दाङ । प्लाष्टिक झोला (पोलिथिन) प्रयोगमा सरकारी प्रतिवन्ध छ। स्वच्छ वातावरणका लागि पोलिथिन प्रयोग गर्न सरकारले प्रतिवन्ध लगाए पनि यसको प्रयोग भने रोकिएको छैन। स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ।
यसको पुष्ट्याईँ गरेका छन् यहाँका युवा मार्शल रोकाले । भारतीय अघोषित नाकाबन्दीको चरम अभाव भैरहेका बेला घोराहीका उनले प्रयोग भएर फालिएका प्लाष्टिक झोलाबाट गाडी कुदाउने डिजल उत्पादन गरेका छन् । पोलिथिनबाट उत्पादीत डिजलको प्रयोगबाट मंगलवार घोराही बजारमा ट्याक्टर कुदाएर उनले यहाँका सर्वसाधारणलाई चकितै पारे ।
मार्शलले प्लाष्टिक कच्चा तेलबाटै बन्छ भन्ने थाहा पाएका थिए । प्लाष्टिकको बनोटका आधारमा उनले लख काटे ‘पक्कै प्लाष्टिकबाट इन्धन निस्कन्छ ।’ सोही विश्वासका आधारमा डिजल उत्पादनका लागि उनले प्रकृया थाले । ‘पुराना प्रयोग भएर फालिएका प्लाष्टिक खेरेर डिजल उत्पादनको प्रकृयामा लागेको हुँ,’ उनले भने। सुरुमा उनले फोहर प्लाष्टिकलाई सफा पारेर साना टुक्रा पारेर काटेको बताए । त्यसपछि उनले उक्त साना टुक्रा प्लाष्टिकको वाष्पिकरण गरेर इन्धन उत्पादन गरेको बताए। ‘सानो टुक्रा पारेर प्लाष्टिक काटेर त्यसलाई वाष्पिकरण गरेर इन्धन बनाएको हुँ,’ उनले भने, ‘त्यसमा सामान्य दुई थरीका केमिकल मिसाइनुपर्छ।’ उनले मिसाइएको केमिकलका बारेमा बताउन चाहेनन् तर कुहिएका काठबाट बनेको केमिकल प्रयोग गरेको बताए।
परिक्षणका लागि ८ लिटर डिजल उत्पादन गरेका मार्शलले १० दिनसम्म उक्त डिजलको परिक्षण गरेका थिए। गाडीको इन्जिनमा कुनै समस्या नदेखिएको र गाडी राम्ररी कुदेपछि उनले आफ्नो उत्पादन बारे मंगलवार घोराहीमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरे। ‘१० दिनसम्म यो इन्धनको प्रयोग गरेर हेरियो,’ उनले भने, ‘डिजल सरह नै गाडीहरु राम्रैसँग कुदे, इन्जनमा पनि कुनै खराबी देखिएन।’
परिक्षणका लागि भन्दै अहिले ८ लिटर इन्धन उत्पादन गरेका मार्शलले आँफूलाई उत्पादनको अनुमती दिइए जिल्लामा भैरहेको इन्धन अभावलाई धेरै कम गर्न सकिने बताउँछन् । एक किलो दुईसय ग्राम प्लाष्टिकबाट उनले एक लिटर इन्धन उत्पादन गरेको बताए। डिजल उत्पादनमा लागेको खर्चका आधारमा उनले प्लाष्टिकबाट उत्पादित डिजल ६० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्न सकिने बताए।
मंगलवार गरिएको डिजल परिक्षण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले मार्शलको प्रयास देखेर अचम्मित बने । उनले भने, ‘प्लाष्टिकबाटै पनि डिजल निस्केको देखेँ,यस्तो नयाँ आविष्कार देखेर मलाई अचम्म लाग्यो,’काफ्लेले भने, ‘मार्शल जीको यो प्रयासको सदुपयोगका लागि म मेरो तर्फबाट सक्दो प्रयास गर्ने छु ।’
नयाँ नयाँ खोज अनुसन्धानमा लागेका मार्शलको यो ३८ औँ आविष्कार हो । जिल्लामा युवा वैज्ञानिक भनेर कहलिएका उनले यसअघि पनि विभिन्न ३७ वटा बिज्ञानका नयाँ आविष्कार गरिसकेका छन् ।
यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका उनले हप्तामा तीस हजार लिटर सम्म पेट्रोल उत्पादन गर्ने दाबी गर्छन् ।
एकपछि अर्को गर्दै नयाँ नयाँ बैज्ञानिक आविष्कार गरेर जिल्ला तहमा चर्चा पाएका मार्शल राष्ट्रिय स्तरको विज्ञान प्रविधिमा प्रथम पनि भैसकेका छन्। हिमालयन साइन्स फियर नामक संस्थाले २०६७ मा गरेको प्रतियोगीतामा उनि पहिलो भएको बताए । तर उनले हाल सम्म नयाँ नयाँ आविष्कारको औपचारिक निर्माण गर्न भने अनुमति पाएका छैनन्। उनले प्लाष्टिक झोलाको सदुपयोगका लागि घोराही नगरपालिकासँग छलफलसमेत गरेका छन्। खेर जाने प्लाष्टिकको छुट्टै डम्पिङ साइट बनाएर इन्धन उत्पादनका लागि सदुपयोग गर्न सकिने सुझाव नगरपालिकालाई दिएका छन्।
सरकारले चासो राख्यो
तर पछिल्लो पटक भने पेट्रोल उत्पादन गरेर चर्चा पाएका मार्शल सरकारको नजरमा परेका छन्। इन्धन उत्पादन गर्ने उनको ज्ञानको मुल्यांकन गर्दै उद्योग मन्त्रालयले मार्शललाई सहयोग गर्न भन्दै खानी विभागलाई पत्राचार गरेको छ । उद्योग मन्त्रालयले ग्यासको खोज अनुसन्धानका लागि मार्शललाई पनि सहभागी गराउन भन्दै खानी विभागलाई पत्र पठाएको हो । ‘दाङका मार्शल रोकालाई उनको निवेदनका आधारमा नयाँ नयाँ खोज अनुसन्धानमा सहभागी गराईयो्,’उद्योग मन्त्रालयले खानी विभागका नाममा काटेको पत्रमा उल्लेख छ।
सोही पत्रकार आधारमा मार्शललाई खानी विभागले ग्यासको खोज अनुसन्धानका लागि सहभागी हुनका लागि बोलाई सकेको मार्शलले बताए । ‘दैलेख, लगाएतका स्थानमा ग्यासको सम्भावना रहेको आँकलन भए अनुसार मलाई पनि खोज अनुसन्धानका लागि भनेर बोलाईएको छ,’उनले भने ‘मैले यो अवसरलाइ सदुपयोग गर्ने छु ।’ नागरिक दैनिकमा समाचार छ ।
only adult click here adult content>>>>>>>>>>>>>>>>>>>>>