Contact us

18+(adult) only click here

Friday, October 23, 2015

प्रधानमन्त्री बन्नपूर्व ओलीका चर्चित टुक्का : हेर्नुहोस ........

–जनता त्यत्ति नबुझ्ने छैनन्, को संविधान बनाउन लागेको थियो, को बन्नै नदिन लागेको थियो भन्ने बुझ्छन् । गोलो घोचेर बिच्केको अरिंगाल त होइनन् नि जनता, जसलाई पायो त्यसलाई चिल्ने ।

 –१४ वर्षसम्म जेल बस्ने नुवाकोटतिरका एकजना टाकुरे भन्ने थिए, उनलाई जेलमा कालो चामल आएको वेला ‘कालो चामल आयो’ भनेर कराउने र सेतो चामल आएको वेला ‘सेतो चामल आयो’ भनेर कराउने जिम्मेवारी थियो । १४ वर्षपछि जेलबाट छुटेर घर गए, आमाले चामल केलाउन डालो ल्याउँदासमेत ‘सेतो चामल आयो’ भनेर कराउन थाले । चामल देख्नासाथ कराउने टाकुरेको जस्तै ०४७ साल बिर्सन नसकेकाले ‘०४७ सालको संविधान आउन लाग्यो’ भनेर कराएका हुन्

–रुवान्डा, नाइजेरिया, सुडानमा के भयो ? यहाँ पनि अन्तैबाट बोकाउन खोजिएको विद्वेषको भारी बोकेर उनीहरू (विपक्षी मोर्चा) हिँडेका छन् । कसको आदेशमा यस्तो भारी बोकेको हो बुझेको छैन, तर हामी जनताबाहेक अरूको आदेश मान्दैनौँ । मसान चलाउन सजिलो छ, मनाउन गाह्रो छ, साथीहरूलाई त्यस्तै भएको हो । 


–बिहान सहमति हुन्छ, दिउँसो ‘सहमति भएकै छैन’ भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ त्यसलाई मिलाएर मोर्चा बनाइएको छ ।

–नेवारी भाषामा एउटा उखान छ ‘माक: फुईं (बाँदरले फुर्ती लगाउने)’ भन्ने, त्यस्तै हो । बाँदरले हाँगा हल्लाउँदा रूख त हल्लिन्छ, तर यसपटक रूख (संविधानसभा) भाँच्ने सामथ्र्य राख्दैन । त्यहाँ एमाले बलियो शक्तिका रूपमा छ, यो संविधानसभाले संविधान जारी गर्छ ।

– झापामै बस्ने जनता चुप छन्, कञ्चनपुरबाट जितेको प्रतिनिधि चुप लागेर बसेको छ । अन्तैबाट कोही आउँछ र ‘झापा त छाडदै छाड्दिनँ, कञ्चनपुर त छाड्दै छाड्दिनँ’ भन्छ । पहाड र तराईलाई मेचीदेखि महाकालीसम्म जोड्नै नहुने किन ? एक सय २५ जातजाति छन्, कुन–कुन जाति राज्य पाउने हकवाला हुन् ? कुन–कुन जाति हकवाला होइनन् ?

–खहरे आएका वेला ढुंगामुढा सबै बगाउँछ । खहरेको प्रभावमा परेर गरेको निर्णय गलत लाग्यो भने जनताले सच्याउँछन्, यो ‘जनकरेक्सन’ हो ।

–कपाल काट्न सिक्ने भए कमाराका टाउकाबाट सिक्नु भन्ने उखान छ । कपाल भुत्ल्याइए कमाराको भुत्ल्याइन्छ, रौँ उखेलिए कमाराको उखेलिन्छ । दुखे कमारालाई दुख्छ । टाटेपाटे भए कमारो हुन्छ । तर, कपाल काट्न जानेपछि ठूलाबडाको टाउकामा काट्नु भनिएको छ । मलाई लाग्छ– हामीलाई कमाराको टाउको बनाएर प्रयोग गर्न खोजिएको छ ।
–संविधानले नै राष्ट्रपतिलाई ‘रिजर्भ’ बस्ने रोल दिएको छ । त्यसैले उहाँ हाम्रो वा अरू कसैको पक्षमा लाग्नुभएको छैन । मनमा त उहाँको हामीलाई जस्तै लागेको हुँदो हो । तर, उहाँले जो गए पनि ‘सहमतिमै गर’ भन्नैपर्छ । ‘कुटाकुट गर, काटमार गर’ भनेर राष्ट्रपतिले भन्न मिल्दैन ।
–संविधानसभामा ६ सय १ जना मात्रै छन्, साढे दुई करोड जनता संविधानसभाबाहिर नै छन् । कोही संविधानसभा छाडेर बाहिर गए साढे दुई करोड जनतामा एक–डेढ सय थपिने हुन्, त्यसले केही फरक पार्दैन । संविधानसभाको प्रक्रिया रोकेर सहमति हुँदैन ।

–बाह्रबुँदे समझदारीमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेबाहेक अर्काे के कुरा छ ? त्यसलाई संस्थागत गर्न संविधान निर्माण छाडेर क्रान्तिका लागि दाह्रा किट्ने वेला यो होइन, दाह्रा किट्दै हिँडे आफ्नै बंगारा खिइन्छ, बंगारा नखियाउनुस् ।

– यो संविधानसभा संविधान बनाउन बनेको हो । संविधान बनाऔँ, टाउको नफुटाऔँ, सर । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाआँै, मुलुकको एकता सुदृढ गरौँ, १२ बुँदे समझदारी र शान्तिसम्झौतालाई संस्थागत गरौँ । जनतालाई आपसमा टाउको फुटाउन किन आह्वान गर्नुहुन्छ ? जनताले संविधानसभा छाडेर टाउको फुटाउन होइन, संविधान बनाउन, सांसद, मन्त्री हुन र मुलुकलाई समृद्धिको दिशामा लैजान पठाएका हुन्, किन टाउको फुटाउने ?

–संविधान बनाऔँ भन्दा केही साथीहरू उत्तेजनामा आउँछन्, उनीहरूलाई ज्वरो बढ्छ । उत्तेजित नहुनुस्, धेरै गाह्रो भए सिटामोल खानुस्, पानीपट्टी लगाउनुस् । तपाईंले आह्वान गर्नासाथ जनता लाठा लिएर सडकमा भिड्न र टाउको फुटाउन आउँछन् भन्ने विश्वास नगर्नुस् ।

– झुम्रा, कागज र अरू मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।

–झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छाड्छौँ । पुतली बनाएपछि पुतली भनौँला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौँ भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रूपान्तरण गरेर वामपन्थी बनाउन सक्छौँ, त्यही दिन वामपन्थी भनौँला । हाललाई माओवादी वामपन्थी होइन ।

–गोगो साबुनको विज्ञापनमा भन्छ नि, ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाई अरूले गालामा चड्याम्म हान्छ, अनि ‘कस्तो दुख्नेगरी हानेको सहन्नँ है म’ भन्या छ ।

–पत्रिकामा ‘ल बाबु हो, अब रंग भर’ भनेर एउटा कुखुरो बनाइदिएको हुन्छ । लुर्कामा रातो, खुट्टामा खैरो, सिउरमा फुस्रो रंग भरेर पठाउँछन् केटाकेटी । जबजलाई त्यस्तै गर्न खोजिएको छ । केटाकेटीलाई रंग भर भनेर दिइएको चित्रजस्तो होइन, जबजको व्याख्या गर्ने तरिका ।

–जबजलाई कहाँ टीको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपिस्टिक लगाइदिनुपर्छ भनेर बहस गर्ने कि जबजले भनेअनुसार उग्रवामपन्थी र दक्षिणपन्थीविरुद्ध लड्न थाल्ने ?

–संविधानसभामा वामपन्थीको दुईतिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी पर्‍या छ । त्यसमाथि त्यहीँ बाँदर पल्क्या छ । काकाको खेतमा धान फल्यो भनेर खुसी हुने ?

–सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक–अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले–माओवादीको सम्बन्ध त्यस्तै हो ।
–अठार पुराणको निष्कर्ष ‘परोपकारपुण्याय, पापाय परपीडनम्’ भनेजस्तो एमालेको अहिलेको निष्कर्ष माओवादी सुधार हो । तर, माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि हामी के गर्नु त ?

–केको वाइसिएल र युथफोर्सको भिडन्त हुन्छ ? खुकुरी र टाउकोको मुठभेड भन्ने ?

–सरकारमा बस्ने एमालेको धर्म होइन । ब्राह्मणले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, शुक्रबार–शुक्रबार मुसलमान मस्जिद जान्छ, आइतबार क्रिस्चियन चर्चमा जान्छ भनेजस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ?

only adult (18+) click below >>>>>>>>>>>>>>>>>>>

No comments:

Post a Comment