Contact us

18+(adult) only click here

Saturday, October 17, 2015

बोक्न पनि सकिने विश्वको सबैभन्दा सानाे कार ....पढ्नुहोस मूल्य कति हो र कस्तो छ !!

पील पी ५०’ नामको कारलाई संसारकै सबैभन्दा सानो कार मानिएको छ। यो कारको लम्बाइ ५४ इन्च र चौडाइ ४१ इन्च मात्र रहेको छ। ‘पील पी ५०’ मा एउटा हेडलाइट र एक ढोका मात्र रहेको छ। यो सानो कार सबैभन्दा पहिले सन् १९६२ मा बनाइएको थियो तर १९६४ मै यसको उत्पादन रोकिएको बताइएको छ। केही समयपछि यसको उत्पादन पुनः सुरु गरिएको बताइएको छ। यो कारमा अटोमेटिक गियरबक्सका साथमा इन्डिपेन्डेन्ट सस्पेन्सन र अल ह्विल ब्रेकिङ जस्ता सुविधा पनि रहेको छ। यो सानो कारमा यति मात्र नभएर इलेक्ट्रिक विन्डस्क्रिन वाइपर, विन्डस्क्रिन वाशर र लेदरका सिटहरु पनि रहेका छन्। यो कारको तौल ५९ केजीदेखि ११० केजीसम्म रहेको बताइएको छ। यसलाई चाहेमा मानिसले बाेक्न पनि सक्ने छन्। निलो, सेतो, रातो, वैजनी र पहेँलो गरी ५ रंगमा उपलब्ध यो सानो कार पेट्रोल र इलेक्ट्रिक दुवै इन्जिनमा उपलब्ध छ। कारको पट्रोल संस्करणको उच्च गति करिब ४५ किमी प्रतिघण्टा र इलेक्ट्रिकको ५० किमी प्रतिघण्टा रहेको बताइएको छ। यो कार यति सानो भएपनि सस्तो भने पक्कै छैन। यसको मूल्य करिब २३ लाख रुपैयाँ रहेको बताइएको छ।

No comments:

Post a Comment