सप्तरी, १४ कात्तिक-सप्तरीको राजविराज नगरपालिकामा केही दिनयता चौरीको घटनामा वृद्धि भएको छ ।
पछिल्लो पटक गए राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य हरेकृष्णप्रसाद सिंहको घरमा चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भडाकुडा गरी करिब १० लाख बराबरको चोरी गरेका पीडित सिंहले बताए ।
प्रहरीले भने चोरी गर्नेको तीव्र रुपमा खोजी भइरहेको जनाएको छ ।
No comments:
Post a Comment