Contact us

18+(adult) only click here

Thursday, October 15, 2015

फेरि झुक्यायो भारतले....बोलाएर दिएन तेल...नेपाली ट्यांकर जिल्ल

नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो,‘चाहिएजति पेट्रोलियम पदार्थ लिन आउनू ।’ स्टकसमेत रित्तिएर आकुलव्याकुल बनेको निगमका उच्च अधिकारी आइओसीको फोनबाट हौसिए र तुरुन्तै १ सय ७२ वटा ट्यांकर भारतका विभिन्न नाकास्थित डिपोमा तेल भर्न पठाए । परिस्थिति भने त्यसको ठीक उल्टो भयो ।आइओसीले तेल दिन ठाडै अस्वीकार गरिदियो । भारतीय पम्पले तेल दिन मानेन ।
हाम्रा ट्यांकर पुगेर पेट्रोलियम पदार्थ माग्दा आइओसीले ठाडै अस्वीकार गरिदियो,’ निगम उच्चस्रोतले भन्यो, ‘यसअघि एकपटक यस्तै धोका पाए पनि अब त त्यसो नहोला भन्ने विश्वास गरेका थियौं तर भारतले पुरानै रवैया दोहोर्या’यो। यो हेपाइको पराकाष्ठा हो। यसमा सरकार बोल्नुपर्छ।’ बुधबार त झन् एक थोपै तेल दिएन आइओसीले। फेरि यस्तो किन? स्रोतका अनुसार बुधबार निगमका उच्च अधिकारीले पटक–पटक फोन गरे तर उता टेलिफोनै उठाइएन। आजको नागरिकमा खबर छ ।

No comments:

Post a Comment