Sunday, October 18, 2015
अर्जेन्टिनामा ५.९ रिक्टर स्केलको भूकम्प, सयौ संरचनाहरु ध्वस्त .......
र्जेन्टिनामा ५.९ रिक्टर स्केलको भूकम्प आउँदा शनिबार एक जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।
भूकम्पका कारण एउटा स्कुल, सयौँ घर तथा खानेपानी लगायतका संरचनाहरु भत्किएका एल गाल्पनका नगरप्रमुख हेक्टर रोमेरोले बताउनुभयो ।
उत्तरी अर्जेन्टिनाको एल गाल्पन तथा साल्टा नजिकै केन्द्रविन्दू बनाएर आएको ५.९ रिक्टर स्केलको भूकम्पको धक्का अर्जेन्टिनाको ठूलो भूभागमा महसुस गरिएको अर्जेन्टिनी भूकम्पविज्ञले जनाएका छन् । देशको प्राय हिमाली क्षेत्रमा स्थानीय समयअनुसार करिब ८ः३० बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।
भुकम्प पृथ्वीको बाहिरी सतहबाट पाँच किलोमिटर गहिराइबाट आएको अमेरिकी भूकम्पीय अध्ययन संस्थाले जनाएको छ ।
सबैजसो संरचनामा ठूलो क्षति भएको छ । घरहरु भत्केका छन् । घर भत्किएपछि बिजुली, पानीलगायतका अति आवश्यक सामग्रीइका स्रोतहरु बिग्रिँदा जनजीवनमा नराम्रोसँग असर परेको छ ।
शनिबार स्कुल बिदाको दिन भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment