Contact us

18+(adult) only click here

Wednesday, October 28, 2015

राष्ट्रपति निर्वाचनको मैदानमा विद्या भण्डारी र कुलबहादुर गुरुङ, कस्को पक्षमा कति मत ?


काठमाडौँ, १० कार्तिक– अन्नतः बहुमतिय प्रक्रियामै गएको छ राष्ट्रपति चुन्ने काम पनि । र मैदानमा उत्रिएका छन् ।

एमाले उपाध्यक्षमा समेत रहेकी विद्यादेवी भण्डारी र कांग्रेसका नेता कुलबहादुर गुरुङ । बुधवार साँझ ५ बजेसम्म नेपालले दोस्रो राष्ट्रपति पाइसक्नेछ । कुल ५९७ सदस्य रहेको संसदमा राष्ट्रपति जित्नका लागि २९९ मत पाउनुपर्छ ।

अहिलेसम्मको हिसाबमा प्रस्तावक र समर्थक दलहरुका सांसदहरुले मात्रै मत दिँदा पनि विद्या भण्डारीको पक्षमा ३३४ मत पुगिसकेको छ ।
यी बाहेक परिवार दलका २, जनमुक्ति पार्टी लोकतान्त्रिकका २, नेपा राष्ट्रिय पार्टीका १, खम्बुवान राष्ट्रिय मोर्चाको १ समेत गरि ६ मत विद्याको पक्षमा थपिने देखिन्छ । त्यसो गर्दा उनले २४० मत पाउनेछिन् ।

त्यस्तै गुरुङको पक्षमा हालसम्म आफ्नै पार्टी नेपाली कांग्रेसका २०७ सांसद बाहेक अरु देखिएका छैनन् । उनको पक्षमा स्वतन्त्र सांसद अतहर कमाल मुसलमानको मत जान सक्छ ।

त्यस्तै प्रधानमन्त्री चुनावमा अन्तिम घडीमा एमालेलाई छाडेका जनता दलका हरिचरण शाह र दलित जनजाति पार्टीकी यशोदा लामाको मत कांग्रेसले गनेको छ । त्यसो हुँदा गुरुङको पक्षमा २१० मत पुग्न सक्छ ।

प्रधानमन्त्री चुनावमा कांग्रेसलाई मत दिएको मधेसी मोर्चाले यो पटक चुनावमा भाग नलिने बताएको छ ।  अन्य केही साना दलले अझै निर्णय गरेका छैनन् ।

सामान्य हिसाबमा हेर्दा विद्या भण्डारी राष्ट्रपति हुने निश्चित देखिन्छ । तर, राष्ट्रपति निर्वाचन प्रधानमन्त्री निर्वाचन जस्तो खुल्ला होइन । यसमा पक्ष र विपक्षको लहरमा उभिएर मतदान गर्नु पर्दैन । गोप्य मतदान भएकाले सांसदहरुले आफ्नो पक्षको उम्मेदवारलाई मत नदिई अर्कोलाई दिन पनि सक्छन् ।

तर, यति ठूलो संख्यामा सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना निकै कम रहेको छ । त्यसैले विद्या भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुने सम्भावना बढी छ ।

यद्यपि गुरुङले जिते भने उनी पहिलो आदिवासी जनजाति राष्ट्रपति हुनेछन् । विद्याले जितिन् भने उनी पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

No comments:

Post a Comment