Contact us

18+(adult) only click here

Tuesday, October 20, 2015

अब पेट्रोल चीनबाट ........सरकारद्वारा पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक अनुरोध

३ कात्तिक, काठमाडौं । सरकारले मुलुकमा देखिएको तत्कालीन इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा अनुरोध गरेको छ । भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो । वाणिज्य, अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकपछि चीनलाई यस्तो आग्रह गरिएका बाणिज्य मन्त्रालयले जनाएको छ । आयल निगमले समेत दीर्घकालीन रूपमा पेट्रोलियम पाइपलाइन सम्झौता गर्नुपर्ने राय वाणिज्य मन्त्रालयलाई दिइसकेको छ । सरकारले सडकमार्गबाट इन्धन ल्याउन चीनलाई अनुरोध गरेको हो ।

No comments:

Post a Comment