई दिनदेखि सकारात्मक वार्ता भइरहेको छ । बोस नेपाल हेर्ने आईओसीसम्बद्ध अधिकारी हुन् । उनीसँग शनिबार पनि वार्ता भएको थियो । उनले रक्सौलमा रोकिएका इन्धनका ट्यांकर अर्को बाटो ९रिरुट० गरेर पठाउने सहमति दिएका छन् । आवश्यक व्यवस्थापन गर्न रक्सौलमा पनि निगमका कर्मचारी पठाइसकिएको उनले खड्काले जानकारी दिए । रक्सौल नाकामा मात्रै तीन सयभन्दा बढी संख्यामा लोड भएको बुलेट रोकिएको अवस्थामा छन् । ती बुलेटबाट झन्डै चार लाख सिलिन्डर भर्न मिल्छ । रक्सौल नाकामा रोकिएका ट्यांकर र ग्यासका बुलेट अर्को नाकाबाट नेपाल ल्याउँदा लाग्ने थप ढुवानी खर्च भने एनओसीले नै व्यहोर्नुपर्नेछ । खड्काले नयाँदिल्ली पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको टोलीसँग इन्धन आपूर्तिका विषयमा भारतका उच्च अधिकारीसँग पनि थप वार्ता हुने जानकारी दिए । अन्नपूर्णपोष्टबाट

No comments:

Post a Comment