असोज, काठमाण्डौ
समुन्द्र शास्त्रमा हाम्रो शरिरमा भएका तिल कोठीको बारेमा बताउँदै कैयौ शुभ लाभ दिने कोठीहरुका बारेमा पनि उल्लेख गरिएको छ ।
जसमा दश स्थान यस्ता छन् जहाँ कोठी हुनेहरुलाई धन लाभ हुन्छ । धनको आवश्यकता कहिल्यै पनि पर्दैन ।
१. यदि आखी भौको बिचमा तपाईको कोठी छ भने तपाँई निकै नै भाग्यमानी हुनहुुन्छ । यसलाई दाम्पत्य जिवनको लागि र धनको लागि निकै नै शुभ मानिन्छ ।
२. जसको नाकको दाहिने पट्टी कोठी हुन्छ यस्ता व्यत्तिहरु कम मेहेनतमा नै धन प्राप्त गर्ने हुन्छन् । यस्ता मानिस निकै भाग्यमानी हुन्छन् ।
३. यदि तपाँईको चिउडोमा कोठी छ भनेपनि तपाँईलाई कहिल्यै धनको अभाव हुदैन । किनकी आय आर्जनको सा्रेत सधै तपाईको साथमा हुन्छ ।
४. जसको हातको चोर औलामा कोठी हुन्छ त्यो मानिस धनवान त हुन्छ तर शस्त्रुको डर भने सधै भईरहन्छ ।
५. हातको कान्छी औलामा कोठी हुने मानिसहरु सम्पन्नशाली हुन्छन् । तर जिवनमा अशान्ती र तनाव भने भईरहन्छ ।
६. यदि तपाँईको पनि पिठ्युँमा कोठी छ भने यो राम्रो सकेंत हो । यस्ता मानिसहरु रोमान्टीक हुनुका साथै धनवान पनि हुन्छन् । यस्ता मानिसहरु निकै धनसम्पति कमाउँछन् र चर्चा पनि प्राप्त गर्छन् ।
७. समुन्द्र शास्त्रमा पेटमा कोठी हुनुलाई शुभ मानिदैन । यसलाई मानिसको दुर्भाग्यको सुुचक मानिन्छ । यस्ता मानिसहरु खानपिनका सौखिन हुन्छन् तर यदि कोठी नाभिको वरिपरी छ भने चाहि धन समृद्धीको मौका मिल्छ ।
८. यदि नाभिको अलिकती तल तपाँईको कोठी छ भने तपाँईलाई कहिल्यै पनि धनको कमी हुदैन ।
९.यदि तपाँईको खुट्टाको बुढि औलामा कोठी छ भने तपाँई समाजमा प्रतिष्ठीत र सम्मानित व्यक्ति हुनु हुनेछ ।
No comments:
Post a Comment