चीनले अनुदानमा दिन लागेको पहिलो लटको पेट्रोल लिन आइतबार साँझसम्ममा काठमाडौं आइपुग्ने भएको छ ।
आज अपरान्ह तेल बोकेर हिँडेका ट्यांकरहरु भोलि साँझसम्ममा काठमाडौं आइपुग्ने नेपाल आयल निगमले जनाएको छ । साँझ टिमुरेमा आएर बास बस्ने र भोलि बिहान ट्यांकरहरु त्यहाँबाट हिड्ने डिएसपी अबदेश विष्टले जानकारी दिए । १२ बटा ट्यांकरहरु २ बजेदेखि नै काठमाडौं भित्रिन शुरु हुने उनले बताए।
१२ हजार लिटर पेट्रोल बोक्न सक्ने १२ वटै ट्यांकर हिजो त्यसतर्फ गएका थिए । साँझ रसुवागढी पुगेका ट्यांकर बिहानमात्र केरुङ प्रस्थान गरेका छन् । चीनले एक कार्यक्रम गरी तेल हस्तान्तरण गर्न लागेको बिष्टले बताए ।
चीनले दिने अनुदानको पेट्रोल पहिलो लटमा १ लाख ४० हजार लिटर अर्थात १ सय टन पेट्रोल आउने भएको हो।साथै पेट्रोल कसरि,कति कहाँ बाड्ने निर्णय पनि चाडै गरेर इन्धन अभाव सहज पार्न माग गरेका छन् ! इन्धन उपत्यकामा वितरण हुने र पम्पहरुमा सर्बसाधारणलाई दिने निगमले जनाएको छ
No comments:
Post a Comment