Contact us

18+(adult) only click here

Saturday, October 17, 2015

ओनसरीको राजनीतिक यात्रा: आधार शिविरदेखि सभामुखसम्म.....

source-setopati पार्टी 'जनयुद्ध' मा जाने भयो। ओनसरी घर्ती रोल्पाको लिवाङबाट आफ्नो घर गइन् आमालाई भन्न। ‘म जान्छु आमा!’ ‘किन?’ आमाले उनको अनुहार हेरेर भनिन्। ‘राजा फाल्न,’ ओनसरीलाई लाग्यो आमाले बुझ्ने भाषा यही हो। उनले अरु पनि कुरा गरेकी थिइन्, धनी-गरिब, जातपात र महिला-पुरुष बराबर बनाउने यात्राबारे। आमाको मनमा भने राजा जब्बर भएर बसेको थियो। उनी ठान्थिन् छोरीको पाखुरीले मात्र के सक्दो हो राजा फाल्न! हिँड्न लागेकी छोरीलाई चुनौती दिँदै आमाले भनिन्, ‘अरु त तेरै कुरा मानुँला, तर राजा फाल्न तिमीहरुले सक्दैनौँ।’ ओनसरी आमाको चुनौती थापेर हिँडिन्। चुनौती सामना गर्ने आँट लिएर हिँड्नेहरु कि गन्तव्यमा पुग्छन् कि सहिद हुन्छन्। युग परिवर्तनको इतिहासमा उनीहरुको सपनाको माइन्युट हुन्छ- उनको मान्नु यही थियो। आमाले त्यसको १५ वर्षपछि बल्ल पत्याइन्, जब उनले आफ्नै आँखाले राजा गद्दी छाडेर दरबारबाट बाहिरिएको टिभीमा देखिन्। सोचिन्, छोरीले भनेको साँच्चै रहेछ, जनताको शक्तिका अगाडि राजाको केही लाग्दो रहेनछ! आज उनै छोरी संसदको नेतृत्वदायी पद (सभामुख) मा पुगेकी छन्। सभामुखको कुर्सीमा महिला सभासद बस्नु नेपालका लागि पहिलो घटना हो। ओनसरी दुई वर्ष संविधानसभाको उपाध्यक्ष पनि भैसकेकी छन्। पूर्व सभासद तथा वरिष्ठ अधिवक्ता सपना प्रधान मल्ल महिला सभासद संसदको नेतृत्वदायी पदमा पुग्नुलाई नेपाली समावेशी लोकतन्त्रको महत्वपूर्ण उपलब्धी मान्छिन्। 'उहाँले यसअघि पनि उपसभामुखको अनुभव संगालिसक्नुभएको छ,' मल्लले शुक्रबार सेतोपाटीसँग भनिन्, 'त्यही अनुभवका आधारमा पनि उहाँलाई सभामुखको जिम्मेवारी निर्वाह गर्न सजिलो हुन्छ। उहाँले गरेर पनि देखाउनुहुनेछ भन्ने मेरो विश्वास छ।' केही राजनीतिक विश्लेषक भने ओनसरी सभामुखका लागि योग्य नभएको बताउँछन्। ‘सभामुख पदमा कानुनको राम्रो ज्ञान, नेतृत्व र निर्णय गर्न सक्ने क्षमता र धेरै विषयमा दख्खल चाहिन्छ,’ राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, ‘त्यो क्षमता ओनसरीमा छ जस्तो मलाई लाग्दैन, एमाओवादीमा उनीभन्दा धेरै क्षमतावान महिला र पुरुषनेता थिए सभामुखका लागि।’ जतिसुकै आलोचना भए पनि ओनसरी आफू भने सभामुखका लागि तयार छिन्। सभामुख बन्दा मात्र होइन, लडाइँकै क्रममा पनि महिलालाई नेतृत्व दिन नेताहरु हच्किने गरेको अनुभव संगालेकी छन् उनले। महिला आफैं पनि नेतृत्वका लागि हम्मेसी तयार नदेखिएको उनको भनाइ छ। ‘जब पार्टीले महिलाको अलग संरचना बनायो, नेतृत्व क्षमता तिमीहरुमा पनि हुन्छ भन्यो, उनीहरु बल्ल जनसेनाको कमान्ड गर्न थाले,' ओनसरीले सेतोपाटीसंग एकवर्ष अघि भनेकी थिइन्,'महिलाले गर्नै नसक्ने केही हुन्न भनेर यहाँका मानिसलाई बुझाउन त कामै गरेर देखाउनुपर्छ।’ उनको यो भनाइ सभामुखका हकमा पनि ठ्याक्कै मेल खान्छ। *** स्कुल पढ्दापढ्दै एकता केन्द्र हुँदै भूमिगत राजनीतिमा होमिएकी ३७ वर्षीया ओनसरीको राजनीतिक यात्रा कम सकस र कष्टपूर्ण छैन। लडाइँका क्रममा छोरीलाई छाडेर जाँदा उनले आँसु झार्दै भनेको कुरा ओनसरीलाई अझै सम्झना छ। ‘हामीलाई छाडेर जाने भए किन पाएको त!’ छोरीले भनेकी थिइन्। त्यही छोरी अचेल भन्न थालेकी छन्, ‘बाआमा त्यसरी नगएको भए हामीले गाउँकै स्कुलमा पढ्नुपर्थ्यो।’ ओनसरीकी १६ वर्षीया छोरीले अझै धेरै बुझ्न बाँकी छ। आफ्नी आमाले गरेको क्रान्तिले उनलाई र उनीजस्तै बच्चाबच्चीको भविष्य के बनायो! छोरीले यस्ता कुरा बुझ्दै जाने छिन् भन्नेमा ओनसरी आफैं पनि ढुक्क छिन्। रोल्पा, माडीचौरका किसानकी छोरी माओवादी लडाइँले अँध्यारोमा समाजमा अधिकार र समानताको उज्यालो छरेको बताउँछिन्। ‘गाउँमै बसेको भए म धेरै बढी हुन्थेँ भने शिक्षिका हुन्थेँ’ उनी भन्छिन्। हुन पनि छोरीमान्छेलाई पढाउने चलन नभएको समाजमा शिक्षिका बन्नु साह्रै ठूलो कुरा थियो। तै पनि उनले झण्डैले स्कुल जान छोड्नुपरेको थिएन। दिदीको बिहे भएपछि पालो उनैको थियो। घरको काम गर्न दाइले स्कुल छोडेनन्। छोड्न त उनले पर्ने, किनभने उनी छोरी हुन्। गाउँभरिका दिदीबहिनीले घरको काम गर्न स्कुल छोड्थे। छोरीका लागि स्कुल त फुर्सदमा जाने ठाउँ न थियो। बिहानै उठेर अहिले आफ्नी छोरीले झैँ कापिकिताब समात्न उनले कहाँ पाउँथिन् र? उनलाई सम्झना छ, आफूभन्दा ठूलो घाँसको भारी ल्याएर गोठमा फालेपछि, चराले झैँ खाना टिपेर स्कुल जान पथ्र्यो। खेतीपाती छोरीहरुले नै धान्नपथ्र्यो। बाली लगाउने र काट्ने बेला उनीहरुलाई खाने फुर्सद हुन्थेन, स्कुल त परको कुरा! उनले पढ्न पाउनु त संयोग थियो। तीन क्लास पास गरेर ४ मा जानेवेला उनको स्कुलले वार्षिकोत्सव मनाउँदै थियो। वार्षिकोत्सवमा खेल प्रतियोगिता थियो। छ वटा खेलमा उनले भाग लिइन्। सबैमा पुरस्कार जितिन्। ३ कक्षामा दोस्रो भएर ४ कक्षामा पुगिन्। आफ्नै कर्मले, आफ्नै बल र मेहनतले उनले पढ्न पाइन। त्यतिबेला दाइहरु कम्युनिष्ट पार्टीमा लागिसकेका थिए, स्कुल नजा भन्न सकेनन्। त्यत्रा पुरस्कार ल्याउने छोरीलाई स्कुल नजा भन्नु मनासिब देखेनन् होला बाले पनि। जब उनीहरु दिदीबैनी ठूला हुँदै गए, फुपुहरु आफ्ना छोरा देखाएर उनीहरुलाई माग्न आउन थाले। यो माग्ने चलन पनि छोरी मान्छेको जिन्दगीका लागि पासो थियो। गाउँमा त्यतिखेर, जलजला युवाक्लव भन्ने संस्था थियो, सांस्कृतिक क्रियाकलापलगायत अन्य चेतनामूलक कार्यक्रम पनि गथ्र्यो। उनी पनि त्यसमा गीत गाउन, नाच्न जान थालेकी थिइन्। त्यसैको प्रभाव होला, बाले भन्दा पहिले फुपुहरुलाई हुन्न भन्ने जवाफ दिएर पठाउँथिन्। उनको चेतमा बसिसकेको थियो पढ्नुपर्छ र शिक्षिका बन्नुपर्छ भन्ने। जलजला युवाक्लवमा पुस्तकालय थियो। त्यहाँबाट उनले झिकेर पढिन् ‘माकुरा र झिंगाको कथा’, ‘सात काँटी सलाईको कथा’ र ‘चम्किलो रातो तारा।’ तिनैले किताबले सम्झाए, उनलाई धनिगरिबका कथा। विभेदका कथा। चम्किलो रातो ताराको फुच्चे नायक उनको मनमा गढेर बस्यो। त्यसपछि उनले आफ्नै जीवनमा अनुभव गरिन्, धनी र गरिब हुनुको अन्तर। उनको गाउँको माघी मेलामा, एकजना मान्छे रक्सी खाएर खोलामा बगेर मर्यो। अकस्मात पुलिस आएर ओनसरीको माइलो दाइलाई समायो र गाउँको अर्को दाइलाई पनि लग्यो। पञ्चायतको उत्कर्ष थियो। दाई कम्युनिष्ट थिए, अर्का कांग्रेस। सँगै समातिएका अर्का मान्छे त पैसा तिरेर छुटे। उनीहरुसँग पैसा थिएन। धनी भएको भए आफ्नो दाइ पनि छिटै छुट्न सक्ने रैछ भन्ने उनले थाहा पाइन्। दाइ जेल परेपछि, पाखोबारीको जमिन जोत्ने बा नै थिए, तर सक्दैनथे। बाको दुख देख्न नसकेर ओनसरी आफैले जोत्छु भन्न थालिन्। उनका बाआमा एकदमै धर्म मान्ने। छोरीलाई हलो जोताए धर्म नास हुन्छ भन्ने चलन थियो। किन दिन्थे र बालेरु एकदिन उनी कस्सिइन्। ‘बा धर्मसर्म छोड्दिनुस्,’ उनले भनिछन, ‘मै जोत्छु, घरको छाना नि मै लगाउँछु, तपाईँले धर्म छाडेमात्रै मैले जोत्न पाउँछु।’ नौ बर्षको उमेरमै उनलाई केले दियो मूल्यमान्यता भत्काउने साहसरु छोरीमान्छे भए पनि सक्छु भन्ने चेतले कि पैसा नभएर दाजु जेलबाट छुट्न नसकेको तोडलेरु उनका बाले धर्म छाडिदिए र छोरीकै भर परे। समाजले बाउ छोरीलाई धिक्का¥यो धर्म नासे भनेर। त्यहीबेला उता दाइलाई पुलिसले यातना दिएको खबर आउँथ्यो। र, कहिले घुस दिए छोडिदिने खबर। धेरैपछि हो, ९० हजार रुपैयाँ बल्लबल्ल जुटाएर उनीहरुले खै कहाँ हो, बुझाए, दाइ छुटे। दाइ छुटे पनि उनको मनमा प्रश्नहरुको हुण्डरी चल्यो। मान्छे मारेको भए दाइ किन छुट्यो? नमारेको भए त्यत्रो पैसा किन तिर्नुपर्यो? धनीले त पैसा भए मुद्दा लड्न पनि पर्दो रैन छ। निर्दोष थियो भने दाइ किन समातियोरु त्यो मान्छे आफैँँ मरेको साक्षी थियो, उसको कुरा किन सुनिएन? प्रश्नको उत्तरै भेटिनन् उनले। त्यसैले जन्मायो शायद व्यवस्थाप्रतिको वितृष्णा। पुलिस र न्यायप्रतिको रोस। सानै थिइन्, दाइले दिन्थे कुन्नि के के लेखेका ह्याण्डस्लिप। उनलाई के लेखेको र कसले लेखेको पनि थाहा हुन्नथ्यो। कसैलाई नभनी टाँस्नु भन्ने उर्दी दिन्थे दाजु। उनले लुकेर गाँउघरका भित्ताभरि टाँसेर भ्याउँथिन्। कसैले भेउ पाउँदैनथे। त्यही थियो, उनको भूमिगत जिवनको पहिलो कक्षा। त्यो २०४६ सालको जनआन्दोलनको बेला थियो। जब कान्छो दाइ समातिए, उनले थाहा पाइन् आफुले लुकेर टाँसेका पर्चा पञ्चविरुद्ध लेखिएका थिए। जब सात क्लासमा पढ्थिन् कोटगाउँमा, स्कुलमा संगठन बन्यो र त्यसको सदस्य भइन्। हाइस्कुल पढ्न सदरमुकाम आउनुपथ्र्यो। आठ क्लासदेखि पढ्न लिवाङ आइन्। लिवाङ उनको सपनाको बाटोको एउटा देउराली मात्रै थिएन्, लिवाङले उनलाई बतायो, धनीगरिबको, जातपातको र उपेक्षितहरुको कथा। लिवाङले नै बनायो उनलाई लडाकु। लिवाङमा आएर मात्र उनले सुनेकी हुन अल्लि राम्रो र सभ्य भनिने नेपाली भाषा। उनी मातृभाषा ९मगर० मै बोल्थिन्, धेरै नेपाली बुझ्दैनथिन्। नेपाली भनेको उनको गाउँमा बोल्ने दलितहरुको भाषा हो। त्यस्तो बोल्दा लिवाङको स्कुलमा उनी अर्कै दर्जाकी भइन्। ९० जना विद्यार्थी बीचमा बसेर पढ्न पथ्र्यो। अघिल्लो सिट ओगट्न छिटो आएर झोला राख्थे। प्रार्थना सकेर आउँदा आफ्ना झोला पछि पुगेका हुन्थे कि भुँइमा। पछिल्लो सिटमा बसेर सरले पढाएको बुझिदैँनथ्यो। ‘हामीलाई त टिमुर गनाउने भनेर छेउमा बस्न पनि दिँदैनथे,’ उनी अहिले सम्झिन्छिन्, ‘जनजाति भनेर नि हेप्दा रैछन, अर्कै भाषा बोल्नेलाई पनि हियाउने रैछन्, यस्ता विभेद थाहा पाएको मैले लिवाङ आएर मात्रै हो।’ उनको गाँउमा क्षेत्री बाहुन थिएनन्। जनजातिहरुमा विभेद धेरै हुन्नथ्यो। एकदिन उनको विचार आयो, आफूलाई अघि बस्न नदिनेहरुलाई गोद्ने। अघिल्लो सिटमा झोला राखेर उनी प्रार्थना गर्न नगई पछिल्लो सिटमा ढुकेर बसिन्। प्रार्थना सकेर केटाकेटी हुरुरुरु भित्र आए। एकजना अग्ली केटी आएर उनको झोला फ्याँकिदिइन्– टिमुर गनाउनेले अघि झोला राख्नेरु बुरुक्क उफ्रेर ओनसरीले भनिन्– ए दिदी, त्यो किताब उठाएर त्यही बेन्चमा राख्ने हो भने राख, नभए आज जे पनि हुन सक्छ। उनले पाखुरा सुर्केको देखेपछि उनीहरुले झोला उठाइदिए। त्यसपछि त्यो बेन्च सधैँभरि ओनसरीहरुकै भयो। उनले आफ्नै बलमा लडेर आफ्नो अधिकार स्थापित गरेको त्यो पहिलो अनुभव थियो। ‘मलाई त एक्लै देखे पनि डराउँथे,’ उनले लडाकु शैलीमै भनिन्, ‘केटी जिस्काउने र आवारा केटालाई त म समातेर एक्लै गोद्थेँ।’ ओनसरी हिट भइन मान्छे गोद्ने केटी भनेर। बहुदल आएपछि पनि उनको पार्टी भूमिगत थियो। आफू सदस्य भएपछिमात्र उनलाई थाहा पाएकी हुन् बाहिर जनमोर्चा भनेर चिनिने उनको पार्टीको बास्तविक नाम एकताकेन्द्र थियो। ५१ सालमा उनको पार्टीले वाइसिएलबाट छानेर लडाकु दल बनायो। उनी पनि छानिइन्। अब पार्टी युद्धमा जाँदै छ भन्ने गाइँगुइँ चलिसकेको थियो। पछि उनको पार्टीको नाम माओवादी भयो। ‘चम्किलो रातो तारा’को प्रभाव, उनलाई जनयुद्धमा जानु थियो। ५२ सालमा युद्धको थालनी गर्दा रोल्पाको होलेरीमा लडेको पहिलो लडाइँमा उनी सामेल हुन पाइन्। उनीसँग दुईवटा सिसाका बम थिए। उनीहरुले चौकी कब्जा गरे। त्यो चौकी हान्ने योजना प्रोपागाण्डा बढी थियो। उनीहरुले जनयुद्धको औपचारिक जनाउ होलेरी चौकी हानेर गरेका थिए। ‘धेरै ठूलो परिवर्तनका लागि,’ उनीहरु युद्धमा होमिएका थिए ज्यानको बाजी थापेर। *** ज्यानसँग साटेको उनको सपनाको लागि युद्धको भ¥याङ चढेकी हुन् उनले। त्यो युद्धले ओनसरी जस्तै केहीलाई त नेता बनायो। तर अझ सामान्य मान्छेहरुलाई के दियोरु के हतियार बिसाएपछि, ओनसरीले देखेको सपना पुरा भयोरु तयारी उत्तर छ उनी र उनीहरुसँग, ‘हामी परिवर्तनका लागि अझै लडाइँमै छौँ।’ उनीभित्रको लडाकुले भन्या,े ‘सुरुमा हामीले धेरै कुरा सोच्याथ्यौँ, हुन त हामीले रोजेको बाटो यो होइन।’ ‘ठूला ठूला परिवर्तनको हिसाब नगर्ने हो भने पनि,’ ओनसरीले भनिन्, ‘देशका कुनाकुनाका मान्छेमा पनि राजनीतिक चेतना जाग्यो, आफ्नो अधिकारका बारे बोल्न सक्ने भए जनता, न्याय पाउन जाने ठाउँ खोज्न थाले।’ यस्ता परिवर्तनका लागि पनि आफ्नो लडाइँलाई जस दिन्छिन् उनी। उनी सानै हुँदा, उनको गाउँमा क्लवले घरघरमा चर्पी बनाइदिएको थियो। दुईचार दिन त प्रयोग भए होलान् तर महिना दिनपछि जाँदा चर्पीमा बाख्रा बाँधिएका हुन्थे र मान्छेहरु जंगलमै दिशापिसाब गर्न जान्थे। ‘त्यस्तो थियो चेतनास्तर१ अहिले चर्पीमा पानी चाहिने भएरै पानी ल्याउने आयोजनाको माग भएको छ,’ उनले भनिन्। ‘महिलाको मनोवल बढ्यो, कति धेरै महिलाहरुले आफैले निर्णय गर्न थाले,’ उनले थपिन्। शिक्षाले भन्दा ठूलो परिवर्तन राजनीतिक चेतले ल्याउने ठान्छिन् उनी। उनी गाउँमै हुर्किन् र उतै राजनीति गरिन्। शहरका महिलाका बारे उनले धेरै राम्रा कुरा सोच्थिन्। स्कुल, कलेज पढ्न जान पाउनु, राम्रो मिठो लाउन खान पाउनु, अलग र समुन्नत जिन्दगी होला१ जब शहर आइन्, उनले शहरी जीन्दगी जस्तो सोचेकी थिइन्, त्यस्तो होइन रैछ। ‘यो खाल्डो हेर्दा त कस्तो रैछ भने, यहाँका महिलामा त मनोबल नै छैन,’ उनी अहिलेसम्म अचम्म पर्छिन्, ‘यहाँका महिला त श्रीमानको मोजा फुकालेरै बस्दा रैछन्।’ बरु गाउँकै महिला हकीÛ ओनसरी ठान्छिन्, शहरका महिलाको धेरै जसो समय श्रृङगार गरेरै बित्छ। उनीहरु सिर्जनशील समय यस्सै खेर फाल्छन्। महिलालाई तयार हुन पुरुषलाई भन्दा दुई गुणा समय लाग्छ। कहिलेकाहिँ त सारीमै अल्झिएझैँ लाग्दो हो, यहाँका धेरै महिलाको जिन्दगी१ *** हतियार विसाएपछि उनी राजधानी आइन्। पहिलो संविधानसभाको समानुपातिक सभासद भइन्। दोस्रो संविधानभामा रोल्पा बाट प्रत्यक्षमा जितिन्। अब उनको लडाइँ फेरियो। संसदमा लड्नु पनि कम गाह्रो हुन्न। खास गरि संविधानसभामा, उनले महिलाका एजेण्डामा काम गरिन्। सबै पार्टीको ककस बनाए उनीहरुले। पुरुष नेताहरु ककसलाई सकस भन्थे। उनीहरुले चाहेजस्तो महिलाका अधिकार स्थापित हुने हो भने त ‘पुरुषको चिल्ली विल्ली’ हुन्छ भन्थिन उनी। ‘५१ प्रतिशत महिला सहभागिता हुँदा त कम्तीमा चुनावको कुरा गरौँ, ५१ जना पुरुषले त्यो आफ्नो पद गुमाउनुर्‍‍यो,’ उनी हाँसिन्, ‘त्यो त्याग गर्न त नेताहरुलाई सकस हुन्छ नि।’ महिलाका कुरा गर्यो‍ पुरुषहरु हाँसिहाल्ने। खै तपाईँ महिलाहरु उठाउन खोज्यो एक जना त भेटिन्न भनेर हल्का कुरा गर्दिन्छन्। 'उनीहरु गहिरोगरी समस्यालाई बुझ्नै चाहँदैनन्, बुझ्ने किसिमको चेत पनि छैन कति नेताहरुमा,' ओनसरीले भनिन्।

No comments:

Post a Comment