Contact us

18+(adult) only click here

Monday, October 19, 2015

नेपालमै बन्यो (bio) पेट्रोल, एक लिटरले सय किमि माइलेज...

दाङ । भारतले नाकाबन्दी दगाएपछि नेपालमा यतीबेला वैकल्पीक इन्धनको बहस चलिरहेको छ । यस बीचमा नेपालका युवा वैज्ञानीकहरुले विभिन्नखाले अध्ययन अनुसन्धानहरु गरिरहेका छन् । हालै मात्र दाङमा युवाहरुले सल्लाको खोटोबाटै मोटरसाइकलको सफल परिक्षण गरिसकेका छन् । घोराही नगरपालिका–११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण समेत गरेका छन् । जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण गरिएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाले दाबी गरेका छन् । उनले मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई जोडेर मोटसाइकलको सफल परिक्षण गरेका हुन् । बैज्ञानीक रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको दाबी गरे । दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएका थिए । रोकाका अनुसार एक लिटर खोटोको इन्धनबाट मोटरसाइकलमा एक सय किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । खोटोलाई प्रशोधनका लागि बिभिन्न रासायनिक पदार्थहरु मिसाउनुपर्ने रोकाले बताए । उनले यसरी तयार पारिएको इन्धनको मुल्य जम्मा ७० रुपैयाँ मात्र पर्ने बताए ।

No comments:

Post a Comment