काठमाडौं । इथ्यानल उद्योग, ल्याव र इन्धनको रुपमा गाडि गुडाउन प्रयोग गरिन्छ । इथ्यानल उर्जाको प्रर्यावाची शब्द भई सकेको छ । यसको उत्पादन गर्न चाहिने कच्चा पदार्थ छोटकरीमा तल वर्णन गरिएको छ ।
१) चिनीयुक्त वालीहरु : – जस्तै उखु, इथ्यानल बनाउन प्रयोग गरिन्छ । चिनीको जुसमा १२ प्रतिशत फर्मान्टेवल चिनी पाईन्छ र सिधैं इथ्यानल बनाउन प्रयोग गरिन्छ । उखु पेलेर बाँकि रहेको छोक्रा (ःयबिककभक) पनि इथ्यानल बनाउन प्रयोग गरिन्छ । ब्राजिलले उखुबाट इथ्यानल बनाईरहेको छ ।
२) खाद्यान्न बालीहरु : – जस्तै मकै, गहुँ, कोदोहरुमा ६०–७५ प्रतिशत स्टार्च हुन्छ । यिनीहरुबाट पनि इथ्यानल बनाउन सकिन्छ । अमेरिकाले मकैबाट इथ्यानल बनाईरहेको छ ।
३) सेलुलोज भएका बस्तुहरु :– यिनीहरु हाम्रो वरिपरी धेरै मात्रामा जङ्गलबाट उत्पादित बस्तुहरु हुन । जस्तै : पराल, काठको धूलो, कागज आदि । यिनीहरुको प्रयोग गरेर पनि इथ्यानल बनाउन सकिन्छ तर यिनीहरुको प्रयोग गर्दा माथिको एक र दुई तरिका जस्तो सजिलो हुँदैन ।
४) अन्य वोटविरुवाहरु :– जस्तै तरुल, आलु, जुनेलो आदिबाट पनि इथ्यानल निकाल्न सकिन्छ किनकी यिनीहरुमा पनि स्टार्च हुन्छ ।
सामान्यतया १०० ग्राम ग्लुकोज प्रयोग गर्दा स्याकारोमाइसिस सेरेभेसीले ४५–४९ ग्राम सम्म इथ्यानल उत्पादन गर्न सक्छ । नाइट्रोजको स्रोतको रुपमा एमोनियम सल्फेट र फस्फोरसको रुपमा फस्फोरिक एसिड हालिन्छ । फर्मान्टेसनको बेलामा तापक्रम ३२–३५ डिग्रीसेल्सिएस र पि एच ४.५ देखि ५.० राखिन्छ । फरमान्टेसन ब्याच तरिकाले गरिन्थ्यो तर आजकाल निरन्तर प्रक्रिया (ऋयलतष्लगभक एचयअभकक) बाट पनि इथ्यान निकालीन्छ । शुद्ध इथ्यानल प्राप्त गर्न सेन्टिफिकेसन वा सेडिमेन्टेसन र डिस्टिलेसन विधि प्रयोग गरिन्छ ।
अतः नेपालमा गुलियो विरुवाको खोजी गरी त्यस विरुवाको उत्पादनमा ध्यान दिएर प्रशस्त मात्रामा इथ्यानलको उत्पादनमा वृद्धि गराउन सकिन्छ । साथै धेरै उत्पादन गराउने व्याक्टेरिया वा यिस्ट खोजी गरी उत्पादन बढाउन सकिन्छ । यिनीहरु प्रयोग गरी नेपालमै वायोइन्धन बनाउन सकिन्छ
only adult 18+ click here>>>>>>>>>>>>>>>>>>>>>
No comments:
Post a Comment