more photo here^^^^^^^^^
धरान: संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले मधेश बन्द उल्लंघन गरि मोटरसाईकल चलाएको भन्दै सुनसरीमा एक युवकलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् ।
सप्तरीको भारदहबाट सुनसरीको श्रीपुर गाविसमा रहेको आफन्तको घरमा आउने क्रममा मोर्चाका कार्यकर्ताहरुले सप्तरी भारदह ७ का २२ बर्षिय रामविलास यादवलाई जिउँदै आगो लगाएर घाईते बनाएका हुन् । मोर्चाका कार्यकर्ताहरुको सांघातिक आक्रमणबाट घाईते भएका यादवको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । यादवको दुबै हात, खुट्टा र शरिरका विभिन्न भागमा आगोले पोलेको छ ।
मगलबार सप्तरीबाट सुनसरीको श्रीपुरजब्दी गाविसमा आफन्तको घरमा मोटर साईकलमा आउदै गरेका यादवलाई १० जनाको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर पेट्रोल छर्केर आगो लगाएको पिडित यादवले बताएका छन् । ’सडकभरी मोटरसाईकल चलिरहेको देखेपछी म पनि आफन्तकोमा आएको थिए’, प्रतिष्ठानको सर्जरी वार्डमा उपचार गराई रहेका यादवले भने ’मलाई बचाउँ बचाउँ भन्दा भन्दै शरिरमा पेट्रोल छर्केर आगो लगाए’।
बन्दको बेला मोटरसाइकल किन चलाएको भन्दै सुरुमा कुटपिट गरेको र त्यसपछि आफुलाई आगो लगाए, ’मधेश आन्दोलन कस्का लागि हो ? बुझन सकिएन’ उनले भने । ’सर्बसाधारणलाई जिउँदै जलाएर मधेशमा परिवर्तन ल्याउछौ भन्ने सपना जो कसैले पनि नदेखे हुन्छ, यस्ता अत्याचार विरुद्ध हामी चुप लागेर बस्न सक्दैनौ’ उनले भने ।
मधेसी जनताको मुक्तिको लागि निर्णायक आन्दोलन थालेको मोर्चाका कार्यकर्ताहरुले मधेसी जनतालाई नै जिउँदै आगो लगाउने, कुटपिट गर्ने र लुटपाट गर्ने जस्ता घट्नाले मधेसी समुदायकै सर्बसाधारण यतिबेला त्रसित भएका छन् । मधेस आन्दोलनका नाममा अराजक समुह प्रबेश गरी अपराधिक घटना घटाउदा समेत प्रहरी प्रशासनले जनताको सुरक्षा गर्न नसकेको भाण्टाबारिका पप्पु यादवले बताए । उनले आन्दोलनको नाममा अराजक गतिविधि गर्नेहरुलाई कडा कारवाही गर्न समेत माग गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्ग अन्र्तगत सुनसरीको लौकही–भाण्टावारी सडक खण्डमा भेला भएर सर्बसाधारणलाई नियन्त्रणमा लिएर लुटपाट गर्ने र सांघातिक आक्रमण गर्न थालेपछी स्थानिय वासिन्दा समेत त्रसित भएका छन् ।
दशै मनाउनका लागि मोर्चाका कार्यकर्ताहरुले हप्तादिन अगाडीसम्म बन्दहड्ताल केहि खुकुलो पारेको मोर्चाले सुनसरीको सिमावर्ती गाविसमा सशस्त्र प्रहरीले शान्ति सुरक्षा गर्न छाडेपछी मोर्चाका कार्यकर्ताहरु अमानविय र अराजक गतिविधिमा संलग्न हुन थालेको स्थानिय बासिन्दाको आरोप छ ।
सशस्त्र प्रहरीले मोर्चाले सिमानाकामा आन्दोलन केन्द्रित गरेपछी भारतको विहार राज्य अन्र्तगतको हररिया र विरपुर जिल्लाको सुनसरी तर्फको सिमानाकामा गस्ती गर्न छाडेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सर्वसाधारणलाई जिउँदै जलाउने मोर्चाका कार्यकर्ताहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए । उनले सुनसरीका सिमानाकाका सर्बसाधारणको सुरक्षाको लागि प्रहरी परिचालन गरेको दाबी समेत गरेका छन् ।

No comments:
Post a Comment