फाइल फोटो
for more go here >>>>>>>>
रसुवा, १० कार्तिक– चीनले अनुदानमा स्वरुप दिन लागेको १ हजार मेट्रिकटन पेट्रोलियम पदार्थ उत्तरी सीमावर्ती क्षेत्र केरुङ आइपुगेको छ । दुई दिन अगाडि नै पेट्रोलियम पदार्थ केरुङ आइपुगेको हो । चीनले मंगलबार नै औपचारिक कार्यक्रम गरी तेल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम बनाए पनि नेपालतर्फबाट तेल लिन ट्याङकर नजादाँ सीमाभन्दा २६ किलोमिटर पर चिनियाँ क्षेत्र केरुङमा चिनयाँ ट्याङ्कर पर्खिरहेका छन् ।
पेट्रोलिम पदार्थ बोकेका चिनियाँ ट्याङ्कर केरुङमा दुई दिनदेखि रोकिएर बसेको केरुङ स्थित नेपाली व्यवसायी कृष्ण तामाङले बताए । उनका अनुसार सय वटा जति ट्याङ्कर केरुङको बाटोमा लामबद्ध भएर बसिरहेका छन् ।
चीनको केरुङमा रोकिएको तेल उठाउन नेपाली ट्याङ्कर चालकको प्रवेशपास व्यवस्था नभएका कारण ढिलाइ भएको बताइएको छ । चिनियाँ राजदुताबासले ट्याङकर लिएर जाने चालक र कन्डक्टरको परिचयपत्र र सवारी अनुमतिपत्र सहित नाम लिष्ट पठाउन भनेपछि प्रक्रिया ढिलाई भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। उनका अनुसार निगमले जिल्ला प्रशासनलाई बुधबारसम्म ट्याङ्कर पठाउने बताएको छ। कागजपत्र मिल्नासाथ पठाउँछौं भनेका छन्ु, प्रजिअ गेलालले भने।
चीन जान प्रवेश पासको अनिवार्य व्यवस्था रहेको छ । सामान्यतः नेपालीलाई केरुङ प्रवेश गर्न एक दिने पास दिने व्यवस्था छ। आयल निगमले पठाउने ट्याङकर तेल लोड नभएसम्म उतै बस्न पर्नसक्ने हुँदा चिनियाँ दुताबासले चालक र सहचालकको नाम लिष्ट पठाउन भनेको बताइएको छ।
हाल रसुवागढी नाका सञ्चालन भए पनि रसुवाका स्थानीय तथा स्थायी पास भएकालाई मात्रै केरुङ प्रवेशको पास दिइने गरेको छ। त्यसैले चीनले पहिलानै केरुङ जाने चालक र सहचालकको लिष्ट मगाएको हो । चीन प्रवेशको प्रक्रिया पुरा गरे सँगै केरुङबाट तेलको ट्याङकर अपलोड गरेर नेपाल आयल निगमको ट्याङकरमा खसाल्ने छ। केरुङबाट लोड गरिएको २५ वटा ट्याङकर नेपालको रसुवागढी नाका हुँदै काठमाडौं पठाइने प्रजिअ गेलालले बताए । चीनबाट तेल आउने भए सँगै नेपालतर्फ रसुवागढी सीमा नाकामा सशस्त्रको सीमा सुरक्षा बल तैनाथ गरिएको छ।
for more go here>>>>>>>

No comments:
Post a Comment