Friday, October 16, 2015
नेपाल आयल निगमले ग्लोबल TENDOR मा तेल ल्याउदा पेट्रोल १ सय ९९, डिजेल १ सय ८० रुपैयाँ पर्ने !!
नेपाल आयल निगमले ग्लोबल TENDOR मा तेल ल्याउदा पेट्रोल १ सय ९९, डिजेल १ सय ८० रुपैयाँ पर्ने !!
नेपाल आयल निगमले इन्धन वैकल्पिक इन्धन आपूर्तिकर्ताका लागि आह्वान गरेकोमा सबैभन्दा कम मूल्यको प्रस्ताव मान्ने हो भने पेट्रोल प्रलिलिटर १ सय ९९ र डिजेल १ सय ८०, ८५ रुपैयाँ पर्ने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
इन्धन ढुवानीका लागि निगमले आशयपत्रको सूचना प्रकाशित गरेपछि उक्त प्रस्ताव परेको हो । निगमका अनुसार ढुवानीका लागि २२ कम्पनीले दर्ता गराएका छन् ।
निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले संसद्का उद्योग तथा वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिमा उक्त जानकारी दिएका हुन् । तर, उनले यो रकम प्रस्ताव गर्ने कम्पनी र ढुवानी बाटोबारे भने खुलाउन चाहेनन् ।
भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आयात गरी बिक्री हुँदै आएको प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४ र डिजेलको मूल्य ८१ रुपैयाँ छ । विभिन्न कम्पनीहरुले गरेको प्रस्तावमा दोब्बरभन्दा बढी मूल्य परेपछि निर्णय गर्न समस्या भएको निगमले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment