Contact us

18+(adult) only click here

Saturday, December 26, 2015

चितवनमा अनौठो बच्चा जन्मियो

balak-final-fianl
balak-final-fianl





चितवनको भरतपुर अस्पतालमा अनौठो प्रकृतिको बच्चा जन्मिएको छ । झट्ट हेर्दा रोबोटजस्तो देखिने बच्चाको आँखा छैनन् भने शरीर र हात–खुट्टा निकै कडा लट्ठी जस्ता छन् । अस्ती मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकी रत्ननगर नगरपालिका मालपुरकी बबिता मुशहरबाट अनौठो प्रकृतिको बच्चा जन्मिएपछि चिकित्सकहरु त्यसबारे अनसन्धान गर्न जुटेका छन् । भरतपुर अस्पतालका स्त्री तथा प्रसुति विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले केही फरक प्रकृतिका बच्चा जन्मिने गरेको भएपनि यस्तो स्वरुपमा बच्चा नदेखेको भन्दै आवश्यक अध्ययन भइरहेको बताए ।
only for adult >>>>>>>>click here>>


Thursday, December 24, 2015

किन बेचियो NCELL .....पढ्नुहोस


पौष ६, काठमाडौं ।
नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल मलेसियनन एक्जियटा ग्रुपले किनेको छ । दुबै कम्पनीबीच एक १.३७ बिलियन (करिब १ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) मा किनबेच सम्झौता भएको बताइएको छ ।
टेलियासोनेराले सोमबार विज्ञप्ती जारी गरी आफूसँग भएको ६० दशमलब ४ प्रतिशत सेयर १०३० मिलियन अमेरिकी डलरमा बिक्री गरेको जनाएको छ ।
एक्जियटाले भाइजर समूहसँग रहेको १९ दशमलब ६ प्रतिशत सेयर समेत किनेको छ । उसले कम्पनीको ८० प्रतिशत सेयर आफ्नो स्वामित्वमा राख्ने भएको छ ।
वैदेशिक लगानीमा कम्पनी सञ्चालन गर्दा कम्तिमा २० प्रतिशत नेपाली नागरिकको लगानी हुनुपर्ने कानूनी प्रावधान अनुसार एक्जियटाले भावना सिंह श्रेष्ठलाई स्थानीय साझेदारको रुपमा छानेको छ । जस अनुसार यसअघिका स्थानीय साझेदार रहेका निरज श्रेष्ठले आफ्नो २० प्रतिशत सेयर भावना सिंहलाई बेचेका छन् ।
टेलियासोनेराले केही महिनाअघि यूरोप र एसियाली देशबाट लगानी फिर्ता गर्ने घोषणा गरेको थियो ।
मलेसियन कम्पनी एक्जियटा समूहले एसियाका विभिन्न देशमा मोबाइल सेवा सञ्चालन गर्दै आएको छ ।

only adult click here >>>>>>

सरकारले सुरक्षा दिन नसकेपछि भरिएका ५० हजार ग्यास सिलिण्डर त्यसै थन्कियो/उपभोक्तालाई भने सास्ती -


पौष ९, काठमाडौं ।
सरकारले समन्वय गर्न नसक्दा काठमाडौं उपत्यका सहित मुलुकमा ग्यासको प्रभावकारी वितरण हुन सकेको छैन । विभिन्न कम्पनीका ग्यास डिपोमा थन्किएर वसेपछि स्थानीय प्रशासन र प्रहरीले सुरक्षा दिन नसक्दा ग्यास वितरण हुन नसकेको हो ।
कतिपय स्थानमा स्थानीय प्रशासन र व्यवसायीबीच समन्वय हुन नसक्दा वितरणमा समस्या देखिएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु घिमिरेले स्वीकार गर्नुभयो । व्यवसायीले अहिले ग्यास कहाँबाट कसरी विक्रि गरिरहेका छन् कसैलाई पत्तो छैन । कालोबजारीमा ग्यास सहजै पाउन सकिन्छ । तर वैधानिक बाटोबाट उपभोक्ताले ग्यास पाउन सकिरहेका छैनन् । सरकारले ग्यासको प्रभावकारी वितरण सम्वन्धी व्यवस्था मिलाउन नसक्दा धादिङका विभिन्न उद्योगमा भरेर राखेका ५० हजार भन्दा वढी सिलिण्डर त्यसै थन्किएर बसेको छ ।

only adult go here >>>>>

Saturday, December 19, 2015

काठमाडौं, पुस ४ । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने एउटै छन् काठमाडौँ, वसुन्धराका माधव कार्की ।


मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्योमहत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन्। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँकेका हुन ।
मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई सुरक्षित गन्तव्यमा पुर्‍याउँदा चालक कार्कीका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाए । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन् ।
विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गरेका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका हैनन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए ।
प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफैंमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहेका छन् ।
कुनै प्रधानमन्त्रीलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई थियो, छ । बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ ।
प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा ९५० देखि ८०० को गतिमा हाँक्नुपर्छ ।
चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । ‘प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन’,कार्कीले भने ।
यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसक्नुभएका उनलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । ‘मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको छ’ रासससँगको कुराकानीमा कार्कीले भने ।
अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लाग्नुभएका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हुँदैछन् । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी छन् ।
चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुँदा जोखिम निम्तन सक्छ ।
बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब रु सात करोड मूल्यको छ । सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको रु आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ ।
सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन् तर विशेष समारोहमा गाडी पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ ।
प्रधानमन्त्रीका आफ्नै सोख
चालक कार्कीले अहिलेसम्मका प्रधानमन्त्री थरिथरि सोखका पाएका छन्  । वर्तमान प्रधानमन्त्री ओली तथा तत्कालीन प्रधानमन्त्री देउवा, दाहाल र भट्टराईलाई बढी गति मन पर्छ ।
थापा र निवर्तमान प्रधानमन्त्री सुशीललाई भने कम गति मनपर्छ । यतिका प्रधानमन्त्रीमध्ये गिरिजाप्रसादले मात्र चालक कार्कीका बारे बढी चासो लिएका रहेछन् । प्रधानमन्त्री कोइरालाले त तीन पटक उनको घरमा पुगी अवस्थाबारे सोध्ने गर्थे । अहिलेका प्रधानमन्त्री ओलीले पनि घरपरिवारको अवस्थाबारे चासो लिन्छन् ।
कार्कीले भने,‘प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सबैलाई बालुवाटारमै बोलाएर सामूहिक तस्बिर खिचाए । अरुसँग त्यस्तो क्षण रहेन ।’ चालक कार्कीको निपुणतालाई देखेर तत्कालीन प्रधानमन्त्री दाहालको समयमा उनलाई निजामती पुरस्कार–२०६५ बाट सम्मान गरिएको थियो । रासस
only adult click here >>>>>>>>>>>>>>>>>>>>>>

नेपालको बाटो हुदै आइएसले भारतमा आक्रमण गर्ने तयारी

स्लामिक स्टेट आइएसले नेपालको बाटो हुदै भारत पसेर हमला गर्ने योजना बनाईरहेको खुलासा भएको छ ।नेपालमा भई रहेको मधेश आन्दोलनको फाइदा उठाउदै आइएस नेपालको बाटो हुदै भारत प्रवेश गर्ने योजनामा रहेको तथ्य एक भारतीय राष्ट्रिय दैनिकले सार्बजनिक गरेको हो । हेर्नुस सो भारतीय राष्ट्रिय दैनिकले छापेको समाचारको भावानुबाद ।
योजना अनुसार भारतीयले नयाँ बर्षको उल्लास मनाईरहेको बेला आइएसले भारतमा हमला गर्ने छ । आइएसको योजना विफल गराउन गृह मंत्रालयले नेपाल सीमामा रहेका सीमा सुरक्षा बल (एसएसबी)लाई शतर्क रहन आदेश दिएको उक्त दैनिकमा उल्लेख छ । आदेश पछि एसएसबीले नेपाल सीमा आउने जानेहरु माथि कडा निगरानी सुरु गरेको छ । एसएसबीले गहन जांच अभियान पनि चलाएको र यसको लागि तालिम प्राप्त कुकुरको पनि सहारा लिईएको बताइएको छ ।
गृह मंत्रालयले आफ्नो रिपोर्टमा भनिएको छ ‘ नेपालमा मधेश आंदोलन लगातार चर्किरहेको छ । भारत-नेपाल सीमावर्ती इलाकामा धेरै संख्यामा मधेशी रहेका छन्, यसको फाईदा आइएसले उठाउन सक्छ ।
Is-news
रिपोर्टको अनुसार आइएसले भारत प्रवेश गर्न झापाको क्षेत्र प्रयोग गर्न सक्छ । यसको लागि आइएसले हूजी एवं इंडियन मुजाहिदीन जस्तो आतंककारी संगठनहरुसंग मिलेको रिपोर्टमा उल्लेख छ । नेपालबाट प्रवेश गरेर आइएसले नयाँ बर्षको अबसरमा सीमावर्ती क्षेत्रोंमा हूजी एवं इंडियन मुजाहिदीनको स्लीपर सेलको सहयोगमा हमला गर्ने तयारी गरेको छ ।
गृह मंत्रालयले भिड भाड हुने सबै क्षेत्र, रेस्टुरेन्ट , सीमामा चल्ने प्रमुख रेलमा निगरानी बढाउन निर्देश दिएको छ। गृहको आदेश पनि प्रहरीले सीमाको होटेलमा बस्न आउने सबैको सुची लिएर त्यसको पनि निगरानी गर्ने छ । यस क्रममा कोहि अपरिचित ब्यक्ति फेला परेमा तुरुन्त उसको प्रमाणीकरण गर्न आदेश दिईएको छ । साथै प्रमुख सरकारी कार्यालयोको आसपास सवारी पार्क गर्न पनि रोक लगाईएको छ । खासगरि बेवारिस सवारीमाथि निगरानी बढाईएको छ । नेपालको मधेश आंदोलनको फाइदा उठाएर हुन् सक्ने सम्भावित हमला हुन नदिन भारतको गृह मन्त्रालयले सीमावर्ती जिल्लाहरुको सुरक्षालाई कडा पारेको छ भने सबैलाई शर्तक रहन आग्रह गरेको छ ।
only1 18++ click here >>>>>>>>>>>..

Friday, December 11, 2015

सिलिण्डरमा भर्न मिल्ने बायोग्यास ( gobar gas )


उर्जासँगै खाना पकाउने एलपी ग्यास अभावले सर्वसाधारणले सास्ती ब्यहोरेका बेला धरानमा यसको विकल्पका रुपमा बायोग्यासको उत्पादन सुरु गरिएको छ।
पहिलो चरणमा उनीहरुले २ सय घनमिटर ग्यास उत्पादन क्षमताको बायोग्यास निर्माण गरिसकेका छन्। यसबाट ६२ दशमलव ५ केभी उर्जासमेत निस्किन्छ। धरान–२६ विष्णुपादुकामा केके लाइभस्टक एण्ड एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले बायोग्यास उत्पादन गरेको हो। उत्पादित बायोग्यास सिलिण्डरमा भर्ने काम समेत भइसकेको छ। ‘अहिले तत्काल १० वटा सिलिण्डर भर्न सकिन्छ। निकट भविष्यमै १ सय वटासम्म ग्यास सिलिण्डर बजारमा पुर्‍याउने लक्ष्य छ’ कम्पनीका सञ्चालक लोक खापुङहाङले बताए। 
बायोग्यासबाट यति धेरै क्षमताको उत्पादन गरिएको नेपालमै पहिलो भएको कम्पनीले दाबी गरेको छ। ग्यास सिलिण्डर भर्ने प्रणालीको बायोग्यास भने यो नै पहिलो मानिन्छ। बजारमा यो बेला ग्यासको हाहाकार भइरहेकाले पनि यसलाई उत्तम विकल्पको रुपमा स्थानीयले बुझ्न थालेका छन्। 
यसको कुल लगानी ६० लाख रुपैयाँ रहेको छ । घरमा प्रयोजन गरिने र खेर जाने बस्तु तथा गाइ, बंगुर, बाख्राका गोबर संकलन गरी यो उर्जा निकालिएको छ। घरमा खेर जाने वस्तुहरुबाट नै ग्यासमा ‘डाइभर्सन’ गरिएको इन्जिनियर अरविन्द सिंहले बताए। 
कम्पनीले तीनवर्ष अघिबाट गाई बाख्रा, बंगुरपालन समेत थालेको छ । ९८ गाई, एकसय ६ बाख्रा र ८० वटा बंगुरहरु छन् । त्योसँगै खानेकुरा लगायतका फोहोरहरुलाई समेत ट्ंयाकीमा सिंचित गरिएको छ । जसको आयू ५० वर्षसम्म हुने इन्जियिनर सिंहको भनाइ छ । ट्ंयाकीको क्षमता ३५ क्युविक फुट रहेको छ । जहाँ गाई, बंगुर र बाख्राका मलहरु लगेर जम्मा गरिन्छ । ‘नेपालमा अहिले भइरहेको अभावलाई केही हदसम्म यसले पूरा गर्छ,’ इन्जिनियर सिंहले भने । 
प्रालिले ग्यासका लागि छुट्टै कम्पनी दर्ता गरेर केएनके ग्यास नामबाट ग्याससमेत विक्री गर्ने लक्ष्य राखेको छ । तर, सामान्यतः बजारमा पाइने एलपिजी ग्यास ३ महिना प्रयोग हुन्छ भने बायो ग्यासमार्फत् भरिएको सिलिण्डर केही कम दिनसम्म मात्रै चल्ने पनि बताइएको छ। यसबाट निस्किएको उर्जाले हरेकदिन १० घण्टासम्म विद्युतको काम गर्न सक्ने बताइन्छ । ‘उद्योग तथा सवारी साधनहरुमासमेत उर्जाको रुपमा यसले काम गर्छ,’ उनले भने । बायोग्यास उत्पादनपश्चात् बाहिर आएको मलहरुलाई खेतीको लागि उत्कृष्ट मानिने बताइएको छ । ‘जैविक मल उत्पादन हुन्छ भनेर निर्माण कम्पनीले हामीलाई जानकारी दिएको छ,’ खापुङहाङले भने । 
युवा व्यवसायी खगेन्द्र कार्की र खापुङहाङले यसलाई रिसर्च सेन्टरको रुपमा प्रयोजनमा ल्याउन लागेका हुन् । करिव २२ विगाहा क्षेत्रफलमा रिसर्च सेन्टर रहेको छ ।
only 18++ click here :) 

Monday, December 7, 2015

निजी क्षेत्रले इन्धन आयात गर्न पाउने

काठमाडौं- सरकारले स्वदेशी उद्योग र पूर्वाधार आयोजनालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ कच्चा पदार्थको रुपमा आयात गर्न दिने भएको छ। पेट्रोलियम पदार्थको अभावमा धेरै उद्योग–धन्दा र जलविद्युत आयोजनाको काम रोकिएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रलाई कच्चा पदार्थको रुपमा इन्धन आयात गर्न दिने निर्णय गरेको हो। यसका लागि मन्त्रालयले आवश्यक तयारी थालिसकेको स्रोतले बतायो। स्वप्रयोजनका लागि आयात गरेको इन्धन अरुलाई बेच्न भने पाइने छैन। 
उद्योग–धन्दा र पूर्वाधार आयोजनाहरु बन्द हुँदा रोजगारी गुम्नुका साथै उत्पादनसमेत ठप्प भएर बजारमा अभावको स्थिति देखिएको छ। त्यही जटिलता हटाउन सरकारले उद्योगी, व्यवसायीलाई इन्धन आयात गर्ने बाटो खुला गर्न लागेको मन्त्रालयका एक अधिकारीले बताए। 'यसका लागि टिप्पणी उठाएर सचिवज्यूको टेबलमा पुर्या्एका छौं,' वाणिज्य मन्त्रालयका उपसचिव शिव त्रिपाठीले नागरिकसँग भने, 'सचिवज्यूले स्वीकृत गर्नासाथ उद्योगी, व्यवसायीले इन्धन आयात गर्न पाउँछन्।'

भारतको नाकाबन्दीपछि मुलुकका धेरैजसो उद्योग–धन्दा र पूर्वाधार आयोजना इन्धन अभावले बन्द भएका छन्। यस्तो बेला उनीहरुलाई नै आयात गर्न बाटो खोलिदिए राज्यलाई राजस्व पनि आउने र उद्योग–धन्दा पनि चल्ने मन्त्रालयको ठहर छ।

त्यसका लागि आवश्यक कार्यविधि बनाएर स्वीकृतिका लागि सचिवसमक्ष पेस गरिएको छ। केही दिनमा कार्यविधि सदर हुने मन्त्रालयले बतायो। 'उद्योगी, व्यवसायीलाई नै यस्तो अधिकार दिँदा सबैलाई फाइदा पुग्छ,' त्रिपाठीले भने, 'आफूले पनि इन्धन दिन नसक्ने, ल्याउँछु भन्नेलाई पनि ल्याउन नदिने गर्नु हुँदैन।'

स्वप्रयोजनको लागि इन्धन आयात गर्ने बाटो खुला गरिदिएपछि उद्योग र आयोजनाहरुलाई पनि केही राहत हुने मन्त्रालयको विश्वास छ। दुई महिनादेखि इन्धन नपाएर बन्द भएका उद्योग खोल्न यस्तो व्यवस्था गर्न लागेको हो।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा उक्त व्यवस्थाले उद्योग सञ्चालनमा सकारात्मक प्रभाव पर्ने बताउँछन्। 'आफूलाई चाहिने इन्धन आफैंले ल्याउने बाटो खोलिदिनु स्वागतयोग्य कुरा हो,' उनले भने, 'तर, उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारले पहल गर्नुपर्छ।'

कतिपय विद्युत आयोजनाले अवैध तरिकाले नै भए पनि इन्धन ल्याएर काम चालु गर्ने प्रयास थालिसकेका छन्। म्याग्दीको घलेम्दी खोला जलविद्युत आयोजनाले सुनौलीबाट चार हजार लिटर डिजेल प्रतिलिटर एक सय ४० रुपैयाँको दरले ल्याएर निर्माणको कामलाई निरन्तरता दिने तयारी गरेको जनाएको थियो।