Contact us

18+(adult) only click here

Wednesday, November 4, 2015

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र............

एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ जना रहेको छ । यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो ।
principality-of-sealandबेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ । यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो । सन २०१२ अक्टूबर ९ मा रोय बेट्स नाम गरेका व्यक्तिले आफुलाई सो सील्याण्डको राजकुमार घोषित गरेका थिए । रोय बेट्सको मृत्यु पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् ।
सील्याण्डको क्षेत्रफल निकै कम रहेको छ । हुनत आजसम्म सील्याण्डलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिएको छैन संयुक राष्ट संगले तर पनि अहिले आफुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिलाउन प्रयासरत रहेको छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटी रहेको छ ,जसको क्षेत्रफल ०.४४ वर्ग किलोमीटर र जनसंख्या ८०० रहेको छ ।

only adult click below>>>>>>>>>>>>>>>>>>>


को हुन् मदेशको आन्दोलनकारीलाइ भारतीय भुमिमा खाना दिने ? किन अब नदिने निर्णय गरे त पढ्नुहोस




वीरगन्ज – मितेरी पुलमा धर्नामा बसेका मोर्चाका नेता कार्यकर्ताका लागि भारतीय व्यापारीले रक्सौलमा सञ्चालन गरेको निःशुल्क मेस सोमबार बिहानदेखि बन्द गरिएको छ ।
नाकामा धर्ना सुरु भएको दिन असोज ७ गतेदेखि नै रक्सौलका व्यापारी महेश अग्रवालले मोर्चाका नेताकार्यकर्तालाई बिहान–बेलुकै खाना खुवाउन निःशुल्क मेस चलाउँदै आएका थिए ।
मेसमा झन्डै एकहजार आन्दोलनकारीले खाना खाँदै आएका थिए । सोमबार भातरीय युवकको मृत्यु भएपछि मेस बन्द भएको हो ।
मोर्चाका नेताहरुले मंगलबार अग्रवाललाई भेटेर मेस पुनः सञ्चालन गर्न आग्रह गरे पनि उनले मानेका छैनन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
only adult click below >>>>>

प्रहरी एसएसपी नै ठगको फन्दामा परेपछि.......आफैलाई अनुसन्धान गर्ने प्रहरीलाइ ठगि ......


काठमाडौं – राजधानीमा एक यस्ता माष्टरमाइन्डेड ठगहरु भेटिएका छन्, जसले आफूमाथि अनुसन्धान गरिरहेको प्रहरीलाई नै ठग्न सफल भएका छन् । तीन साताअघि लतिलपुरमा पक्राउ परेका ठग राजकुमार चापागाईले एसएसपीलाई नै पटकपटक ब्ल्याकमेलिङ गरेको खुलेको छ ।
thief
पाँच दिनअघि पुर्पक्षका लागि जेल चलान भएका चापागाईले महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी उत्तम कार्कीलाई ठगी गरेका हुन् । चापागाईले आफू प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिव वसन्त गौतम भन्दै फोन गर्थे र विभिन्न सिफारिस गर्थे । एसएसपी कार्कीले पनि उनको फोन नम्बर वसन्त गौतम भनेर सेभ गरेका थिए । फोन आउनेबित्तिकै जयनेपाल सर भन्दै मिठो बोल्थे । चापागाईले त्यसरी ३–४ पटकसम्म एसएसपी कार्कीलाई फोन गरेर काम लगाएको अनुसन्धानमा खुलेको छ । चापागाई पक्राउ परेपछि मात्रै कार्कीले आफू ठगिएको चाल पाएका हुन् ।
त्यसो त उनलाई लतिलपुर प्रहरीले व्यापक खोजी रहेकै बेला लतिलपुरका प्रहरीलाई पनि सजिलै उनले झुक्याएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
only adult click below ( adult content) >>>>>>>>>>>>

आफ्नो नागरिक मरेको रिसमा "मधेसी नेतामाथि भारतीयद्वारा हातपात" गरेपछि .... तस्बिर सहित हेर्नुहोस





वीरगन्ज: रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेताकार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन्। 
 
३०-४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन्।मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका बासिन्दा आक्रोशित भएका हुन्।
 
नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्नुका साथै दुव्र्यवहार गरेको बताए। 
 
उनले भने, 'उनीहरूले हातपात त गरेनन् तर जथाभाबी बोल्दै गालीगलौज गरे। तर धर्नामा बसेका मोर्चाका एक नेताले भने भारतीयहरूले अपशब्द बोल्दै गालीगलौज गरेर केही नेतालाई हातपात गरेको बताए।
ती भारतीय नागरिकले मोर्चाका नेता रातभरि घरमा सुतेर कार्यकर्तालाई मात्रै धर्नामा बसाएको, प्रहरीको गोलीको सिकार कार्यकर्ता र सर्वसाधारणलाई बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। मोर्चाका नेता इमानदारीपूर्वक आन्दोलनमा नलागेको उनीहरूको भनाइ थियो। (भारतीयको धम्कीपछि मोर्चाका नेता वीरगन्ज नाकाबाट गायब)
 
मोर्चाका नेताले नसके 'मधेस आन्दोलन सफल बनाउन वारपारको लडाइँ लड्न आफूहरू तयार रहेको' बताउँदै उनीहरूले अबदेखि मोर्चाका नेतालाई धर्नामा बस्न नदिने चेतावनी पनि दिएका थिए।आक्रोशित भारतीयले मोर्चाका नेताकै गल्ती र बेइमानीका कारण भारतीय युवक मारिएको आरोप पनि लगाएका थिए। 
 
वीरगन्जमा प्रहरीको गोलीबाट मृत्यु भएका भारतीय युवकको शव वीरगन्जबाट भारत लैजाने क्रममा भारतीयले धर्नामा बसेका मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गरेको संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबु यादवले बताए।भारतीयले दुव्र्यवहार गर्दै धम्की दिएपछि मोर्चाका अधिकांश नेता मंगलबार साँझदेखि धर्नास्थल छाडेर हिँडेका छन्। 
 
धर्नास्थल मितेरी पुलमा मंगलबार बेलुकादेखि मधेसी दलका केन्द्रीय स्तरका कोही नेता छैनन्।'दिउँसो एकदुईजना केन्द्रीय नेता धर्नामा बसेका थिए तर भारतीयले धम्क्याएपछि यहाँबाट एकाएक गायब भए', धर्नामा बसेका मधेसी दलका एक युवाले भने। 
 
सद्भावना पार्टीका केन्द्रीय सदस्य पटेलले भने स्थिति असहजजस्तो भएकाले रातिको समयमा बस्नु उचित नलागेर घरतिर हिँडेको बताए। संघीय समाजवादी फोरम नेपाल पर्साका सदस्य मदन यादवले धर्नामा फोरम नेपालका मात्र ५०-६० कार्यकर्ता बसिरहेको बताए।
 
भारतीयले सोमबार साँझ पनि मितेरी पुलमा धर्ना बसेका मधेसी मोर्चाका नेताकार्यकर्तामाथि आक्रमण गरेका थिए। साँझ ५ बजेतिर लाठी र भाटा बोकेर रक्सौलबाट आएका भारतीय नागरिकले धर्नामा बसेका सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय निजामुदिन समानी र देवेन्द्र मि श्रमाथि हातपात गरेका थिए। 
 
हातपात हुन थालेपछि नेता मिश्र भागेर नेपाल प्रहरीको शरणमा पुगेका थिए । भारतीयले मोर्चाका कार्यकर्ताका १० वटा मोटरसाइकल पनि तोडफोड गरेका थिए।

below link is only for adult>>>>>>>>

भारतीय जनताको धम्कीपछि मोर्चाका नेता वीरगन्ज नाकाबाट यसरि गायब भएछन्




वीरगञ्ज : सोमबार नेपाली सुरक्षाकर्मीसँगको झडपमा आफ्ना देशका नागरिक मारिएको शोकमा आक्रोशित भारतीय नागरिकहरुले मंगलबार बेलुका कुटपिट गर्दै धम्की दिएपछि मधेसी मोर्चाका अधिकांश नेताले वीरगञ्जस्थित मितेरी पुलको धर्नास्थल छाडेका छन् । 

रक्सौलका २५ वर्षीय युवा आशीषकुमार राम मारिनुमा मोर्चाकै नेता कार्यकर्ता दोषी रहेको जनाउँदै  रक्सौल निवासी भारतीय नागरिकहरुले केही नेतालाई कुटपिट तथा दुर्व्यवहार गरेपछि मोर्चाका अधिकांश नेताहरु मंगलबार साँझदेखि मितेरी पुलको धर्नास्थल छाडेर हिँडेका हुन् ।

धर्नास्थल मितेरी पुलमा मंगलबार बेलुकीदेखि मधेसी दलका केन्द्रीयतहका कोही पनि नेता छैनन् । धर्नास्थल मितेरी पुलमा अहिले मोर्चाका जिल्लास्तरका नेता कार्यकर्ता मात्रै धर्नामा बसेका छन् । 
 
‘दिउँसो एक दुईजना केन्द्रीय नेता धर्नामा बसेका थिए, तर भारतीयहरुले धम्क्याएपछि उनीहरु  यहाँबाट एकाएक गायब भए’, धर्नामा बसेका मधेसी दलका एक युवा नेताले मंगलबार बेलुकी अन्नपूर्ण पोस्ट्लाई भने । 

सद्भावना पार्टीका केन्द्रीय सदस्य केन्द्रीय सदस्य शिव पटेलले मितेरी पुलको स्थिति असहज भएकाले त्यहाँबाट हटेको बताए । 

‘धर्नास्थल मितेरी पुलको स्थिति असहज जस्तो भयो’, मंगलबार बेलुकी घर फर्किएका सद्भावना पार्टीका केन्द्रीय सदस्य पटेलले भने, ‘त्यसैले रातिको समयमा बस्न उचित लागेन ।’

यस्तै संघीय समाजवादी फोरम नेपाल पर्साका सदस्य मदन यादवले भने धर्नामा फोरम नेपालका मात्र ५०-६० कार्यकर्ताहरु बसेको बताए ।

फोरम नेपाल बाहेक अरु सबै दलका नेता कायकर्ता धर्नास्थल छाडेर हिँडेको उनले बताए । ‘उनीहरु किन हिँडे हामीलाई पनि थाहा छैन’, उनले भने, ‘अरु दलका नेता कार्यकर्ताहरु धर्ना छाडेर हिँडेपनि फोरम नेपालले नाकाबन्दीलाई जारी नै राख्ने छ ।’

भारतीयहरुले सोमबार साँझ पनि मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका नेता कार्यकर्ताहरुमाथि आक्रमण गरेका थिए ।

समोबार साँझ ५ बजे तिर लठ्ठी र भाटा बोकेर रक्सौलबाट आएका भारतीयहरुले धर्नामा बसेका  सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय निजामुदिन समानी र देवेन्द्र मिश्रमाथि हातपात गरेका थिए । 

हातपात हुन थालेपछि नेता मिश्र भागेर नेपाल प्रहरीको शरण लिएका थिए । आक्रोशित भारतीयहरुले सामेबार साँझ मितेरी पुलमा धर्ना बसेका मोर्चाका कार्यकर्ताहरुका करिब १० वटा मोटरसाइकलमा तोडफोड गरिदिएका थिए ।
    only adult click below >>>>>>>>>>

Tuesday, November 3, 2015

कहाँ कहाँ छ नेपालमा पेट्रोल खानी ? ..share गरेर सरकारको कानमा पुर्यौनुहोस


–नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएर पनि अध्ययनका लागि सरकारले ध्यान नदिंदा भारतमाथि निर्भर रहनु परेको छ ।  नेपालमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको लामो समयसम्म त्यसको खोज अनुसन्धान लगायत उत्खनन्मा ध्यान नदिंदा नेपाल पेट्रोल र ग्यासमा निर्भर हुनु परेको हो । पूर्वदेखि पश्चिमका चुरे र महाभारतका १० वटा क्षेत्रमा पेट्रोलियम पदार्थ भएको ३२ वर्षअघि प्रमाणित भएको थियो । खानी तथा भूगर्व विभागका भूगर्वविद प्रमोद सिंखडाका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको चुरे तथा महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएका ठाउँहरुको पहिचान गरी १० वटा व्लकमा बाँडिएको छ । ‘व्लकमा बाँडिएका ठाउँहरुमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको छ ।


 तर, काम अगाडी बढ्न सकेको छैन’– सिंखडाले भने ।  उनका अनुसार धनगढी, नेपालगञ्ज, लुम्विनी, चितवन, बीरगञ्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगरलाई छुट्टाछुट्टै व्लकमा विभाजन गरिएको छ । ‘विभाजन गरिएका व्लकहरुको ५ हजार स्क्वाएर किमि भीत्रमा पेट्रोलियम पदार्थ छ ।’खानी तथा भूगर्व विभागले सम्भाव्यता भएका क्षेत्रहरुमा अध्ययन गरी पेट्रोलियम पदार्थ भएको प्रमाणित भएपछि ३२ वर्षअघि ती क्षेत्रहरुलाई विभिन्न व्लकहरुमा बाँडेको थियो । तर, ३२ वर्षसम्म व्लकमा बाँड्ने बाहेक केही काम हुन सकेको छैन । क्षेत्रगत रुपमा विभाजन गरिएका ठाउँहरुमा पेट्रोलियम पदार्थको परिमाण र  निकाल्न सक्ने सम्भावना लगायतको अध्ययन गर्नका लागि चार वटा विदेशी कम्पनीलाई इजाजत दिइएको थियो । तर,  अनुमति पाएका  कम्पनीहरुले काम नगरेपछि उनीहरुको अनुमतिपत्र खारेज गरिएको छ ।  पृथ्वीको गर्भमा रहेको पेट्रोलियम पदार्थको परिमाण, उत्खननको सम्भावना लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न धेरै खर्च लाग्ने भएकाले पनि अहिलेसम्म काम अगाडी बढ्न नसकेको सिंखडाले बताए । ‘खर्च बढी लाग्ने भएकाले यसमा ध्यान जान नसकेको हो ।


 नेपालमै उत्खनन् भयो भने देशकै कायापलट हुन्छ ’– सिंखडाले बताए ।  ​दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको लेदो  चारवटा विदेशी कम्पनीले इजाजत लिए पनि उनीहरुले नेपालमा द्वन्द्वको कारण देखाउँदै काम गरेका थिएनन् । लामो समयसम्म लाइसेन्स लिएर काम नगर्ने कम्पनीहरुको लाइसेन्स सरकारले हालैमात्र रद्द गरेको हो । सरकारीस्तरबाटै तदारुकताका साथ काम भएको भए अहिलेसम्म परिणाम आइसक्ने सिंखडाको भनाई छ ।  भारतले २०४५ सालमा नाकाबन्दी गर्दा भोगेको कठिनाईलाई सम्झेर आत्मनिर्भर हुन प्रयास गरेर तदारुकताका साथ सरकारले काम गरेको भए अहिले नेपालमै पेट्रोलियम पदार्थको खानी चलेको हने सिंखडाले बताए ।  ‘पहिचान  गरिएका क्षेत्रमा अहिलेसम्म राम्रो नतिजा देखिएको छ । त्यसकारणले सम्भावना राम्रो छ भन्ने विश्वास छ ’–सिंखडाले भने । प्राविधिक र बजेट अभावमा नेपाल आफैले पहिचान गरिएका ठाउँहरुमा थप अध्ययन गर्न सक्दैन । प्रतिशप्रर्धाका माध्यमबाट विदेशी कम्पनीहरुको छनोट गर्न टेण्डरको तयारी भैरहेको छ ।  सिंखडका भनाईमा छनोटमा परेका कम्पनीहरुलाई सरकारले सुरक्षा लगायत आवश्यक पर्ने सम्पूर्ण वातावरण मिलाइदिने हो भने दुई–तीन वर्ष भित्रनै पेट्रोलियम पदार्थको निक्र्यौल गरी खानी सञ्चालनको लागि पूर्व तयारी हुनसक्छ र त्यसको थप ३ वर्षभिीत्र खानी सञ्चालन गर्न सक्ने संभावना छ । ‘त्यसकालागि सरकार गम्भीर हुनुपर्छ ’–उनले भने ।

  दैलेख जिल्लाका नामीस्थान र श्रीस्थानमा अहिलेपनि ग्यासबाट ज्वाला बलिरहेको छ । यो पेट्रोलियम पदार्थ भएको प्रमाण हो । अहिले वलिरहेको स्थानमा भन्दा अन्यत्रबाट ग्यास बगेर उक्त ठाउँमा आएर बल्ने भएकाले कुन ठाउँमा खानी छ , त्यसको पहिचान हुन सकेको छैन । ‘अहिले बलेकै ठाउँमा खानि भएको भए त सजिलो हुन्थ्यो । माथिबाट बगेर आएको ग्यास बलेको हाम्रो अनुमान हो । अध्ययनपछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने धेरै सम्भावना छ ’–सिंखडाले भने ।   



telkuwa

दैलेख जिल्लाको पादुकास्थान, नाभिस्थान र शीर्षस्थानमा सतहमै तेल देखिएका छन् भने मुक्तिनाथमा जमिनमुनिबाट ग्यास बलिरहेको उदाहरण छ । त्यसको तल सुर्खेततर्फ तेल हुने बलियो संकेत हो, त्यहाँको भूगर्भमा आवश्यक पर्ने चट्टानी दरार देखिन्छन् ।
पेट्रोलियम अन्वेषणमा चर्चित भनाइ छ, ‘जमिनमा प्वाल (ड्रिल) नपारेसम्म केही भन्न सकिँदैन ।’ कम्तीमा आधा दर्जन ड्रिल गर्दा एउटा तेलकुवा भेटिन सक्छ । सन् १९८५ मा नेदरल्यान्डको सेल र अमेरिकाको ट्राइटन कम्पनीले खण्ड १० अन्तर्गतको विराटनगरमा ३ हजार ५ सय २० मिटरसम्म ड्रिल गरे पनि तेलकुवा भेटाएन ।
त्यसपछि पटकपटकको अन्तर्राष्ट्रिय टेन्डर आह्वानमा कुनै कम्पनीले दर्खास्त हालेनन् । पछि अमेरिकाको टेक्साना रिसोर्सेस र बेलायती केर्न इनर्जीले क्रमश: १९९८ र २००४ मा सरकारसँग सम्झौता गरेका थिए । तर, द्वन्द्वलाई कारण देखाएर पेट्रोलियम नियमावलीको व्यवस्था अनि ‘काबुबाहिरको अवस्था’ भन्दै बिनाठोस काम सम्झौता बढाएर बसे । केही भूगर्भिक अध्ययनबाहेक खासै काम गरेनन् ।
धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज र मलंगवा खण्ड केर्नले ठेक्कामा लिएको थियो भने नेपालगन्ज र चितवन टेक्सानाले । माओवादी द्वन्द्व सकिँदा पनि काम सुरु नगरेको भन्दै सरकार यी दुवै कम्पनीसँग असन्तुष्ट थियो । बाँकी रहेका तीन खण्डमध्ये जनकपुर र राजविराजमा यूएईको कम्पनी इमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप ( ईएबीजी)ले र खण्ड विराटनगरमा अमेरिकाको बीबीबी च्याम्पियन्सले सन् २०१२ मा सम्झौता गरेका थिए । तर, पछिल्ला दुवै कम्पनीले कामै थालेनन् ।
यिनै कारणले अहिले सरकारले चारवटै कम्पनीसँग सम्झौता रद्द गरेको छ । अहिले दसवटै अन्वेषण खण्डका लागि पुन: नयाँ बोलपत्र आह्वानको तयारी भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतो बताउँछन् । भन्छन्, “काम हुन नसक्नुमा दुवै पक्षका कमजोरीलाई केलाएर हामी कानुनी प्रावधान संशोधन गर्दैछौँ ।”
त्यसो त अब पेट्रोलियम भेटिहालेमा प्रान्तीय सरकार वा केन्द्रीय सरकार कोसँग जवाफदेही हुने भन्ने कानुनी रूपमा स्पष्ट नभएसम्म नयाँ बोलपत्र नै गरेता पनि कम्पनीहरू आउने स्थिति छैन । त्यसै पनि जटिल कानुन र भ्रष्ट कर्मचारी संयन्त्रका बीच ‘जुवा’ मानिने अन्वेषणको जोखिम कम्पनीहरू लिन चाहँदैनन् । अर्बौं खर्चेर पनि पेट्रोल नभेटिएर रित्तो फर्कनुपर्ने हुनाले पनि उनीहरू बढीभन्दा बढी सुनिश्चितता खोज्छन् । पेट्रोलियम अन्वेषण परियोजनाका निर्देशक रहिसकेका खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक राजेन्द्रप्रसाद खनाल भन्छन्, “अब कानुनमा एकद्वार नीतिलाई प्राथमिकता दिन्छौँ ।”
सेल र ट्राइटनले ड्रिल गर्दाताका भारतले नाकाबन्दी गरेको थियो र उक्त कामका लागि बंगलादेश, सिंगापुरबाट हवाईजहाजमा इन्धन ल्याइएको थियो । तर, तेलकुवा भेटिएन । सरकारसँग सम्झौता भएको चारवर्षे अवधि सकियो तर राजनीतिक अस्थिरताका बीच कम्पनीले समय थप्न चाहेनन् । महानिर्देशक महतो भन्छन्, “उसले थप पाँच सय मिटर ड्रिल गरेको भए अवस्था स्पष्ट हुन्थ्यो ।”
त्यसपछि आएका चार कम्पनीमध्ये केर्न इनर्जी अन्वेषणमा प्रतिष्ठित कम्पनी हो । नेपालसँगै उसले भारत, बंगलादेश र श्रीलंकामा पनि काम सुरु गरेको थियो । छिमेकी मुलुकमा सफलता पाएर अन्य कम्पनीलाई तेलकुवा बेचेर फर्किसकेको अवस्थामा उसले नेपालका लागि मात्रै भनेर तत्काल काम अगाडि बढाउन चाहेन । टेक्साना रिसोर्सेजले अन्वेषण खण्ड परिवर्तन गर्न खोजे पनि सरकारले अनुमति नदिएकाले आफ्नो एक अर्ब खेर गएको भन्दै क्षतिपूर्ति दाबी गरेको छ ।
विश्वभर पेट्रोलियम कम्पनीले एकैपटक धेरैतिर सम्झौता गर्छन् र सम्भावना उच्च भएका क्षेत्रलाई प्राथमिकता दिन्छन् । मध्यपूर्वमा एक हजार मिटर ड्रिल गर्दामै भेटिने तेलकुवा नेपालमा चार हजार मिटरसम्म खन्नुपर्ने हुन्छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने समान हुन्छ । सरकारले आफैँ चासो दिएर जोखिम मोल्नसमेत तयार राम्रा कम्पनीलाई आउने वातावरण तयार पार्नुपर्ने अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारी भन्छन्, “अब १० वटै खण्डमा असली नियत, क्षमता र भूगर्भीय ज्ञानका आधारमा नयाँ कम्पनी छनोट गर्नु राम्रो हुन्छ ।”
only adult click here>>>>>>>>>>>>>>>>>


अब नेपालमा पनि पेट्रोल उत्खनन हुने -उद्योगमन्त्री ..,कसरि र कहाँ कहाँ हुने ..पढ्नुहोस १ share गर्नुहोस


उद्योगमन्त्री सोमप्रसाद पाण्डेले कोईला र पेट्रोलियम पदार्थ हुन सक्ने नेपालका सम्भावित स्थलहरुको अन्वेषण तथा उत्खनन्को कार्य सुरु गरिने बताएका छन्।
भारतको नाकाबन्दीका कारण सबैभन्दा ठूलो नोक्सानी उद्योग क्षेत्रले भोग्नुपरेको भन्दै उद्योगमन्त्री पाण्डेले सरकारले पेट्रोलियम पदार्थ हुनसक्ने नेपालगञ्ज, विराटनगर लगायतका १० वटा सम्भावित केन्द्रहरुको अन्वेषण र उत्खनन् गर्ने बताएका हुन्।
प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उद्योग मन्त्री पाण्डेले नाकाबन्दीका कारण देशभर संकट भइरहेपनि जनतामा राष्ट्रियता र स्वाभिमानप्रति जागृत भएको भावनाको कारण सरकारलाई हौसला र प्रेरणा मिलेको बताए।
भूकम्पबाट थिलोथिलो भएका नेपालीहरु उठ्न नपाउंदै भारतले गरेको नाकाबन्दीलाई सहज बनाउने नाममा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
'नेपाल र नेपालीको स्वाभिमानलाई बिर्सिएर सरकारले कुनै सम्झौता गर्दैन त्यसको विकल्पमा देशभित्रै रहेका सम्भावनाहरुको खोजी शुरु गर्छ,' उनले भने। 
ईन्धन अभावका कारण बन्द रहेका उद्योग व्यवसाय संचालन गर्न अन्य मुलुकबाट भएपनि ईन्धन आपुर्ति गर्नुपर्ने उनले बताए। 
बन्द अवस्थामा रहेका कुनैपनि उद्योगलाई निजिकरण गर्ने पक्षमा आफु नरहेको बताउंदै उनले ९ वर्षदेखि बन्द रहेको बुटवल धागो कारखानालाई धागो कारखानाकै रुपमा स्थापित गर्ने दाबी गरे।
'मेरो कार्यकालमा कुनै उद्योग बेच्नेवाला छैन, संचालनको मोडेल फरक हुन सक्ला तर धागो कारखानाकै रुपमा संचालन हुन्छ र त्यसको लागि विस्तृत अध्ययन गरेपछि सरकारले निर्णय गर्छ' मन्त्री पाण्डेको भनाई थियो।
लामो समयसम्मको आन्दोलन तथा नाकाबन्दीका कारण उद्योग क्षेत्र अत्यन्त प्रभावित बनेको भन्दै उनले उद्योगीहरुको राहत र सहुलियतको लागि सरकारले योजना बनाउने बताए।
भैरहवामा स्थापना गरिएको विशेष आर्थिक क्षेत्र सेजको जग्गा भाडा र कतिपय नितीका कारण उद्योगीहरु आउन नसकेको उल्लेख गर्दै नितीगत परिवर्तन गरेर र कमिटी गठन गरी भाडा घटाएर भएपनि एकवर्ष भित्रमा सेज सञ्चालनमा ल्याइने बताए।  
only adult go in this link >>>>>>>>>>>>>>>