सशस्त्र समूहको तालिम केन्द्रमा पुग्यो प्रहरी ....पढ्नुहोस प्रहरी कसरि सफल भयो ?? के - के गर्ने प्लान थियॊ
आश्विन ३०, २०७२- किराँत मुलवासी स्वतन्त्र लिम्बूवान पार्टीको नाममा हतियार सहितको तालिम गर्दै आएको सशस्त्र समूहलाई प्रहरीले तितरवितर पारेको छ । सैनिक पोसाकमा हतियार सहितको तालिम गर्ने ठाउँमा आक्रमण गरी एक महिलालाई पक्राउ गरेको छ भने हतियार लगायतका सामग्री वरामद गरेको छ । आक्रमणपछि पक्राउ परेकी महिलालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार सदरमुकाम फुङलिङबाट डेढ दिनको पैदलमा रहेको इखावु ४ को जंगलमा उनीहरुको सेल्टर रहेको थियो । शुक्रबार बिहान प्रहरीले आक्रमण गर्दा महिला र पुरुष गरी नौ जना रहेका थिए ।
उनिहरुमध्येकी सान्थाक्रा गाविस घर भएकी ३१ वर्षिय मनकुमारी लिम्वु पक्राउ परेकी छन् । आक्रमणपछि भागेर ओडारमा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले आफुलाई पार्टीको सास्कृतिक कार्यक्रम छ भनेर झुक्याएर लगेको र फर्कन नदिएको बयान दिएको प्रहरीले जनाएको छ । सेल्टरमा चार थान भरुवा बन्दुक, सात राउण्ड जाने कटुवा पेस्तोल एक थान, एक राउण्ड जाने पेस्तोल एक थान, म्याग्जिन गोली तीन थान तार जडित पाइप बम, किँरात मुलवासी स्वतन्त्र लिम्बूवान केन्द्रीय कार्य समितिको परिचय पत्र, दस्तावेज, सोही समुहको झण्डा, मोवाइल लगायतका सामग्री बरामद गरेको छ । कुकर बम लगायतका विस्फोटक पदार्थ भने त्यही ध्वस्त बनाएको प्रहरीले जनाएको छ । उनिहरुका मूख्य कमाण्डर इखावु ४ का हाराहाङ भन्ने देउमान लावुङ भने एक जना गार्ड सहित अघिल्लो दिन गाउमा झरेकाले आक्रमणमा परेनन् । प्रहरीले पाएको सुचना अनुसार उनको साथमा नौ राउण्ड जाने पेस्तोल र उनीसँग गएको ब्यत्ति सँग भरुवा बन्दुक एक थान रहेको छ । प्रहरीले वरामद गरेको हाराहाङको डायरीमा लडाकुहरुको बिदा स्वीकृति कार्य बिबरण लगायतका सुचनाहरु रहेका छन् । तर प्रहरीले भने यसलाई विसुद्ध अपराधिक समुह भन्दै आएको छ । प्रहरीका अनुसार विश्वम्भर तथा देउमान लिम्वु (हाराहाङ) को नाममा ज्यानमार्ने उद्योग, हातहतियार खरखजाना, विष्फोटक पदार्थ, डाँका, नागरिकता किर्ते लगायतका १० वटा मुद्धा रहेका छन् ।
कोइरालाले भने, ‘राजनीतिक दल हुनलाई मापदण्ड पुरा गर्नुपर्छ, दर्ता प्रकृया लगायतका कुरा हुन्छन्, यीनिहरु चन्दा आतंक मच्चाउने, डर, त्रास, धाक धम्कि दिने बिशुद्ध आपराधिक समुह हुन् ।’ उनीहरुले जिल्लामा कहिकतै ठुलै आक्रमणको योजना बनाएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । अझैपनि उनीसँग हतियार भएकाले गाउका प्रहरीमाथि आक्रमण गर्न सक्ने तर्फ सबै युनिटलाई सचेत गराइएको कोइरालाले बताए । उक्त समूहमा माओवादीका पूर्व लडाकु रहेको आशंका प्रहरीको छ । हाराहाङले भने गत बर्ष कार्तिक १६ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ नम्वर गेट छेउमा र केहि महिनापछि मोरङको पथरी इलाका प्रहरी कार्यालय छेउमा प्रेसर कुकर बम बिस्फोट गराएका थिए ।
त्यो वेला सकेटबमहरु समेत जहातही फालिएको थियो । सेनाले त्यसलाई बिष्फोट गराएको थियो । त्यो वेला बिष्फोटको जिम्मा कसैले नलिएपनि पथरिमा बम विस्फोटपछि पक्राउ परेका बाट हाराहाङको नेतृत्वमा विष्फोट गराइएको रहस्य खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई मोष्ट वाण्टेड सुचीमा राखेर खोजी गरिरहेको छ । को हुन् हाराहाङ ताप्लेजुङकै इखावु गाविस ४ घर भएका हाराहाङचर्चामा थिएनन । ३३ वर्षिय उनले २०७० माघ १५ गते खेजेनिम गाविसका तेजवहादुर कार्कीलाई आक्रमण गरे । उनलाई आक्रमण गर्दा मोरङको पथरीवाट पाँच जना ल्याइएको थियो । उत्त समुहले राती घरैमा गएर पेस्तोल सहित आक्रमण गरी कार्किवाट १९ हजार ५ सय लुटेर लगे । त्यसैको अनुसन्धानको क्रममा आक्रमणकारि मध्येका केहि पक्राउ परेपछि फरार भए । उनले अहिले बिभिन्न पार्टीका नाउमा युवायुवतीहरुलाई ललाई फकाई बन्दुक बोकाउने र त्यसमा तराई देखिका ल्याउने गरेको रहस्य प्रहरीले खुलाएको छ । उनीसँग जिल्ला प्रशासन बाट निकालिएका विभिन्न नामका नागरिकता लगायतका सामग्री रहेका छन् । कसरी गर्यो प्रहरीले आक्रमण प्रहरी कार्यालय अगाडि बम बिस्फोट गराएकै निहुमा तत्कालिन प्रहरी प्रमुख मेघराज कडेल सरुवा भए ।
ताप्लेजुङ आएको तीन महिना नपुग्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी नरहरि बराललाई पनि सरुवा गरियो । त्यसपछि आएका डिएसपी शान्तिराज कोइराला हाराहाङ लगायतका अभियुत्तको खोजीमा लगातार लागेका छन् । आवश्यक बाहेकका सार्वजनिक कार्यक्रममा पनि कमै जाने कोइरालाले उनलाई खोज्न भारतको सिक्किम, दार्जेलिङ र किँरात धर्म मान्ने भएकाले इलामको माङसेवुङ सम्म श्रोत परिचालन गरे । हतियार सहित इखावुमा भित्रीएको सुचना पाएपछि असोज २१ गते उनले टोलि परिचालन गरे । तर प्रहरी गाउबाट उकालो चढेपछि थाहा पाएको हाराहाङको टोली पहिल्यै भाग्यो र एनसेलवाट फोन गरेर उल्टै प्रहरीलाई धम्क्यायो । दोश्रो पटक २९ गते गएको टोलि तापेथोक गाविस बाट वेलुका ८ वजे हिड्दा उनीहरुको सेल्टरमा विहान पौने चार बजे मात्रै पुगेको थियो । सकभर मानविय क्षती नगराई पक्राउ गर्ने योजना अनुसार गरिएको आक्रमणले आंसिक मात्रै लाभ दियो । आक्रमण गर्नासाथ उनिहरु जर्याक जुरुक उठेर भागेको हवाई फायर गरेर आत्मसमर्पण गराउने प्रयास हतियारले धोका दिएकाले सफल नभएको संलग्न एक प्रहरीले वताए । उनिहरु जस्तो अवस्थामा सुतेका थिए तेस्तै अवस्थामा भागेको प्रहरी श्रोतले वताएको छ ।
source-ekantipur
No comments:
Post a Comment