हामी बिहानै उठ्छौँ, खाजा खान्छौँ, खाना खान्छौँ अनि काममा निस्कन्छौँ । दिनभरको कामपछि साँझ घरमा फर्कियो, खाना खायो अनि सुत्यो । जिउ बिरामी भएमा ओखतिमूलो गर्ने, तन्दुरुस्त बन्न योगा तथा व्यायाम गर्ने त गरिन्छ, तर सरीरको जैविक प्रकृया, यसको संरचना, कार्यपद्धतिका विषयमा हामीलाई खासै चासो हुँदैन । चासो दिइसाध्य पनि छैन । किनकी हाम्रो सरीर यति आश्चर्यले भरिएको छ की यसका केही रोचक तथ्यहरु थाहा पाइयो भने आफै झसँग हुनु तथा दंग पर्नुको विकल्प छैन । आउनुस् तपाइँहाम्रो सरीरका केही रोचक तथ्य जानौँ
:
.एकजना स्वस्थ मानिसले हरेक वर्ष औषतमा १४५० पटक सपना देख्छ । अर्थात् औषतमा हरेक रात ४ वटा सपना ।
· जब तपाइँ हाछ्यूँ गर्नुहुन्छ, त्यसबेला मुख तथा नाकबाट निस्कने हावाको गति १६६ किलोमिटर प्रतिघण्टाको हुन्छ ।
· जब तपाइँ खोक्नुहुन्छ, त्यसबेला मुखबाट निस्कने हावाको गति १ सय किलोमिटर प्रतिघण्टा हुन्छ ।
· एक स्वस्थ पुरुषको अण्डकोषमा हरेक दिन झण्डै ५० करोड शुक्रकिट उत्पादन हुन्छन् ।
· मानिसले खाना खाने बेलामा जति जति पेट भर्दै जान्छ, उसको सुन्ने क्षमता उति उति कम हुँदै जान्छ । तर खाना पच्दै जाँदा, सुन्ने क्षमता फिर्ता भैरहेको
हुन्छ ।
हुन्छ ।
· आफ्नो पूरा जिवनमा एकजना मानिसले औषतमा ६० हजार ५६६ लिटर पानी पिउँछ ।
· महिलाहरुको मुटुको धड्कन पुरुषहरुको मुटुको तुलनामा छिटो हुन्छ ।
· आँशु तथा थुकमा लाइसोजाइम नामक इन्जाइम हुन्छ, जसले जिवाणुहरु नष्ट गर्न सक्छ ।
· मानिसले अन्तरीक्षमा मलद्धारबाट ग्याँस फाल्न अर्थात् पाद्न सक्दैन । किनकी अन्तरीक्षमा गुरुत्वाकर्षण बल हुँदैन, सोही कारण पेटमा तरल र ग्यास छुटि्टन
पाउँदैन ।
पाउँदैन ।
· जन्मिँदा बित्तिकैको नवजात शिशुले केवल कालो तथा सेतो रंगबाट छुट्टाउन सक्छ, अरु रंग छुट्टाउन सक्दैन । तर दिन बढ्दै जाँदा भने उसको आँखाको कलर
ब्लाइन्डनेस हट्दै जान्छ र अरु रंग पनि पहिचान गर्नसक्छ ।
· पृथ्वीमा मानिस र डलफिन मात्र त्यस्ता दुइवटा जिव हुन् जसले मानसिक सन्तुष्टिका लागि यौन सम्पर्क गर्दछन् ।
· सुन्ने क्रियामा पुरुषको बायाँ मस्तिष्कबाट सक्रिय हुन्छ भने महिलाको दायाँ र बायाँ दुबै मस्तिष्क सक्रिय हुन्छ ।
· ब्युँझेको बेला पुरुषहरुको औषतमा हरेक घण्टामा लिंग उत्तेजित अर्थात् कडा हुन्छ । तर सुतेको बेला भने हरेक आधा घण्टामा लिंग कडा भएको हुन्छ, जुन
हामीले थाहापाउँदैनौँ ।
हामीले थाहापाउँदैनौँ ।
· मानिसको मस्तिष्कमा स्नायुहरुको निकै वृहत जालो हुन्छ की उक्त जालोमा १ हजार खर्ब जडान हुन्छन् ।
· यदि मानिसहरुको आँखाको क्षमतालाई डिजिटल क्यामरा सँग तुलना गर्नेहो भने यो ५७६ मेगापिक्सेलको क्यामरा जत्तिकै शक्तिशाली हुन्छ ।
-
No comments:
Post a Comment