Sunday, October 18, 2015
विश्वका १० चतुर जनावर...................
अधिंकास हामी सोच्ने गर्छौं मानिस सबैभन्दा बुद्धिमान प्राणी हो। यसमा कुनै शंका छैन तर शतप्रतिशत सहि पनि छैन। अन्य जनावरहरु पनि बुद्धिमान छन्, भलै मानिसको सोच्ने र बुझ्ने शक्ति जतिको दिमागी शक्ति हुदैन। केही कुराहरुमा हामी भन्दा यी जनावरहरु बढी चतुर छन्। केही कुरा त हाम्रो वशमा पनि हुन्न जुन यी जनावरहरु सहजै गर्न सक्छन्। हामी भन्दा छिटा अनि छरिता पनि छन् केही जनावरहरु। यहाँ यस्तै १० जनावरहरुको प्रंसग उठाइएको छ, जो पृथ्वीमा सबैभन्दा बुद्धिमान मानिन्छन।
१०. बिरालो
घरमै पनि पालेर राखिने बिरालो अति कुशल शिकारी हुन।शरिरको लचकता, वाहिरी वातावरणलाइ बुझ्ने अनि थाहा पाउने अविश्वशनीय गुणले यसले सहजै शिकार गर्न सक्छ। कुकुर झै तालिम दिन सजिलै सकिदैन बिरालोलाइ। कुकुरलाइ झै तालिम दिन सजिलै सकिदैन तर नयाँ वातावरणमा भिज्न अनि नयाँ कला अनि शीप सक्न सजिलै सक्छ बिरालोले।
९. लोखर्के
लोखर्केको सानो शरिर देखेर यसको दिमागमा शंका गर्न मिल्दैन। यसको मुख्य सोचनै खाना जम्मा पार्ने हुन्छ। खाना खोज्दै भविष्यको लागि जम्मा पार्ने अनौठो कुशलता हुन्छ लोखर्केसंग। अझ रमाइलो कुरा त के छ भने, यसले खानेकुरा जम्मा पार्दा अत्यन्त मिलाएर राख्ने गर्छ, कुन कुरा कहाँ राखेको छ भनेर सम्झिने गर्छन।
८. हात्ती
अन्य जनावरको तुलनामा यसको दिमाग ठुलो हुन्छ, आकारमा। दिमाग ठुलो हुदैमा बुद्धिमान हुने भने हुदैन। शरीरसंग तुलनागर्ने हो भने चाँहि यसको दिमागको आकार ठुलो भन्न मिल्दैन। हात्तीमा मानिसको जस्तो एउटा रमाइलो गुण हुन्छ, त्यो हो सहानुभुती। हात्तीले यसको ठुलो दिमाग सामाजिक काममा लगाउछ। सामाजिक सम्बन्धमा अति अगाडी हुन्छन। हात्तीको अरु जनावरहरु प्रति पनि सहानुभुती राख्ने गुण हुन्छ।
७. अक्टोपस
जब ढाड नभएका जनावरहरुको कुरा आउँछ, अक्टोपसलाइ सबैभन्दा बुद्धिमान मानिन्छ। अक्टोपसहरु आफ्नो खानेकुरा खोज्ने कुरामा अतिनै कुशल हुन्छन, शिपालु सिकारी हुन्छन्। अन्य जनावरहरु झैं जटिल समस्याहरु समाधान गर्न अनेक उपाय निकाल्छन अक्टोपस।
६. कुकर
प्रजाति अनुसार फरक फरक हुने भएता पनि कुकुरहरु मानिसले सिकाएका कुरा सिक्न सक्ने हुन्छन। सजिलै ट्रेन गर्न मिल्छ कुकुरहरुलाइ। मानिसको सबैभन्दा नजिकको जनावर साथी हुन कुकुर। सानो सानो परिवर्तन पनि थाहा पाउन सक्ने क्षमता हुन्छ कुकुरसंग। आफ्नो मालिकलाइ त सयौँ मिटर टाढा बाटै चिन्न सक्ने शक्तिहुन्छ कुकुरसंग।
५. ह्वेल
ठुलो शरीरको लागि चिनिने ह्वेल त्यतिनै दिमागी शक्तिको लागि भने चिनिदैनन्। समुहमा बस्ने ह्वेलको सामजिक सम्बन्ध भने मानिसको जस्तै हुने गर्छ एकआपसमा। विशेष खालको ध्वनी मार्फत एकआपसमा कुराकानी गर्छन् ह्वेल।जनावरहरु मध्ये समस्या समाधान गर्नेमा सबैभन्दा अगाडी हुन्छन् यी।
४. सुगा
अन्यको नक्कल गर्ने कुरामा सबैभन्दा अगाडी हुन्छन् सुगा। हामी सबैले देखेकै वा सुनेकै छौ होला सुगाको नक्कल त। नक्कल गर्नको लागि नक्कल गर्नुपर्ने ध्वनी वा चिज सम्झनु पर्ने हुन्छ। त्यसैले सुगाको सम्झने क्षमतापनि उच्च नै रहने बताइन्छ। यी पनि कठिन समस्याहरु समाधान गर्न सक्षम जनावरहरुमा पर्दछन्।
३. सुंगुर
विभिन्न रिसर्च अनुसार, आफ्नो जीवनकालको मध्यतिर पुगेको संगुरमा ३ वर्षे मानिसको बच्चा जतिको चतुरता हुन्छ भन्ने पाइएकको छ। वातावरणमा सजिलै भिज्न सक्छन् किनकी वातावरण अनुसार नयाँ कुरा सजिलै सिक्ने गर्छन सुंगुरहरु।
२. चिम्पान्जी
मानिसजस्तै देखिने चिम्पान्जीलाइ मानिसको पुर्खा पनि भनिन्छ। मानिसजस्तै सोच्ने शक्तिहुन्छ यिनीहरुमा। वातावरणलाइ आफु अनुकुल ढाल्न विभिन्न साधानहरु पनि प्रयोगमा ल्याउने गर्छन। सामाजिक प्राणी पनि भएकाले यिनीहरुलाइ सबैभन्दा चतुर अनि बुद्धिमान प्राणीको रुपमा लिइन्छ। तरचिम्पान्जी भन्दा पनि बुद्धिमान अर्को प्राणी छ, त्यो हो डल्फिन।
१. डल्फिन
यो रहस्यमय जनावरले मानिसको दिमागी क्षमतालाइ जित्ने बताइन्छ। सामान्यतया मानिसले आफ्नो दिमागको ६-१३ प्रतिशत मात्र एक पटकमा सक्रिय गर्नसक्छ। अन्य खण्ड भने निष्कृय हुने गर्छ। तर प्रत्येक क्षण सक्रिय र निष्कृय खण्ड भने परिवर्तन भइरहन्छ।
डल्फिनले आफ्नो दिमागको २० प्रतिशत खण्ड एकपटकमा सक्रिय गर्ने बताइन्छ। डल्फिनमा विकास भएको ‘सोनार’ (पानी भित्र विशेषखालको ध्वनी तरंग पैदा गरेर वरिपरिको वातावरणको अवस्था थाह पाउनसक्ने डल्फिनको अंग) मानिसले कृत्रिमरुपमा बनाएको सोनार भन्दा कयौ गुणा शक्तिशाली हुन्छ।
डल्फिनले नयाँ शिपहरु पनि वातावरण अनुसार सजिलै सिक्न सक्छन। कुनै जनावर, जस्तो बिरोलो वा कुकुरको अगाडी ऐना राख्दा ऐेनामा देखिने दृश्य आफ्नै रुपहो भनि चिन्न सक्दैनन। तर डल्फिनको अलौकिक कुरा हो यो, ऐना अगाडी राख्दा ऐेनाना देखिने दृश्य आफ्नै हो भनि चिन्छन्। यसको अर्थ हुन्छ, डल्फिनले आफ्नो अस्तित्व महसुस गर्छ, आफु छु भन्ने महसुस गर्छ, जुन अन्य जनावरले गर्न सक्दैनन। डल्फिनले मानिस जस्तै अन्य प्रति सहानुभुती पनि राख्ने पाइएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment