Monday, October 26, 2015
जमीनमा र आकाश दुबै ठाउँमा उड्ने कार.. छोटो भिडियो सहित ( DOWNLOAD )
जमीनमा र आकाश दुबै ठाउँमा उड्ने कार...
के तपाईंले कहिल्यै यस्तो कारको कल्पना गर्नु भएकोछ जसमा बसेर आकाशमा उड्न सकियोस् ।
सुन्दा अलि अनौठो र कल्पनाका कुरा लागे पनि तर अब यो वास्तविकतामै सम्भव हुनेछ ।
हो अमेरिकन् कंपनी टेराफ्यूजिया टीएफएक्स ले यस्तो कार को निर्माण कार्य सुरुगर्ने भएको छ । जुन कार जमीन संगै आकाशमा पनि सजिलै संग उडाउन सकिने छ ।
कम्पनीले उक्त उड्ने कार को नमूना पठाएको भए पनि बजारमा यो कार आउन भने अझै करीब ८ देखि १० बर्षको समय लाग्ने छ ।
जमीनमा र आकाश दुबै ठाउँमा उड्न सक्ने यस कारको गतिको कुरा तपाँईले सुन्नुभयो भने त झन् अच्चम्म मा पर्नु हुनेछ । जमीनमा यस कारको गति ३२२ किमी प्रति घण्टा हुनेछ भने आकाश ८२२ किमी प्रति घण्टा हुनेछ ।
मेसाच्युसेट्स नामको यो कम्पनिले यस भन्दा पहिले पनि २ सिटको यस्तै कार तयार पारि सकेको छ । ट्रांजीशन नाम गरेको यो कार चाँडैनै बजार मा उपलब्ध हुनेछ ।।।।।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment