Contact us

18+(adult) only click here

Monday, October 19, 2015

गुगल ब्वायलाई अमेरिकामा सम्मान ....

व्यक्ति र देशको भविष्यवाणी गर्ने अद्भूत क्षमता भएका गुगल ब्वायका रूपमा परिचित आदित्य दाहाललाई लस एन्जल्सस्थित श्री पशुपतिनाथ फाउन्डेसनमा सोमबार सम्मान गरेको छ । उपचारका क्रममा अमेरिकामा रहेका दाहाल कहिल्यै नभेटेको र नदेखेको व्यक्तिका बारेमा पनि सबै कुरा बताइदिने क्षमता राख्दछन् । विसं २०६७ साउन ७ गते शेषराज दाहाल र ईश्वरा दाहालको पहिलो सन्तानका रूपमा जन्मिएका आदित्य नेपाल सरकारको खर्चमा उनको हाल अमेरिकामा उपचार भइरहेको छ । आदित्यको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दा उनका शेषराजले आदित्य संरक्षण प्रतिष्ठानमा बुझ्न आग्रह गर्नुभयो । हेर्दा स्वस्थ देखिने आदित्यको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण अमेरिकाका ल्याइएको हो ।

No comments:

Post a Comment