Contact us

18+(adult) only click here

Friday, November 6, 2015

हाम्रो नेताहरुले कति पढेका छन् थाहा छ ? पढ्नुहोस हाम्रो नेताज्यु को पढाई .........

कुन नेताले कति पढे ?

सबैभन्दा पुरानो दल कांग्रेसमा स्नातकोत्तर अध्ययन गरेका नेताहरुको वाहुल्यता रहेको छ भने मूलधारको कान्छो दल एकिकृत माओवादीमा सात जना मात्र छन। माओवादीमा पोलिटव्यूरोमा स्नातकसम्मको अध्ययन गरेका नेताहरुको बहुमत छ। एमालेमा २७ जनाले स्नातकोत्तर गरेका छन।
६० सदसीय केन्द्रीय समितिमा स्नातकोत्तर अध्ययन गरेका नेताहरुको बुहमत रहेको छ। स्नाकोत्तर गर्ने कांग्रेसमा ३४ जना छन् भने १२जना स्नातक अध्ययन गरेका छन। कांग्रेसमा पि एचडी तीन सहित पा“च जना डाक्टहरु रहेका छन। चार जना एस एल सी छन भने तीन जना प्रमाणपत्र छन्। एक/एक जना साक्षयर र स्वअध्ययन छन।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले  आई ए सम्मको अध्ययन गरेका छन् भने ,नेता कृष्णप्रसाद भट्टराई एम ए, वरिष्ठ नेताशेरबहादुर देउवा एम ए, बी एल गरेका छन। संसदीय दलका नेता एबं उपभापति रामचन्द्र पौडेल एम ए, उपसभापतिहरु प्रकाशमान सिंह एम एस्सी, गोपालमान श्रेष्ठ  बि ए, महामन्त्रीद्धय  कुलबहादुर गुरुङ  बि ए र बिमलेन्द्र निधिले एम ए अध्ययन गरेका छन्। पार्टीको जेष्ठ केन्द्रीय सदस्य बलबहादुर राई मात्र साक्षर छन।
 कांग्रेसमा पि एचडी सहित पा“च जना डाक्टहरुमा रामशरण महत  , मीनेन्द्र रिजाल , प्रकाशशरण महत, शेखर कोइराला र  शशांक कोइराला  रहेका छन।
त्यस्तै ३४स्नातकोत्तरहरुमा भट्टराई ,शेरबहादुर देउवा,्र पौडेल , सिंह, निधि,अजुर्ननरसिंह केसी, सुप्रभा घिमिरे,अमरराज कैनी,लक्ष्मणप्रसद घिमिरे,शिवचन्द्र मिश्र,चिरञ्जीवी वाग्ले,चक्रप्रसाद बास्तोला,मानबहादुर विक,गोविन्दराज जोशी र प्रदीप गिरी रहेका छन।
त्यस्तै विनयध्वज चन्द,दिलबहादुर घर्ती,बलदेव शर्मा मजगैंया,बलबहादुर केसी ,दिलेन्द्रप्रसाद बडु,महेस आर्चाय,नरहरि आचार्य,उमा अधिकारी, जिपछिरिङ लामा, पूर्णबहादुर खड्का,ज्ञानेन्द्र कार्की, अर्जुनप्रसाद जोसी, बालकृष्ण खा“ण, एनपी साउद, मनमोहन भट्टराई, चित्रलेखा यादव, जीवनबहादुर शाही, महालक्ष्मी उपाध्याय र उमाकान्त चौधरी रहेका छन।
त्यस्तै स्नातक गर्ने १२मा महामन्त्री गुरुङ,श्यामलाल श्रेष्ठ,रामकृष्ण ताम्राकार,गोपाल पहाडी,गोपालमान श्रेष्ठ ,सुनिलकुमार भण्डारी ,कृष्णप्रसाद सिटौला,दीपकुमार उपाध्याय,खुमबहादुर खड्का,मीना पाण्डे,दिनबुनधु श्रेष्ठ र भीष्मराज आङ्दम्बे रहेका छन।
प्रमाणपत्र अध्ययन गरेका तीनमा सभापति कोइराला ,पूर्णकुमार शेर्मा  र सुजाता कोइराला रहेका छन।
एसएलसीसम्म अध्ययन गरेकाहरुमा भिमबहादुर तामाङ,इन्द्रबहादुर गुरुङ ,पदनारायण चौधरी र फर्मुल्लाह मन्सुर छन।
कार्यावाहक सभापति सुशीले स्वअध्ययन गरेका हुन भने राई  साक्षर मात्र छन। कांग्रेसका देउवा, वाग्ले सिटौला, सहमहामन्त्री केसी,पहाडी,कैनी, जोसीलगायतका नेताहरुले दुई देखि तीन वटा विषयमा स्नातक गरेका छन।
एमालेको ८६ पूर्ण सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिव युवराज ज्ञवालीसहित २४ जनाले स्नातकसम्मको अध्ययन पुरा गरेका छन् भने उपाध्यक्ष बामदेव गौतम, नेता केपी शर्मा ओली र सचिव विष्णु पौडेलसहित १३ जनाले एसएल्सी मात्र उत्तिर्ण गरेका छन्। उपाध्यक्ष अशोक राई र सचिव शंकर पोखरेलसहित एमालेका २७ जना केन्द्रीय नेताहरुले विभिन्न विषयमा स्नातकोत्तरसम्मको पढाई पुरा गरेका छन्।
यस्तै उपाध्यक्ष बिद्या भण्डारीसहित १८ केन्द्रीय नेताहरुले आइए पास गरेका छन् भने १० कक्षा मात्र उत्तिर्ण गर्ने एक र औपचारिक शिक्षा नै लिन नपाएका एक केन्द्रीय सदस्य एमालेमा छन्।
स्नातक तहको बीए अध्ययन गर्नेमा एमाले अध्यक्ष झलनाथ खनाल, सचिव युवराज ज्ञवाली, सदस्यहरु केशब बडाल, प्रदीप नेपाल, रवीन्द्र श्रेष्ठ, काशीनाथ अधिकारी, वाचस्पति देवकोटा, नरेश खरेल, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित छन््। यस्तै बीकम पास गर्नेमा वरिष्ठ नेता माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, विष्णु रिमाल र गुरु बराल छन्। बीएड् गर्नेमा महासचिव इश्वर पोखरेल, सदस्यहरु पशुपति चौलागाई र भानुभक्त जोशी छन्। बीएल गर्ने एमाले केन्द्रीय सदस्यहरुमा अग्नी खरेल, डिल्लीबहादुर महत र धर्मनाथप्रसाद साह छन्। केन्द्रीय सदस्यहरु पृथ्वी सुब्बा गुरुङले बीएससी गरेका छन् भने रघुवीर महासेठले बीई र रकम चेमजो्रले बीटेक गरेका छन्।
एसएलसी मात्र उत्तिर्ण गर्नेहरुमा उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णु पौडेल, नेता केपी शर्मा ओली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, प्रदीप ज्ञवाली, देवीप्रसाद ज्ञवाली, झिल्लुप्रसाद तिवारी, दलबहादुर रानामगर, विनोद श्रेष्ठ, गौरा कोइराला, गङगादेवी डा“गी र सत्यनारायण मण्डल रहेका छन्।
स्नातकोत्तर सरहको अध्ययन गर्ने एमाले नेताहरुमा उपाध्यक्ष अशोक राई, सचिव शंकर पोखरेल, सदस्यहरु भरतमोहन अधिकारी, भीम रावल उर्मिला अर्याल, रामचन्द्र झा, घनश्याम भुसाल, सहाना प्रधान, गोकर्ण बिष्ट, महेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, अरुण नेपाल, बिन्दा पाण्डे, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, भानुभक्त ढकाल, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, राजेन्द्र गौतम, जगन्नाथ खतिवडा, खगराज अधिकारी, प्रकाश ज्वाला, कर्णबहादुर थापा  बिजय सुब्बा, गङगालाल तुलाधर, राधा ज्ञवाली र जयन्ती राइ छन्।
प्रमाणपत्र तहसम्म अध्ययन गर्ने एमाले नेताहरुमा आइए तह उत्तिर्ण गरेकी उपाध्यक्ष बिद्या भण्डारी, सदस्य तुलबहादुर गुरु्रङ, केशव देवकोटा, देवराज भार, उर्वादत्त पन्त, महमुद आलम, रामप्रित पासवान, जितु गौतम दर्जी, श्रीमाया थकाली, थममाया थापा, कल्याणी खड्का, टुका हमाल र रामचन्द्र यादव छन्। यस्तै सोही तहको आइकम अध्ययन गर्ने एमाले केन्द्रीय सदस्यमा गणेश तिमल्सिना छन् भने किरण गुरुङ, नेत्र पन्थी र परशुराम मेघी गुरुङले आइएस्सीसम्म अध्ययन गरेका छन्। यस्तै मुकुन्द न्यौपानेले प्रथमा (संस्कृत) सम्मको अध्ययन गरेका छन्।
केन्द्रीय सदस्यहरु बंशीधर मिश्र एमबीबीएस डाक्टर हुन् भने बिजय पौडेलले  पीएचडीसम्मको अध्ययन गरेका छन्।  केन्द्रीय सदस्य ललितकुमार बस्नेतंले कक्षा १० उत्तिर्ण गरेका छन् भने बीरवहादुर लामाले औपचारिक शिक्षा लिएका छैनन्। लामा साधारण लेखपढ मात्रै गर्छन्।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डस“गै उनको पाटीृको पोलिटव्यूरोमा स्नातकसम्मको अध्ययन गरेका नेताहरुको बहुमत छ।एकीकृत माओवादीको ४४ सदस्यीय पोलिटव्यूरोमा २३ जना  स्नातक तह उत्तीर्ण गरेका नेता छन्। सात जना स्नातकोत्तर उतीर्ण र ६ जना प्रमाणपत्र तह सम्मको अध्ययन गरेका नेता छन्। ८ जना नेता एसएलसी सम्मको अध्ययन गरेका मात्र छन्।

स्नातक.२३
म्ााओवादीका अध्यक्ष प्रचण्डले कृषिविज्ञानमा स्नातक गरेका छन्। २०२६ सालमा एसएलसी गरेका प्रचण्डले रामपुर कृषि क्याम्पसवाट आइएस्सी र विएएस्सीएजी गरेका थिए।

म्ााओवादी सचिव चन्द्रप्रसाद गजुरेल गौरवले त्रिचन्द्र क्यामपसवाट विएएस्सीसम्मको अध्यन गरेका छन्। उनले २०२१ सालमा कमला मावि सिन्धुलीवाट एसएलसी उत्तीर्ण गरेका थिए।
त्यस्तै अर्धाखा“चीको सदरमुकाम सन्धीखर्कको जनज्योति माविबाट २०३४ सालमा एसएलसी गरेका माओवादी सचिवालय सदस्य टोप बहादुर रायमाझीले अमृत साइन्स क्याम्पसबाट बिएएस्सी गरेका छन्।  तनहु“को फर्कोदय माविबाट २०२८ मा दोस्रो श्रेणीमा एसएलसी गरेका माओवादी नेता इन्द्रमोहन सिग्देलले  २०३२ सालमा त्रिचन्द्र क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेका थिए। २०३३ मा कोलोम्बो प्लान अन्तगर्त भारतको कोलकत्ताबाट २०३८ सालमा सिभिल इन्जिनियरिङमा स्नातक पास गरेका छन्।   सिन्धुलीको कमलाहाइस्कूलबाट एसएलसी गरेका माओवादी पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले शंकरदेव व्याम्पसबाट बिकम गरेका छन्।   अर्का पोलिटव्यूरो सदस्य अग्निप्रसाद सापकोटाले २०३१ सालमा चौताराको श्रीकृष्ष्ण माविबाट एसएलसी गरे र अर्थशास्त्र र नेपालीमा  स्नातक सम्मको अध्ययन गरेका छन्।

म्ाओवादी सचिवालय सदस्य एवम विदेश विभाग प्रमुख कृष्णबहादुर महरा बालकल्याण मावि लिवाङबाट एसएलसी गरेका थिए पछि आईएस्सी  र बिएड सम्म गरे उनले।   माओवादीका अर्का पोलिटव्यूरो सदस्य लेखराज भट्टले त्रिभुवन आर्दश मावि फर्फिङबाट एसएलसी गरेका थिए। पछि उनले  कानुपुर विश्वबिद्यालयबाट राजनीतिशास्त्र र प्राचीन भारतको इतिहास स्नातक सम्मको अध्धयन गरे।

म्ाओवादीका महासचिव रामबहादुर थापा बादल ले चितवनको शारदा माविबाट २०३१ मा एसएलसी गरेका थिउ। रामपुर क्याम्पसबाट आईएस्सीएजी सकेका उनले मस्कोको लुमुम्वा विश्वबिद्यालयबाट बालीबिज्ञानमा स्नातक  सम्म गर्न भ्याएका छन्।  २०३५ सालमा पोखराको राष्ट्रिय माविबाट एसएलसी पछि पुल्चोक इन्विनियरिङ क्याम्पसबाट सिभिल ओभरसियर गरेका माओवादी सचिवालय सदस्य देव गुरुङले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक गरेका छन्।
 २०३६ सालमा अर्धाखा“चीको सदरमुकाम सन्धिखर्कबाट एसएलसी उत्तीर्ण गरेकी माओवादी पोलिटव्यूरो सदस्य पम्फा भुसाल ले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिलमा प्रमाणपत्र तह उत्तीर्ण गरेकी छिन भने त्रिभुवन विश्वविद्यलायबाट शिक्षाशास्त्रमा स्नातक  गरेकी छिन्। माओवादीका अर्का पोलिटव्यूरो सदस्य हितमान शाक्यले बाग्लुङ बिद्यामन्दिरबाट एसएलसी गरे भने महेन्द्र क्याम्पसवाट स्नातकसम्मको अध्ध्यन गरेका छन्। माओवादीका अर्का पोलिटव्युरो सदस्य देबेन्द्र पौडेलले आइकम/ आइए र त्यसपछि बिएड सम्मको अध्ययन गरेका छन्।  माओवादीकी अर्की महिला नेतृ हिसिला यमीले भारतको कानपुरवाट एसएलसी गरिन र दिल्लीवाट बि आर्किटेक्चर (इन्जिनियरिङग) गरेक िछिन्।  त्रिभुवन जनात मावि खलङ्गा एसएलसी गरेका माओवादीका पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वलीले २०४५ स्नातक गरेका छन्। २०४३ सालमा एसएलसी गरेका माओवादी  सचिवालय सदस्य नेत्र बिक्रम चन्दले बिएल सम्मको अध्यय्न गरेका छन्। अर्का सचिवलाय सदस्य बर्षमान पुन अनन्तले पनि २०४४ मा एसएलसी गरी बिएल सम्मको अध्धयन गरेका छन्।
पोलिटव्यूरो सदस्य धर्मेन्द्र वास्तोलाले २०४५ मा विए गरेका थिए।   कार्यलय सचिव रहेका माओवादी पोलिटव्यूरो सदस्य शक्त्ति बहादुर बस्नेतले त्रिभुवन माविबाट २०४४ मा एसएलसी गरेका थिए। पछि उनले राजनीतिशास्त्रमा स्नातक सम्मको अध्धयन गर्न भ्याएका थिए।  माओवादीका सचिवालय सदस्य लिलामणी पोखरेलले भूगोलमा स्नातक गरेका छन्। अर्का नेता तथा सचिवालय सदस्य अमिक शेरचनले विए गरेको उनको बायोडाटामा भेटिन्छ। अर्का पोलिटव्यूरो सदस्य विश्वनाथ साहले पनि विएसम्मको अध्ध्यन गरेका छन्। माओवादी नेता राम कार्मी पनि स्नातक हुन।
स्नातकोत्तर सात जना
माओवादी उपाध्यक्ष बाबुराम भट्ट्राईले प्रचण्डस“गै २०२६ सालमा एसएलसी गरेका थिए। एसएलसीमा गोरखाकै लुईटेल गा“उको माविबाट एसएलसीमा बोर्डफस्ट भएका भट्टराईले अमृत साइन्स कलेजबाट आइएएस्सी गरेका थिए। पछि उनले कोलोम्बो प्लान अन्तगर्त भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङ(बि.आर्किटेक्च) र दिल्लीबाट टाउन प्लानीङ्ग इन्जिनियरिङमा स्नातोकत्तर गरे। पछि उनले …द नेचर अफ अन्डरडेभल्भमेन्ट एन्ड द रिजनल स्टक्चर अफ नेपाल' नामक शोधपत्रमा विद्यावारिधि(पिएचडी) गरेका छन्।माओवादीका अर्का उपाध्यक्ष मोहन वैद्य किरणले नेपाली साहित्यमा स्नातोकत्तोर गरेका छन्। माओवादीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले
जनप्रशासनमा एमए गरेका छन्।

गोरखाकै माओवादी अर्का नेता हितराज पाण्डेले पनि २०२६ सालमा गाईखुर माविबाट एसएलसी गरेका थिए। उनले २०३० महेन्द्ररत्न पब्लिक कलेजबाट आइए,सानो ठिमी क्याम्पस भक्त्तपुरवाट २०३४ मा बिएड र २०३८ मा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।माओवादी पोलिटव्यूरो सदस्य नारायण प्रसाद शर्माले २०३० सालमा द्धितिय श्रेणीमा एसएलसी गरे। २०३५ सालमा भरतपुरको मानविकी क्याम्पसबाट स्नातक गरेका उनले २०४४ मा स्नातकोत्तर सम्म अध्ययन गरे।माओवादीका अर्का नेता गिरीराजमणी पोखरेल व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।माओवादीका अर्का पोलिटव्यूरो सदस्य निनु चापागाईले नेपाली सहित्यमा एमए र सस्कृतिमा शास्त्री गरेका छन्।
प्रमाणपत्र तह छ जना
प्रमाणपत्र सम्मको अध्ययन गर्ने माओवादी नेता पनि छन्। पोलिटव्यूरो सदस्य हरिभक्त क“डेलले त्रिचन्द्र क्याम्पसवाट आइएस्सी गरेका छन्।माओवादीका पोलिटव्यूरो सदस्य भिमप्रसाद गौतम प्रमाणपत्र तह उत्तीर्ण हुन। अर्का माओवादी पोलिटव्यूरो सदस्य लोकेन्द्र बिष्टले २०४५ मा एसएलसी गरी आईएमा भर्ना भए तर राजनीतिमा लागेपछि परीक्षा दिन पाएनन्। माओवादीका पोलिटव्यूरो सदस्य कुल बहादुर केसीले रोल्पा सदरमुकामबाट एसएलसी गरेका थिए भने महेन्द्र बहुमुखी क्याम्पस दाङमा प्रमाण्पत्र तह अध्ययन गर्दा गर्दे छाडेर राजनीतिमा हिडे।माओवादीका अर्का पोलिटव्यूरो सदस्यले खडग बहादुर बिश्वकर्माले  कालीकोटको कालडा“डाबाट एसएलसी गरेर आइएड पढ्न सुर्खेत आए। तर आइएडको ज“ँच दिएनन्।अर्का पोलिटव्यूरो सदस्य सोनाम साथीले पनि  आइएस्सी सम्मको अध्धयन गरेका छन्।
एसएलसी सम्म आठ जना
म्ााओवादीमा एसएलसी सम्म त्यसभन्दा कम अध्ध्यन गरेका नेता पनि छन्। माओवादी स्थायी समिति सदस्य एवम प्रवत्ता दिनानाथ शर्माले
वानारसबाट १९७० मा मेटि्रक गरेका छन्।
माओवादी सचिव पोष्ट बहादुर बोगटी दिवाकरले आठ कक्षा उत्तीर्ण गरेका छन्। गरिवीका कारण पढ्न नपाएको उनको भनाई छ।माओवादीका अर्का नेता जनार्दन शर्मा प्रभाकरले रुकुमकायमुना माविबाट एसएलसी उतीर्ण गरेका छन्।चन्द्रप्रसाद खनाल बलदेव पनि अन्डर एसएलसी सम्मको अध्ययन गर्ने नेतामा पर्छन।त्यसैगरी गोपाल किराती पनि अन्डरएसएलसी सम्मको अध्धयन गर्ने नेतामा पर्छन।
ह्ाल जनसेनाका कमान्डर रहेका माओवादी नेता नन्दकिशोर पुन पासाङले २०४० थवाङवाट एसएलसी गरेको र आइएमा भर्ना भए पनि उतीर्ण गरेका छैनन्।म्ााओवादीका अर्का नेता आहुतिले पनि एसएलसी सम्मको अध्ध्यन गरेका छन्। म्ाओवादीका अर्का पोटिलव्यूरो सदइ दिलबहादुर श्रेष्ठ पनि एसएलसी सम्मको अध्धयन गर्ने नेता रहेको बुझिएको छ।
कांग्रेस
डा.रामशरण महत  पि एचडी,
डा. मीनेन्द्र रिजाल पि एचडी,
डा. प्रकाशशरण महत पि एचडी,
डा.शेखर कोइराला एम ए(चिकित्साशास्त्र)
डा.शशांक कोइराला एम ए(चिकित्साशास्त्र)
कृष्णप्रसाद भट्टराई एम ए,
शेरबहादुर देउवा एम ए, बी एल,
रामचन्द्र पौडेल  एम ए,
प्रकाशमान सिंह एम एस्सी,
बिमलेन्द्र निधि एम ए,
अजुर्ननरसिंह केसी एम ए, बि एल,
सुप्रभा घिमिरे  एम ए,
अमरराज कैनी एम ए, बि एसी , बि एड,
लक्ष्मणप्रसद घिमिरे  एम इ,
शिवचन्द्र मिश्र  एम ए,
चिरञ्जीवी वाग्ले एम ए, बी एल,
चक्रप्रसाद बास्तोला एम ए,
मानबहादुर विक एम एसी,
गोविन्दराज जोशी एम ए, बि एल,बि एड, प्रदीप गिरी एम ए,
विनयध्वज चन्द एम ए,
दिलबहादुर घर्ती एम ए,
बलदेव शर्मा मजगैंया एम ए,
बलबहादुर केसी एम ए,
दिलेन्द्रप्रसाद बडु  एम ए,
महेस आर्चाय एम ए,
नरहरि आचार्य एम ए,
उमा अधिकारी एम ए,
जिपछिरिङ लामा एन ए,
पूर्णबहादुर खड्का एम ए,
ज्ञानेन्द्र कार्की एम ए,
अर्जुनप्रसाद जोसी  एम ए,
बालकृष्ण खा“ण  एम ए,
एनपी साउद एम ए,
मनमोहन भट्टराई  एम ए,
चित्रलेखा यादव एम ए,
जीवनबहादुर शाही एम ए,
महालक्ष्मी उपाध्याय एम ए,
उमाकान्त चौधरी एम ए सी,
कुलबहादुर गुरुङ  बि ए,
श्यामलाल श्रेष्ठ बि ए,
रामकृष्ण ताम्राकार बी कम,
गोपाल पहाडी  बि ए, बि एड,
गोपालमान श्रेष्ठ  बि ए,
सुनिलकुमार भण्डारी बि ए,
कृष्णप्रसाद सिटौला वि.एस्सी, बि एल,
दीपकुमार उपाध्याय  बि ए,
खुमबहादुर खड्का  बि ए,
मीना पाण्डे बि ए,
दिनबुनधु श्रेष्ठ बि कम,
भीष्मराज आङ्दम्बे बी एल,
गिरिजाप्रसाद कोइराला आई ए,
पूर्णकुमार शेर्मा  आई ए,
सुजाता कोइराला आई ए,
भिमबहादुर तामाङ एसएलसी,
इन्द्रबहादुर गुरुङ एसएलसी,
पदनारायण चौधरी एमएसी,
फर्मुल्लाह मन्सुर एस एल सी,
सुशील कोइराला स्वअध्ययन
बलबहादुर राई  साक्षर
 एमाले
बंशीधर मिश्र एमबीबीएस डाक्टर ,
 बिजय पौडेलले  पीएचडी
अशोक राई, स्नातकोत्तर
शंकर पोखरेल, स्नातकोत्तर
भरतमोहन अधिकारी, स्नातकोत्तर
भीम रावल स्नातकोत्तर
उर्मिला अर्याल, स्नातकोत्तर
रामचन्द्र झा, स्नातकोत्तर
घनश्याम भुसाल, स्नातकोत्तर
सहाना प्रधान, स्नातकोत्तर
गोकर्ण बिष्ट, स्नातकोत्तर
 महेन्द्र पाण्डे, स्नातकोत्तर
कृष्णगोपाल श्रेष्ठ, स्नातकोत्तर
 अरुण नेपाल, स्नातकोत्तर
 बिन्दा पाण्डे, स्नातकोत्तर
सुरेन्द्र पाण्डे, स्नातकोत्तर
बेदुराम भुसाल, स्नातकोत्तर
 भानुभक्त ढकाल, स्नातकोत्तर
 राजेन्द्र श्रेष्ठ, स्नातकोत्तर
 योगेश भट्टराई,स्नातकोत्तर
 राजेन्द्र गौतम, स्नातकोत्तर
 जगन्नाथ खतिवडा, स्नातकोत्तर
   खगराज अधिकारी, स्नातकोत्तर
प्रकाश ज्वाला, स्नातकोत्तर
कर्णबहादुर थापा स्नातकोत्तर
 बिजय सुब्बा, स्नातकोत्तर
 गङगालाल तुलाधर, स्नातकोत्तर
राधा ज्ञवाली स्नातकोत्तर
र जयन्ती राइ स्नातकोत्तर
झलनाथ खनाल, बि ए
 युवराज ज्ञवाली, बि ए
केशब बडाल, बि ए
 प्रदीप नेपाल, बि ए
रवीन्द्र श्रेष्ठ, बि ए
 काशीनाथ अधिकारी, बि ए
वाचस्पति देवकोटा, बि ए
 नरेश खरेल, बि ए
नागेन्द्र चौधरी, बि ए
छविलाल विश्वकर्मा बि ए
लालबाबु पण्डित बि ए
माधवकुमार नेपाल बीकम
 राजेन्द्र पाण्डे बीकम
 विष्णु रिमाल बीकम
 गुरु बराल बीकम
इश्वर पोखरेल, बीएड्
पशुपति चौलागाई बीएड्
भानुभक्त जोशी बीएड्
अग्नी खरेल, बीएल
 डिल्लीबहादुर महत बीएल
धर्मनाथप्रसाद साह बीएल
पृथ्वी सुब्बा गुरुङले बीएससी
े रघुवीर महासेठले बीइ
रकम चेमजो्रले बीटेक
 बामदेव गौतम एसएलसी,
विष्णु पौडेल एसएलसी,
केपी शर्मा ओली, एसएलसी
 अष्टलक्ष्मी शाक्य, एसएलसी
 रघुजी पन्त, एसएलसी
प्रदीप ज्ञवाली, एसएलसी
 देवीप्रसाद ज्ञवाली, एसएलसी
 झिल्लुप्रसाद तिवारी, एसएलसी
 दलबहादुर रानामगर, एसएलसी
 विनोद श्रेष्ठ, एसएलसी
 गौरा कोइराला, एसएलसी
 गङगादेवी डा“गी एसएलसी
सत्यनारायण मण्डल एसएलसी
बिद्या भण्डारी, प्रमाणपत्र
तुलबहादुर गुरु्रङ प्रमाणपत्र
, केशव देवकोटा, प्रमाणपत्र
 देवराज भार, प्रमाणपत्र
 उर्वादत्त पन्त, प्रमाणपत्र
महमुद आलम प्रमाणपत्र
, रामप्रित पासवान, प्रमाणपत्र
 जितु गौतम दर्जी, प्रमाणपत्र
श्रीमाया थकाली, प्रमाणपत्र
थममाया थापा, प्रमाणपत्र
 कल्याणी खड्का, प्रमाणपत्र
 टुका हमाल प्रमाणपत्र
रामचन्द्र यादव प्रमाणपत्र
गणेश तिमल्सिना प्रमाणपत्र
े किरण गुरुङ, प्रमाणपत्र
नेत्र पन्थी प्रमाणपत्र प्रमाणपत्र

 परशुराम मेघी गुरुङले प्रमाणपत्र
मुकुन्द न्यौपानेले प्रथमा (संस्कृत)
ललितकुमार बस्नेतंले कक्षा १० उत्तिर्ण
बीरवहादुर लामाले साधारण लेखपढ
४असोज २०६६


only adult click below>>>>>

No comments:

Post a Comment