Contact us

18+(adult) only click here

Wednesday, October 21, 2015

भारतीय नाकामा कुटिएपछि ......

लुम्बिनी (रुपन्देही) : केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया दुईजना भारतीय नागरिक नेपाली युवकको कुटपिटबाट घाइते भएपछि बुधबार बिहानैदेखि बन्द भएको छ । बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो । कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन । घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् । मङ्गलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएका छन् । नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ । भारतीय पक्षले मालबहाक तथा सवारीसाधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ जाने गाडी पनि भारत जानबाट रोक लगाइएको छ । कुटपिट गर्ने फरार रहेको र खोजी कार्य जारी राखेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

No comments:

Post a Comment