Contact us

18+(adult) only click here

Thursday, March 8, 2018


व्यवसायीका कुरा
                              


व्यवसायको क्षेत्रमा छोटो अवधिमा भिजेका तथा सफल व्यापारी दिनेश भट्टराई असल व्यक्तित्वका धनि हुन् भन्दा अन्याय नहोला | सानो उमेरमा नै बिभिन्न अनुभव बटूलेका उनि विभिन्न संघ सस्था सग आबद्ध पनी छन | ग्रिल तथा स्टील व्यवसाय महासघ मातहत मा रहेको शंखमूल बुद्धनगर समितिको सचिव समेत रहेका ऊनि हाल आएर Real State (घर जग्गा)  कारोबारमा पनी संलग्न छन | ऊनि सग हाम्रा सम्वादाताले गरिएको सीधा ५ प्रश्न :    
व्यवसायी दिनेश सग सीधा ५ प्रश्न
१.      व्यवसाय के हो ?
:- यो एउटा channel (माध्यम)  हो, जस्तो की कुनै सामान उत्पादन, भण्डारण, बितरण र अन्त्यमा अन्तिम उपभोक्तामा पुग्छ जसलाई सहजीकरण गर्न व्यवसायले सहजता गर्दछ | चाहे जुनसुकै व्यवसाय किन नहोस | व्यवसाय यस्तो चीज हो जसले तपाईको चै सबै मानिस लाई Direct अथवा Indirect रोजगारी प्रदान गर्दछ | कुनै पनी देशको मूल अर्थतंत्र त्यो देशको व्यवसायमा नै निहित हुन्छ | व्यवसाय असीमित हुन्छ तर व्यवसाय बैधानिक चै हुनुपर्छ |
                             

२.      व्यवसाय सफल हुन के गर्नु पर्छ ?
:- अ यो एउटा जटिल प्रश्न, सुरुमा business कसरी गर्नी, कुन गर्नी, र कस्तो प्रकारको गर्नी भन्ने कुराको ख्याल हुनु जरुरी छ त्यसको लागी research आवश्यक छ | After than, business success  गर्नलाई लगन, संकल्प, समय र दक्षजनशक्तिको आवश्यक पर्दछ | समय परिश्थिति र उपभोक्ता को माग अनुसार business लाई  modify गर्न पनी जान्नु पर्दछ | समयको र उपभोक्ताको माग के हो बुझीसकेपछि त्यही अनुसार चले पछि कसो success  नहोला ? (मन्द मुस्कान)
                                 

३.      व्यवसाय को चुनौती ?
:- गंभीर कुरा गर्नु भो, व्यवसायको main चुनौती भनेको अस्वस्थ प्रतिश्प्रधा हो |
जब सम्म प्रतिश्पर्धा स्वश्थ हुदैन तब सम्म चुनौती कहिले समाप्त हुन्न | अर्को चुनौती राजनीतिक परिश्थिति पनी हो | नेपालमा जून पनी राजनितिक पार्टीले आफ्नो सरकार भएको बेलामा आफ्नो अनुकूल नियम बनाउने त्यसले गर्दा स्थायीत्व एन कानून नहुदा समस्या देखिएको छ |
                                 

४.      तपाईहरुको महासघको महाधिबेशन निकट भविष्यमा हुदैछ तपाईको समितिको समर्थन कसलाई हुन्छ ?
:- हाहाहा, समर्थन कसलाई दिने भन्नु भन्दा पनि कसले संगठनलाई अझ strong तरिकाले लैजान्छ व्यवसायीको हक़ हित तथा संरक्षण गर्छ त्यसलाई समर्थन गर्नी हो | हाम्रो मात्र यस्तो संघ, महासंघ छ जहा आज सम्म सर्वसम्मतमा नै नेतृत्व वर्ग चुनियेका छन | सायद यो पाली पनी सर्वसम्मत नै हुन्छ भन्ने मलाई लागेको छ |
५.      अन्त्यमा अबको भावी योजना...
:- हाम्रो मातहतमा रहेका अबैध रुपमा खोलेका व्यवसायलाई निश्चित कानूनको दायरमा समेटने, दर्ता भएका व्यवसायी को नवीकरणको लागी सम्बंधित कागजपत्रहरु संकलन गर्नी, नया दर्ताको लागी तथा नियमीत बैठक आव्हान गर्नी भन्ने योजना छ | 
                            

 

1 comment:

  1. If you are looking for a heating and air conditioning company in the Tulsa County area, Our professional technicians can help you select, install, and maintain equipment to assure efficiency, reliability, and comfort over the lifetime of your products
    ダイワハウスの口コミ

    ReplyDelete