Contact us

18+(adult) only click here

Saturday, October 17, 2015

बब मार्ले चाहिएको छ नेपाललाई .. बिश्लेसन राजनीतिक अवस्था हेरेर !!

माघ १९ पछिको आन्दोलन चलिरहँदा सडकमा बेपर्वाह हिँडिरहने धेरै केटाकेटीले बब मार्लेको फोटो अंकित टिसर्ट लगाएका थिए । र, छातीमा बब मार्ले बोकिहिँड्ने केटाकेटीलाई प्रहरीले पक्राउ गरेको थियो । तर, जो पक्राउ परेका थिए तिनीहरूका लागि टिसर्टमा छापिएका व्यक्ति वास्तवमा चे ग्वेभारा थिए । खासमा केटाकेटीहरू नराम्रोसँग झुक्किएका थिए । तर, आफूलाई क्रान्तिकारी ठान्दै चे का भक्त बताउनेहरू चाहिँ बब मार्लेको टिसर्ट लगाएर नजानिकनै जोगिएका थिए । बब मार्ले मेरो लागि एउटा कुराका आदर्श होइनन् । र, बाँकी सबै कुरामा म उनको अघोर अन्धभक्त हुँ । त्यो एउटा कुरा हो, उनको ११ सन्तान बनाउने हर्कत । मार्लेका र्‍यापहरूको सिकोमा अर्थ न बर्थका रुवावासी गर्ने हाम्रा युवाहरूले मलाई यसोभन्दा हान्दिन सक्छन् कि मार्लेले ‘नो वुमन नो क्राई’ वास्तवमा राजनीतिक व्यंग्यका लागि गाएका थिए । जमैकन गीतमात्र होइन त्यहाँको राजनीतिक आन्दोलनमा समेत मार्लेका संगीत कसरी प्रयोग भए हामीले गौण गरेर हेरेनौं । उनका ‘कुड यु बी लब्ड’, ‘स्टर इट अप’, ‘जैमिंग’, ‘वन लव’, ‘द वेलर्स’का साथै ‘थ्री लिटल बर्ड्स’, ‘बफेलो सोल्जर’ अनि उनको मृत्युको तीन वर्षपछिसम्म पनि संकलन गरेर निकालिएका एल्बम, ‘लिजेंड’ सर्वाधिक बिक्रीमै पर्‍यो, किन ? जमैकाको एउटा सानो गाउँ नाइन माइलमा जन्मेका रबर्ट नेस्टा मार्ले कसरी बब मार्लेको रूपमा विश्वभर फैलिए ? के उनी ‘त्यो केटी नपाए मर्छु’ भन्दै चिच्याएकै भरमा मात्र विश्वभर फैलिएका हुन् ? सानैमा पिता गुमाएका मार्लेले पढ्नका लागि चरम संघर्षमात्रै गर्नुपरेन, जीवनभर आफ्नो जातीय पहिचानको लागि योद्धा जसरी भिड्नु परेको कुरा नेपालमा कुन नेपाली मार्ले भन्नेले बुझे र विजयकुमारसँग समेत ‘नेपाली बब मार्ले’ भनेर इन्टरभ्यु दिन पुगे ? अचम्म लाग्छ, कसैकसैले आफूलाई ‘नेपाली बब मार्ले’ भनाउँदा र रङ पत्रकारले पनि त्यसै भनेर लेखेको देख्दा । वास्तवमा मार्लेका गीत र्‍याप, झ्याप केही होइनन् । उनी आफैंले भनेका छन्, मेरा गीत ‘प्रोटेस्ट सङ’ अर्थात् विरोध गीतहरू हुन् भनेर । इन्टरकास्ट म्यारिजबाट जन्मेका हुन् मार्ले । तर, उनले आफूलाई जीवनभर एक काले अफ्रिकी भनेर चिनाए । उनले त्यसैलाई ईंकित गर्न विरोधस्वरूप ‘बैबिलोन सिस्टम’ र ‘ब्ल्याक म्यान रिडेम्पसन’जस्ता गीतहरूबाट पश्चिमा बेबिलोनियन उत्पीडनको खिलाफमा र अश्वेतहरूले पीडा र संघर्षलाई स्वर दिएका थिए । मार्ले जमैका आन्दोलनका सदस्य बनेपछि नै बढीभन्दा बढी आपनो ट्रेडमार्क स्थापित गर्न सफल भएका थिए । उनले त्यो शैलीलाई नै प्रेमगीतको लागि पनि सँगसँगै प्रयोग गरेका थिए, कुरा त्यतिमात्र हो । ‘नो वुमन, नो क्राई’, उनको पहिलो हिट र अन्तर्राष्ट्रिय सफलता पाएको गीत बन्यो । त्यसभित्रको दार्शनिक पक्ष खोज्न हाम्रा नेपाली संगीत समीक्षक कहिल्यै लाग्दैनन् । त्यस गीतको रचनाकारसमेत रहेका उनलाई देशमा भएको संघर्षरत राजनीतिक समूहबीच तनाव कम गर्न तत्कालीन प्रधानमन्त्री माइकल मैनलले निःशुल्क संगीत कार्यक्रम ‘स्माइल जमैका’ आयोजना पनि गरेका थिए । यसको दुई दिनपहिले मार्लेको घरमा अज्ञात बन्दुकधारीले आक्रमण पनि गरेका थिए जसमा उनकी पत्नी र म्यानेजर घाइते भएका थिए । त्यस्तो जटिल अवस्थामा पनि उनी संगीतको कार्यक्रम मिस गर्दैनथे । त्यो घटनापछि उनले ‘पीपल गेट रडी’ भन्ने गीत लिएर आए । उनलाई पक्राउ गरियो । उनी निर्वासित पनि भए । फेरि पनि फर्केर जमैका गए । फेरि त्यस्तै संगीतको कार्यक्रम आयोजना भयो । खासमा त्यो राजनीतिक कार्यक्रम थियो । मूलतः उनले त्यसैलाई सांगीतिक कार्यक्रमजस्तो बनाइदिए । सबैभन्दा अचम्म त उनले राजनीतिले गर्ने काम गरिदिए संगीतबाट । ‘वन लव पिस’ नामक कार्यक्रममा उनले लामो समय गीत गाएको गायै गरे । त्यहा“ उनले राजनीतिक शान्ति र नवनिर्माणको लागि नेताहरूलाई अनुरोध गरे । कार्यक्रममा तत्कालीन पिपल्स नेसनल पार्टीका नेता माइकल मैनले र उनका राजनीतिक विरोधी जमैका लेबर पार्टीका नेता एडवर्ड सिगा थिए । मञ्चमै उनले एकअर्कालाई हात मिलाउन आग्रह गर्दै गीत गाए । सबै जनताको साथ थियो मार्लेलाई । अन्ततः मार्लेको अनुरोध गीतबाट उनीहरू दुवैले हात मिलाएर शान्तिको सन्देश पनि दिए । ‘सरवाइवल’, ‘जिम्बाब्वे’, ‘अफ्रिका युनाइट’, ‘वेक अप एंड लिव’ जस्ता उनका चुनौतीपूर्ण र राजनीतिक आवेशपूर्ण गीति एल्बमले गीतमा रंगभेदप्रति निकै बोलेका थिए । त्यतिले पनि नपुगेपछि रंगभेदबारे उनको अभिव्यक्ति ‘वार’मा मुखरित भएको थियो । उनी एक ठाउँका मात्र भएनन्, विश्वका संगीतको क्षेत्रबाट राजनीतिक र मानवतावादी नेता बनेका थिए । त्यसैले उनलाई जिम्बावे स्वतन्त्रता दिवस समारोहमा पनि विशिष्ट अतिथि बनाइएको थियो । मरणोपरान्त जारी द्वन्द्वमा पनि उनको ‘बफेलो सोल्जर’ हिट बन्यो । उनका रिटा, राबी, जेनेट, लुसी, बेलनविस, सिंडीनामका पत्नीहरूबाट जन्मिएका ११ सन्तानलाई आफ्ना सन्तान भनेर स्वीकार गरेका थिए । अब जोड्न मन लागेको कुरा अर्कै छ । गायक अरुण थापाको ‘ऋतुहरूमा तिमी’ शीर्षक गीत विश्वका उत्कृष्टमध्ये सातौं स्थानमा परेको परिणाम बीबीसी विश्व सेवाले निकालेको बेला विश्वका एक नम्बरमा आयरल्यान्डको थोमस ओ डेभिसले १८४० मा लेखेको ‘अ नेसन टु अगेन’ भन्ने गीत परेको थियो । त्यो गीत वास्तवमा मलाई निक्कै मनपर्नेमध्येको मध्यशीतयुद्धकालीन गीत हो । लेखिएको चार वर्षपछिमात्र प्रकाशित त्यो गीतसँगै हाम्रो ‘ऋतुहरूमा तिमी’ सातौं स्थानमा पर्दा दोस्रो अति लोकप्रिय गीतहरूमा भारतको ‘बन्दे मातरम्’ परेको थियो । अचम्मैलाग्दो गरी विश्वका अति लोकप्रिय गीतमध्ये तेस्रो पाकिस्तानको ‘दिल दिल पाकिस्तान’ पनि स्वदेशगान नै परेको थियो । तर, किन हामीकहाँ त्यस्तो भएन ? किन हाम्रा गीतहरू सिको गर्दा पनि गाउने शैली मात्र सिकोमा परेर निको हुँदैन संगीतले जाति हुने रोग पनि ? हो, त्यस्तो रोग (जातिपाति, छुवाछूत, भेदभाव आदि) नेपालमा पनि त उहिल्यैदेखि छ नि । तर, कुनै हावादारी मार्लेहरूले कहिल्यै जरुरी देखेनन् गीतसंगीतमा मार्लेले जस्तो प्रोटेस्ट गीत बनाउन । प्रोटेस्ट त खाली ‘मलाई त्यही केटी चाहिन्छ,’ ‘ऊ नभए मर्छु’ बाहेक केहीका लागि भएन । यस्तो लाग्छ, अब एउटा मार्ले चाहिन्छ फेरि हामीलाई पनि । जस्ता मार्ले थिए, विभेदविरुद्ध जनतालाई ओराल्ने । र, नेताहरूलाई शान्तिका लागि मिलाउने

No comments:

Post a Comment