Contact us

18+(adult) only click here

Tuesday, July 24, 2018


शंखमुल बुद्धनगर समितिको दोश्रो साधारण सभा सम्पन्न

  देश बिकाशको मेरुदण्डको रुपमा स्थापित ग्रील तथा स्टील व्यवसाय संघ काठमांडू जिल्ला अंतर्गत शंखमुल बुद्धनगर समितिको दोश्रो साधारण सभा यही मिति २०७५/४/६ गतेका दिन सम्पन्न भएको छ | समितिका अध्यक्ष पूर्ण बहादुर गोतामेको सभापति रहेको उक्त कार्यक्रममा महासंघ अध्यक्ष मोहन कटवाल प्रमुख अतिथि तथा काठामांडू जिल्ला अध्यक्ष यज्ञ दाश श्रेष्ठ बिशेष अतिथि रहनु भएको थियो | उक्त अवसरमा बिभिन्न ईकाई समितिको अध्यक्षहरुले दक्ष जनशक्ति कामदार, कामदारको सुरक्षा, बीमा, मूल्य सूची लगायातको बारेमा बोलेका थिए |उक्त साधारण सभामा शंखमुल बुद्धनगर समितिमा शुरू देखि नै उल्लेखीय योगदान पुर्याउनु हुने बिभिन्न महानुभावहरुलाई कदर पत्रले सम्मान पनी गरियो |           


  यस साधारण सभाले पुरानो कार्य समिति बिघटन गरेर नया कार्य समिति चयन गरेको छ | नया कार्य समिति अनुसार अध्यक्षमा पूर्ण गोतामे, सचिबमा दिनेश भट्टराई, कोषाध्यक्षमा रिक्शांग लामा, सह – सचिबमा पदम बहादुर थापा सदस्यमा मान बहादुर तामांग तथा गणेश गोतामे सर्वसम्वत चयन भएका छन | उक्त अवसरमा नया कार्यसमितिका सचिब श्री दिनेश भट्टराईले पदको जिम्मेवारी बहन गर्नु पर्ने साना व्यवसायीलाई माया गरी महासंघले प्रकाशित गरेको मूल्यसुचिलाई आधार मानी मूल्य लिनलाई व्यवसायीहरु सग आग्रह गर्नु भयो | निकट भविष्यमा एक जना महिला सदस्य मनोनीत गरेर कार्य समितिलाई पूर्णता दिने जानकारी पनी दिनुभयो |