काठमाण्डु, २२ कात्तिक– संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै तीन महिनादेखि मधेस केन्द्रीत आन्दोलन गरेका मधेसी नेताहरु आफैंले नेतृत्व गरेको आन्दोलनबाट असुरक्षित हुन थालेका छन् ।
तराईका विभिन्न जिल्लामा रहेका नाकामा अवरोध गर्दै आएका मधेसकेन्द्रित दलका नेताहरूलेअसुरक्षित महसुस गर्न थालेपछि प्रहरीले कडा सुरक्षा दिन थालेको छ । आन्दोलनकारीबाटै नेताहरू निसानामा पर्न सक्ने सूचना र सामाजिक सद्भाव नभड्कियोस् भन्दै प्रहरीले मधेसकेन्द्रीत सबै दलका नेतालाई कडा सुरक्षा दिन थालेको हो ।
नाकाबन्दी आन्दोलन गरी जनतालाई सास्ती दिने तर आफू भने निर्वाध सवारी साधनमा हिँड्न थालेको भन्दै आन्दोलनकारीले नै निसाना बनाउन थालेपछि प्रहरीले नेता र उनीहरुका आवासकोसमेत सुरक्षा दिएको छ ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसवादी दलका उच्च नेतामाथि सुरक्षा खतरा रहेको विश्लेषण सहित प्रहरीले उनीहरूको सुरक्षा बढाएको हो ।
only 18+ adult click here>>>>>>>>>>
No comments:
Post a Comment