Contact us

18+(adult) only click here

Friday, October 30, 2015

१२ वटा ट्यांकर रसुवागढीमा,चीनले कार्यक्रम गरी भाेलि तेल दिने .कस्तो हुनेछ कार्यक्रम ? को को सहभागी हुनेछन .... पढ्नुहोस


चीनले अनुदानमा दिन लागेको पहिलो लटको पेट्रोल लिन शनिबार १२ वटा ट्यांकर रसुवागढी पुगेको छ ।
आज बिहान निगमको थानकोटस्थित भण्डारण केन्द्र पूजा आजा गरी १२ हजार लिटर पेट्रोल बोक्न सक्ने १२ वटै ट्यांकरलाई बिदाई गरिएको थिये । दिउँसो २ बजे ट्याकर रसुवागढी पुगेको डिएसपी अबदेश विष्टले जानकारी दिए ।
नेपाल आयल निगम र पेट्रोलियम ढुवानी महासंघका पदाधिकारी पनि सँगै गएका छन् । थानकोट डिपो प्रमुख रविनकुमार शर्माका अनुसार चीनले दिने अनुदानको पेट्रोल पहिलो लटमा १ लाख ४० हजार लिटर अर्थात १ सय टन  पेट्रोल आउने भएको हो।
इमेल माफर्त पहिलो लटमा एक सय टन पेट्रोल शनिबार केरुङ आउने जानकारी भए अनुसार तेल लोडको लागि आवश्यक टयाङ्कर केरुङ पठाइएको सेतोपाटीलाई बताए। ट्यांकरहरु सबै आज रसुवागढिमा बास बस्ने र भोलि बिहान केरुगतर्फ जाने बिष्टले जनाए ।
ट्यांकरहरु गल्छी देवीघाट, त्रिशूली, धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढी पुगेका हुन् । कार्यक्रममा चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका महावाणिज्यदूत हरि बस्याल र चिनियाँ राजदूतावास काठमाडौका डिसिएम चेङ्जी र स्थानीय अधिकारी सहभागी हुने छन् ।
भोलि बिहान ११ बजे एक कार्यक्रम गरी चीनले तेल दिल लागेको उनले बताए । चीनले नेपाललाई १ हजार टन ९१३ लाख लिटर पेट्रोल अनुदानमा दिने सहमति गरिसकेको छ। केरुङबाट तेल ल्याउने सबै पेट्रोलियम पदार्थको विमा गरिसकिएको छ।

No comments:

Post a Comment