मधेसी मोर्चाको प्रदर्शन उग्र भएपछि कर्फ्यू
वीरगन्ज : मधेसी दलको उग्र प्रदर्शनका क्रममा वीरगञ्जस्थित मितेरी पुलमा प्रहरीको गोली लागेर मारिएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ ।
समोबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर सीमास्थित शंकराचार्य प्रवेशद्धार नजिकै भारतको रक्सौल नगरपालिकाको टेलिकम कोलोनी निवासी करिब २४ वर्षीय आशीष रामको मृत्यु भएको हो ।
वीरगन्ज–रक्सौल नाकाको नेपाल–भारत सीमाक्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडपका क्रममा भारतकै कलेजमा बिएमा अध्यनरत आफ्ना छोरा मारिएको बुबा अशोक रामले बताए ।
व्याक्तिगत कामले सोमबार बिहान वीरगन्ज आएका आशीष घर फर्कने क्रममा प्रहरीको गोलीबाट मारिएको बुबा अशोकले अन्नपूर्ण पोस्ट्लाई बताए । आशीष सीमामा भइरहेको आन्दोलनमा संलग्न नभएको जिकिर अशोकले गरेका छन् ।
पर्सा प्रहरीले भने मृतक आन्दोलनकारी नै भएको जनाएको छ । मृतकको शव नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ । उनको टाउकोमा गोली लागेको अस्पतालका स्वास्थ्यकर्मी जयमोद ठाकुरले बताए ।
मितेरी पुलमा धर्ना दिएका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रदर्शनकारीहरुले सीमामा खटिएका प्रहरी र इनर्वा प्रहरी चौकी माथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास र गोली चलाएको थियो ।
झडपमा भारतीय युवकको मृत्यु भएपछि स्थानीय प्रशासनले अपरान्ह तीन बजेदेखि अनिश्चितकालीनका लागि कर्फ्यू लगाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क अनुसार वीरगन्जमा अपरान्ह तीन बजे देखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यू आदेश जारी गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
वीरगन्जको शंकराचार्य प्रवेशद्वार देखि पावर हाउस चोकसम्म, राधेमाई चोकदेखि प्रतिमा चोकसम्म तथा ईनर्वा, बाईपास र बसपार्क क्षेत्रको दाया बाया ५ सय मिटरको क्षेत्रमा कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

खतरा मोलेर नेपाल नजान ट्रक चालकलार्इ आग्रह
काठमाडौं : नेपाली सीमानामा अवरोध गर्ने क्रममा नेपाल प्रहरीको गोलीबाट एकजना भारतीय नागरिक मारिएपछिकाठमाडौंस्थित भारतीय दूतावासले आफ्ना निर्दोष नागरिकको ज्यान गएको बताएको छ ।
नेपालको स्थितिबारेमा सोमबार दिउँसो विज्ञप्ती जारी गर्दै भारतीय दूतावासले वीरगञ्जमा भएको गोलीकाण्डप्रति आफ्नो गहिरो चासो रहेको जनाएको छ ।
'आज वीरगञ्जमा भएको गोलीकाण्ड र हामीलार्इ आइरहेको रिपोर्टहरुमा हाम्रो गहिरो चासो छ', भारतले भनेको छ, 'एकजना निर्दोष भारतीय नागरिक गोलीबारीमा मारिएका छन् ।'
भारतले यसअघि जारी गर्ने वक्तव्यकै शैलीमा नेपालमा जारी समस्या राजनीतिक भएको जिकिर गरेको छ । उसले अहिलेको समस्याको समधान बल प्रयोग गरेर गर्नै नसकिने जिकिर गरेको छ ।
टकरावको वर्तमान स्थितिमा समस्यका अन्तरनिहित कारणहरुको विश्वासपूर्वक र प्रभावकारी ढंगले नेपाल सरकारले सम्बोधन गर्नुपर्ने पुरानै अडान भारतले दोहोर्याएको छ ।
'भारतीय मालवाहक र भाडावाल साधनहरुबारेमा सीमामा बिग्रिएको स्थितिका कारण फेरि चिन्ता जनाउनुपरेको छ', वक्तब्यमा भनिएको छ, 'हामी उनीहरुलार्इ सावधानी अपनाएर आफूलार्इ खतरामा नहाल्न पनि सल्लाह दिन्छौं ।'
भारतले अहिलेको अवस्थामा आफूले सावधानीपूर्वक नेपालको सीमाको निगरानी गरिरहेको पनि उल्लेख गरेको छ ।

only 18+ aduld click below >>>>>>>>>>>>>>>>>>
No comments:
Post a Comment