Contact us

18+(adult) only click here

Thursday, October 15, 2015

नेपाली खेलाडीलाई देशद्रोहको मुद्दा,,,एन्फाद्वारा सबै खेलाडी निलमभित ..

काठमाडौं— अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पैसा लिएर म्याचफिक्सिङ (खेलमिलेमतो) गरेको आरोपमा पक्राउ परेका पाँच राष्ट्रिय खेलाडीलाई प्रहरीले राज्यविरुद्ध गम्भीर षड्यन्त्र गरेको अभियोग लगाउँदै अनुसन्धान सुरु गरेको छ। राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री तथा पूर्व प्रशिक्षक अन्जन केसीविरुद्ध प्रहरीले राज्यविरुद्ध अभियोगमा अनुसन्धान सुरु गरेको हो। दशैँ विदाका कारण अदालत बन्द भएकाले प्रहरीले न्यायिक हिरासतमा राख्ने म्याद थप गर्न नसक्दा दशैँपछि म्याद थप गर्नेगरी बिहीबारबाट अनुसन्धान सुरु भएको हो।
महानगरीय प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३.३ मा रहेको प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। दफा ३ को उपदफा ३.३ मा 'कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद' हुने उल्लेख छ। 'अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीहरुले संगठित समूहसँग मिली खेल हारजीत गराएकाले यो कानुनमा टेकेर अनुसन्धान अगाडि बढाएका हौ', एसएसपी खनालले भने, 'महानगरीय प्रहरी परिसरसँग समन्वय गरी उनीहरुको सम्पत्ति छानवीनका लागि सम्पत्ति शुद्धिकरण विभागसँग समेत परामर्श गरिरहेका छौं।' सन् २००८ देखि २०१५ सम्मका ८ वटा खेलमा मिलेमतो गरेको र प्रतिखेल एक करोड रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ खेलाडी एन्फाद्वारा निलम्बन म्याचफिक्सिङ प्रकरणमा पक्राउ परेका पाँचै खेलाडीलाई अखिल नेपाल फुटबल संघले बिहीबार निलम्बन गरेको छ। 'फुटबल खेलमा मिलेमतो जस्तो सम्वेदनशील विषयको किनारा लगाएसम्म उल्लेखित ५ जना फुटबल खेलाडीहरु एवं प्रशिक्षकलाई फुटबलको कुनै पनि गतिविधिहरुमा संलग्न नगराइने' एन्फा महासचिब धिरेन्द्र प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एन्फाले खेल मिलेमतो प्रकरण अनुसन्धान गर्न नेपाल प्रहरीलाई सबै किसिमको सहयोग उपलब्ध गराउने समेत उल्लेख गरेको छ।

No comments:

Post a Comment