Contact us

18+(adult) only click here

Saturday, October 31, 2015

भारतीय सुरक्षाबलद्वारा नेपाली ट्यांकर चालकमाथि निर्घात कुटपिट....कहाँ-कहाँ कुटिए पढ्नुहोस


फाइल तस्विर पानीट्यांकी नाका

भारतीय सीमा सुरक्षाबल एसएसवी नेपाली ट्याङ्कर चालकमाथि निर्घात कुटपिट गरेका छन्। कुटपीट गरेको घटनाप्रति नेपाली व्यसायीले आपत्ति जनाएका छन्। बिहीबार साँझ एसएसवीले भारतबाट ईन्धन लिएर नेपाल आउँदै गरेका ट्याङ्कर चेकचाँचका नाममा चालकमाथि जथाभावी कुटपिट गरेका हुन्।
घटनाका विषयमा शुक्रबार भारतीय भन्सारका अधिकारीसँग नेपाली व्यवसायीले भेट गरी गम्भीर आपत्ति जनाएका छन्।
भारतीय आयल कर्पोरेसन आईओसीको सिलिगुढी डिपोबाट तेल भरेर पानिट्यांकी नाका आईपुगेको ६ वटा ट्याङ्कर चालकहरुलाई एसएसबीले बिहिबार साँझ जथाभागी कुटपिट गरेको एक पीडित चालकले सेतोपाटीलाई बताए। ती चालकका अनुसार एसएसवीले नेपाली चालकलाई बुटले छातिमा प्रहार गरेको, लाठीले ढाँडमा हानेका थिए।
एसएसविले पानीट्यांकीका स्थानीय केटाहरूलाई समेत प्रयोग गरी कुटपिट गर्न उक्सावट गरेको एक पेट्रोल व्यवसायीले बताए। चालकमाथि कुटपिटका कारण सुरक्षाको माग गर्दे व्यवसायीले भारतीय पक्षको ध्यानाकर्षण गराएका छन्।
एसएसवीको ज्यादतीको कारण डिपोमा तेल लोड गर्ने ट्याङ्कर चालक शुक्रबार त्यसतर्फ जान मानेका थिएनन्। मेची पेट्रोलियम डिलर्स एशोसीएसनका बरिष्ठ उपाध्यक्ष नविन कोईरालाले शुक्रबार चालकसँग अनुरोध गरेपछि मात्र ट्यांकर सिलिगुढी गएका थिए। तर गएका १७ वटा चालकले तेल लोड गर्न मानेनन्। समस्या समाधान गर्न र चालक कुटपिट गर्नेलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र तेल भर्न चालक राजी भएका थिए।
कोईराला अनुसार सुरक्षाकै कारण भरिएका सवै ट्यांकर शुक्रबार तेल लिएर नाकामा आउन सकेनन्। मेची भन्सार कायालयका सूचना अधिकृत निर्माण कुमार भट्टराईका अनुसार बिहीबार लोड गरिएको २ वटा डिजेल ट्यांकर शुक्रबार साँझ भन्सार परिसरमा भित्रिएका थिए।
‘बिहीबार ७ वटा लोड भएका ट्याङ्कर मध्ये २ वटा मात्र नाकामा आईपुगे बाँकी ५ वटा नाकामा रोकिएको छ,’ बरिष्ठ उपाध्यक्ष कोईरालाले भने।
एसएसवीले नाकामा चेकचाँचका नाममा ट्याङ्कर चाल मात्र नभएर सर्वसाधरण लगायतलाई समेत दुर्वव्यहार गर्ने थालेको स्थानीयले बताएका छन्।
यसैबीच ईलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डिएसपी स्याम कृष्ण अधिकारी र  सशस्त्र प्रहरी प्रमुख डिएसपी प्रेम भण्डारीले शुक्रबार भारतीय भन्सारका अधिकारी, प्रहरी र एसएसवीसँग छलफल गरेका छन्।
डिएसपी अधिकारीले पानिट्यांकी नाकामा ट्याङ्कर चालकमाथि गरेको कुटपिट बारे चालकहरूले एसएसवी, प्रहरी कसैलाई उजुरी नगरेको भारतीय प्रहरीले जनाएको बताए।
नाकामा रोकिएका ५ वटा पेट्रोल डिजेलका ट्यांकर र ४० वटा मालबहाक ट्रक र कन्टेनर शुक्रबार राति नेपाल प्रहरीका डिएसपी अधिकारी र शसस्त्र प्रहरीका डिएसपी भण्डारीको कमाण्डमा भन्सार भित्रिएका छन्।

No comments:

Post a Comment