व्यवसाय क्षेत्रमा दिनेश भट्टराई नौलो नाम भने होइन, वाणिज्य संकायमा स्नातक गरेका सानै उमेरदेखि बिभिन्न पेशा तथा जागीर गरी भिन्न भिन्न अनुभव बटूलेका ऊनि विगत ३ बर्ष देखि निरंतर रुपमा ग्रिल तथा स्टील व्यवसायमा पेशामा लागिरहेका छन | पारिवारिक पृष्ठभूमि जागीरे भएपनि उनले चै व्ययसाय लाई नै अगालेका हुन | हुन त ऊनि आफै पनी एक समय वित्तीय क्षेत्रका जागीरे हुन | विगतमा कम्युनिकेशन कर्नर, ड्राईभिंग स्कूल, वित्तीय क्षेत्रमा जागीर तथा हार्डवेयर सञ्चालन गरेका उनमा सबै किसिमको अनुभव छ | ग्रिल तथा स्टील व्यवसाय संघ काठमान्डौ जिल्ला, शंखमूल बुदनगर समितिको सचिव समेत रहेका दिनेश व्यवसायी हक़ हित का निम्ति निरंतर लागी परेका छन | उधमी सगको कुरा
बिभिन्न सहकारी साथै राष्ट्रीय संघ संस्थामा आवद्ध रहेका ऊनि कर्मठ तथा इमान्दार व्यक्ति हुन भन्दा फरक नपर्ला | !! उनमा एक किसिमको जोस जागर हनुका साथै नेपाल मै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण पाइन्छ |
प्रश्न : यो पेशामा कसरी आउनु भयो ? दिनेश : मेरो घर परिवार मा व्यवसाय कसैले नि गरेको होइन मेरो हजुरबुबा जागीरे मेरो बुवा नि जागीरे काका सबै जागीरे एक किसिमको पारिवारिक जागीरे माहोल तर मलाई किन किन जागीर तीर खासै ध्यान गएन मलाई चाही व्यापार गर्न चाहना थियो त्यही सिलसिलामा +२ सकेर २०६१ साल तीर ललितपुर स्थित कम्युनिकेशन कर्नर र ड्राईभिंग स्कूल सञ्चालन गरे | पढ़ाईलाई पनी सग सगै लानु पर्ने भएको हुनाले मैले उक्त व्यवसाय छाडेर पढाईलाई नै रोजे | बिबिएस अध्ययन गर्दा गर्दै एउटा राष्ट्रीय स्तरको नाम चलेको वित्त क्षेत्रमा जागीर गरे तर किन किन मलाई जागीर मन परेन र छाडे र त्यसै विचमा मैले मेरो जन्म दिने आमालाई अल्पायुमा गुमाउन पुगे | जून हाम्रो लागी एकदम पीड़ादायक बन्यो अनि मैले त्यो पिडा भुलाउना आमाको नाममा झापा दमकमा न्यू लक्ष्मी सप्लायर्स नाम राखेर हार्डवेयर सञ्चालन गरे | त्यही परिवेश र पीड़ामा गुज्रिन हामीलाई धेरै सकस भयो र अंतत: बसाईसरि काठामांडू आइयो पीड़ा त जहा गए नि कम हुन्न तर परिवेश फेरिएपछि अलिक सजिलो भयो | यता आए पछि केही त गर्नु परो भनेर कुदिरहेका वेला मेरो आदरणीय दाजू भक्त बहादुर पौडेल सग भेट भयो जो मेरो लागी आदरणीय हुनुहुन्छ | उहा सगको भेट ले मलाई छुट्टै उर्जा पैदा भयो र धेरै दिन छलफल गरेर यो पेशामा हामी लागीम
प्रश्न : यो पेशा सम्बन्धी केहि ज्ञान थियो त ? दिनेश : अब हेर्नुस मान्छे जन्मदै जानेर आको हुन्न विस्तारै सिक्दै जाने हो अनुभवले, मलाई नि यो पेशामा आउदा केहि ज्ञान थिएन तर आत्माबिश्वास थियो की गर्न सकिन्छ र आज त्यसैको प्रतिफल जस्तो लग्छ |
प्रश्न : यो पेशामा कती सन्तुष्ट हुनुहुन्छ त? दिनेश : अ सन्तुष्ट छू | मानीस जे काम गर्छ त्यसमा सन्तुष्ट हुन रमाउन जान्नु पर्छ नत्र त्यो काम प्रती निराशा पैदा हुन्छ र कहिले सुखी हुदैन |
प्रश्न : यो पेशाको समस्या ? दिनेश : समस्या धेरै छन जस्तो की हामी सग दक्ष जनशक्ति कामदार नहुनु भन्नुको मतलव काम नजनेका लाई सिकायो काम जनि सकेपछि बिदेश जाने, अर्को छ हामी व्यवसायी विच नै अस्वश्थ प्रतिश्पर्धा जस्तै महासंघको मूल्यसूचि अनुसार कही पनी काम नहुनु र्को मुख्य समस्या भनेको सुरक्षाका साधन कामदारले नापनाउदा चोटपटक लाग्ने साथै मृत्यु समेत भएको हामी सग उदहारण छन |
-------अन्त्यमा केही भन्नु छ भने दिनेश : मलाई यो क्षेत्रमा साथ दिने मेरो आदरणीय दाजू भक्त बहादुर पौडेल तथा गोपाल दाहल, विमल नेपाल, पूर्ण बहादुर गोतामे, आशिस लामा साथै महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल प्रती हार्दिक कृतज्ञता दिन चाहन्छु र आगामी दिनमा पनी उहाहरुको सदाचार्यको अपेक्षा गर्दछु | सम्भवत: यो पेशाका कान्छा व्यवसायी उनको अवको भावी योजना भनेको अरु पनी उत्पादनमूलक काम गर्ने र बेदिशिने युवालाई नेपाल मै अवसरको सृजना गर्ने हो यस विषयमा ऊनि अहिले विचार विमर्श गरिरहेका छन |
No comments:
Post a Comment