५ कात्तिक, काठमाडौं ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले गरेको अघोषित नाकाबन्दीको कारण दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । सत्ता गठबन्नकोतर्फबाट गठित उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका प्रचण्डले आपूर्तिको सहज व्यवस्थाको लागि भारतसँग विशेष कुटनैतिक पहल गर्न प्रचण्डले माग गरेका हुन् ।
विजय दशमीको अवसरमा प्रचण्डद्धारा जारी शुभकामना विज्ञप्तीमा भर्खरै जनताका प्रतिनिधिद्वारा संविधान निर्माण प्रक्रिया सम्पन्न र यसको कार्यान्वयन प्रक्रियामा अझै बाँकी छ । यसलाई कार्यान्वयन गराउनका निम्ति दलहरुबीच अझै दरिलो एकताको आवश्यकता रहेको बताएका छन्
सम्पूर्ण राजनीतिक दलहरुलाई एकताबद्ध भएर संविधान कार्यान्वयन प्रक्रियामा अगाडि बढ्न आग्रह गर्दै उनले संविधानमा आफ्ना कतिपय मुद्दा सम्बोधन नभएको भनी आन्दोलनमा रहनुभएका मधेशी, थारु, जनजाति लगायत सबै पक्षलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
No comments:
Post a Comment